फड्केश्वरका १ सय ३७ घरधुरीलाई लालपूर्जा प्रदान

<p>काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थीत फड्केश्वरका १ सय ३७ घरधुरिलाई लालपूर्जा वितरण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रदेश नम्वर ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले लालपूर्जा वितरण गरकोे हो । सो अवसरमा वोल्दै मन्त्री लामाले छिट्टै कानून बनाएर प्रदेश नम्वर ३ को भूमि व्यवस्थापन गरिने वताएका थिए । ‘अव यस प्रदेशमा [&hellip;]</p>

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थीत फड्केश्वरका १ सय ३७ घरधुरिलाई लालपूर्जा वितरण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रदेश नम्वर ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले लालपूर्जा वितरण गरकोे हो ।

सो अवसरमा वोल्दै मन्त्री लामाले छिट्टै कानून बनाएर प्रदेश नम्वर ३ को भूमि व्यवस्थापन गरिने वताएका थिए । ‘अव यस प्रदेशमा कोही पनि सुकुम्वासी रहने योजनाका सथा अघि बढेका छौं,’ उनले भने ।

लालपूर्जा पाए पछि स्थानिय वासिन्दा खुसी भएको जनाइएको छ । पशुपतिनाथ मन्दिरको गुठीको नाममा रहेको जग्गामा लामो समयदेखि वसोवास गर्दै आएको स्थानियलाई जिल्ला भूमि अधिकार मन्च सिन्धुपाल्चोकको पहलमा लालपूर्जा वितरण गरिएको हो ।

 

Share News