काठमाडौं । देव विकास बैंकले चैत २६ गतेदेखि सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापूँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

साविका सेयरधनीलाई ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बैंशाख ३० गते बन्द हुने बैंकले जनाएको छ ।
गत फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रद भर्न पाउने भएका छन् । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापूँजी २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले हकप्रदमार्फत चुक्तापूँजी बढाउन लागेको हो ।