काठमाडौं । एनआईसी एसिया बैंकले अग्रीम ब्याज भुक्तानी दिने गरी मुद्धती वचत योजना सञ्चालनमा ल्याएको छ । ग्राहकले मुद्दती खाताखोली सोही दिनमा वार्षिक ११ प्रतिशत दरले हुनआउने अग्रीम ब्याज भुक्तानी खातामा जम्मा गरिदिने भएको छ ।
मुद्दती खाता ३, ६, ९ अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।
व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खाता खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।
मुद्दती खाताखोल्ने ग्राहकको ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने भएको छ । यस अलावा,मुद्दती खाताखोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषतबाट समेत लाभ लिन सकिने बैंकले जनाएको छ ।
एनआईसी एसियाको मुलुकभर १८५ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । बैंकको सेवाग्राहीको संख्या १० लाखभन्दा बढी पुगेको छ । बैंकको वासलातको आकार १खर्ब ४८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । कर्जा लगानी १ खर्ब ४ अर्ब र निक्षेप १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।