नेपालमा विमान दुर्घटनाको इतिहास: ८५ दुर्घटना, ७१७ जनाको मृत्यु

<p>काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । यो दुर्घटनासँगै नेपाली हवाई सेवाको ६८ वर्षे इतिहासमा ८५ वटा दुर्घटना पुगेको छ । नेपालको विभिन्न स्थानमा भएको ८५ वटा दुर्घटनाबाट हालसम्म ७१७ जनाको मृत्यु भैसकेको छ । अन्तिम पटक बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परेको हो [&hellip;]</p>

काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । यो दुर्घटनासँगै नेपाली हवाई सेवाको ६८ वर्षे इतिहासमा ८५ वटा दुर्घटना पुगेको छ ।


नेपालको विभिन्न स्थानमा भएको ८५ वटा दुर्घटनाबाट हालसम्म ७१७ जनाको मृत्यु भैसकेको छ । अन्तिम पटक बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान दुर्घटनामा परेको हो । अपराहन्न २ बजेर २० मिनेट जादा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । कुल ७१ जना सवार यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको उनले बताए । यस्तै एक जना वेपत्ता भएका छन् ।

दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा रहेका छन् ।

नेपाली आकाशलाई युरोपियन युनियनले ९ महिना अघि मात्र कालो सूचिबाट हटाएको थियो । कालो सूचिबाट हटाएको ९ महिनामै अर्को भयानक दुर्घटना भएको छ ।

नेपालमा सन् १९५५ सालमा हिलो पटक दुर्घटना बाराको सिमरामा कालिंगा एयरको भीटी एजेटएक्स डीसी जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा २ जनाको मृत्यु भएको यियो । नेपालमा भएको विमान दुर्घटनाबाट हालसम्म १२५ जना घाइते भएका छन् भने अन्तरिक उडानमा २ सय ९६ जना, अन्तर्राष्ट्रिय उडानमा ३ सय ६० जना र हेलिकटर दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटना आन्तरीक उडानमा भएको छन् । हालसम्मको आन्तिरिक उडानमा ४६ वटा विमान दुर्घटना भएका छन् । त्यसैगरी ७ वटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएका छन भने ३१ ओटा हेलिकटर दुर्घटना भएका छन् ।

नेपालमा सबैभन्दा ठुलो जाहाज दुर्घटना सन १९९२ मा भएको थियो । काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सकाको विमान दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो । सन् १९९२ मा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका थिए। त्यसैगरी सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो।

यसबाहेक आन्तरिक उडानतर्फ सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ र सन् २०१२ मा मनोहराखोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।

यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एक पटक २४ जनाले ज्यान गुमाएका थिए।

 

 

 

 

Share News