विकासन्युज

जेठ भर खाद्य स्वच्छता दिवस मनाउदै खाद्य विभाग, सरसफाईदेखि अनुगमनसम्मको कार्यक्रम

काठमाडौं । जेठ महिनाभर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता दिवस–२०७५ मनाउने भएको छ । खाद्य स्वच्छता र गुणस्तर बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभागले उक्त दिवस मनाउने भएको हो । विगभागको संयोजनमा आव २०६५/६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि ‘दशौं खाद्य स्वच्छता दिवस २०७५’ मनाउन लागेको हो । विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै दिवस सम्बन्धमा जानकारी गराएको छ । कार्यक्रममा विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवस मुलुकको लागि महत्वपुर्ण भएको बताए । सरोकारवाला सबैलाई यसलाई खुसीको अवसरको रुपमा लिन पर्ने उनको बुझाइ छ । ‘यसैलाई मध्यनजर गर्दै अबदेखि अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवसको सेरोफेरोमा जुन ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा हरेक वर्ष मनाइने छ,’ उनले भने । उनकोअनुसार खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले दश वर्ष अघि उक्त अभियान शुरु गरेको थियो । अभियानलाई समर्थन गर्दै विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संघको संयुक्त आयोग (कोडेक्स) को ३० औं बैठकबाट जुन महिनाको ७ तारिखलाई अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउन सिफारीस गरेबाट विभाग थप उत्साहित भएको छ । ‘हामी सबैको सरोकारवः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न क्षेत्रको भूमिकालाई महत्व दिदै विगभाले दिवस मनाउने विभागको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । दिवसमार्फत खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई सम्पुर्ण उपभोक्तासम्म पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ । उनको अनुसार उपभोक्ताहरुहित सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन नहुने कलेजहरू लगायतमा जनचेतनाका प्रदान गरिनेछ । दिवस भव्यताका साथ सम्पन्न गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय उद्योग वाणिज्य क्षेत्रका उपभोक्तावादी संघ सँस्था पत्रकारहरुका संघ सँस्था लगायतबाट प्रतिनिधित्व हुने गरी सदस्यीय एक मूल समिति र विभिन्न २५ वटा उप समितिहरुमार्फत् कार्य अघि बढाएको जानकारी उनले जानकारी गराए । उनको अनुसार विभागले दिवस मनाउनेक्रममा सरसफाइ देखि मुलुकभरका विभिन्न स्थानहरुमा अनुगमनको कार्यक्रम तय गरेको छ । केन्द्रदेखि मुलुकमा विभिन्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ ।

हिरोको पहिलो भाग्यशाली विजेता सन्दिप बानियाले जिते १ लाखको नगद पुरस्कार

काठमाडौं । “नयाँ बर्षमा हिरोको प्राइजात्रा” योजनामा सहभागि सन्दिप बानियाँ पहिलो भाग्यशाली विजेता बनेका छन् । यस योजनामा सहभागी भई लक्की ड्र मार्फत कुपन नं एमएचटीयूसीएफका बानियाले १ लाख रुपैयाँ जितेका हुन् । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपाली नयाँ बर्षको उपलक्ष्यमा संचालन गरेको उक्त योजनामा बानियाँ सहभागी भएका थिए । यस योजनाअन्र्तगत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार रुपैयाँ तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन् । साथै, स्क्रयाच कार्ड मार्फत १ हजार देखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र पाक्षिक बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

माछापुच्छ्रे बैंकको एकैपटक १० वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले खोटाङ्गको हलेसी, धनुुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा शाखा विस्तार गरी कारोबार शुरु गरेको हाे। खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरेका छन् भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरेका छन् । साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । हाल बैंकले ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहकहरुलाईसम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

मिर्मिरे माइक्रोफाइनान्सले पायो १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले मंगलबार संस्थालाई चुक्तापूँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । संस्थाले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

सिद्धार्थ फाउन्डेसनद्धारा मातृसेवा परियोजनालाई ४ लाखकाे आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनालाई ४ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम मंगलबार एक समारोहका बीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्रकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् । सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिने छ । उक्त कार्यक्रममा बैंकका अध्यक्ष केडियाले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराएका छन् ।

‘होटलको कोठा होइन सपना बेच्ने योजना बनाउनुस्’

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले व्यवसायीहरुलाई होटलको कोठा भन्दा सपना बेच्ने योजना बनाउन सुझाएका छन् । ताइवानसँग दौत्य सम्बन्ध कायम भएको ४३ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बैरागीले व्यवसायिक योजना फेर्नुपर्ने बताएका हुन् । उनले भने-‘अब व्यवसायीले नेपालको सुन्दर चित्रको सपना विदेशीलाई बेच्नुपर्छ, यो सपना बेच्न सकियो भने होटलको कोठा बेच्न कष्ट गर्नु पर्दैन।’ कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शलका अध्यक्ष राजेशकाजी श्रेष्ठले ताइवानका बुद्धिस्ट पर्यटकलाई नेपालको लुम्बिनीमा ल्याउन सकिए नेपाली पर्यटनमा टेवा पुग्ने बताए । ताइवानमा २ करोड भन्दा बढी बुद्ध धर्म मान्ने भएकोले ताइवानी रहेकोले विमानस्थलमा स्तरउन्नतीमा जोड दिनु पर्ने बताए । अहिले नेपाल र ताइवानबिचको व्यपार अनुपात १:१९ रहेको छ । नेपालले ९ अर्बको आयात गर्दा ५४ करोडको मात्र निर्यात गर्ने गरेको छ । ताइवानबाट नेपालले आयातको कुल हिस्साको मोबाइलमात्रै २ तिहाई आयात गर्ने गर्दछ । नेपालले भने मासु जडिबुट्टी लगायतको सामाग्री निर्यात गर्दै आएको छ ।

सिटी एक्स्प्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रद पारित, संचालकमा दुई जना निर्वाचित

काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको प्रस्तावित १६७ प्रतिशत हकप्रद सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको १२औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद जारी गर्ने प्रस्तावलाई पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्न लागिएको अध्यक्ष चन्द्र टण्डनले जानकारी गराएका छन् । साथै, सभाले संस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित गरेको छ ।

खाद्य विभागले भित्र्यायो २८ करोडको मोबाइल भेन ल्याब, ठाँउको ठाँउ अद्याख पदार्थ पत्ता लाग्ने

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विगभाले २८ करोड मुल्य बराबरको मोबाइल भेन ल्याब भित्र्याएको छ । बजारमा अखाद्य पदार्थको विगविगी बढेको भन्दै त्यस्तो वस्तुको परिक्षण र नियन्त्रण गर्ने उद्देश्यले उक्त मोबाइल ल्याब(ल्याब भएको भेन) भित्र्याएको हो । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले केही दिन अघि मात्रै उक्त मोबाइल ल्याब विभागमा ल्याइपुर्याएको बताए । ‘विभागले तीन वर्षअघि देखि सो ल्याब ल्याउन पहल गरिरहेको थियो,’ उनले भने ‘उक्त पहलले सार्थकता पाएको छ । केही दिनअघि मात्र सरकारकै बजेटमा ४ ओटा मोबाइल ल्याब भित्रिएको हो ।’ त्यस्तै विभागले ४ वर्षअघि युरोपियन युनियनको सहयोगमा एउटा त्यस्तै मोबाइल ल्याब भित्र्याएको थियो । सो ल्याबभन्दा हाल भित्र्याइएको ल्याब एड्भान्स रहेको उनको भनाइ छ । विगतको भन्दा बढी वस्तुहरुको अत्याधुनिक ढङ्गले अहिलेको ल्याबबाट परिक्षण गर्न सकिने उनले जानकारी दिए । उनको अनुसार एउटा मोबाइल ल्याबको लागत ७ करोड रुपैयाँ परेको छ । ४ ओटा ल्याबको लागि २८ करोड रुपैयाँ लगानी भएको छ । विगभागका महानिर्देशक संजीवकुमार कर्णले अहिले बजारमा १५/२० प्रतिशत अखाद्य, कमसल तथा न्युनस्तरिय वस्तुहरु पाइने बताए । त्यस्ता वस्तुहरुलाई नियन्त्रण स्थलगत रुपमा प्रयोगमा आउने उच्च स्तरिय प्रविधि भित्र्याएको उनको भनाइ छ । विभागको अनुसार ल्याबको माध्यमबाट स्थलगत रुपमा छिटो, छरिटो माध्यमबाट अखाघ वस्तुको परिक्षण गर्न सकिन्छ । ‘यो महिनाभित्रमा भित्रिएका सबै ल्याबहरु सञ्चालनमा ल्याइनेछ,’ प्रवक्ता वस्तीले भने ‘एउटा ल्याब केन्द्रमा रहनेछ । बाँकी विराटनगर, भैरवा, धनगढी, नेपालगन्जलाई समेट्ने गरी विभिन्न क्षेत्रीयकार्यालयमार्फत ल्याब सञ्चालनको तयारी भइरहेको छ ।’ शुरुवातती परिक्षणमा तयारी खाद्य पदार्थहरु कटन क्यान्डी, जुलेबी, चप, मिठाइ लगायतमा प्रयोग गरिने अखाद्य रङको परिक्षण ठाँउको ठाँउ गरिनेछ । त्यसपछि पानी, दुध र विभिन्न खाद्य पदार्थमा प्रयोग गरिने विषादीहरुको समेत परिक्षण गर्ने उनले जानकारी दिए । उनको अनुसार टर्कीमा बनेको फोर्ड भेनमा उक्त ल्याब जडान गरिएको छ । ल्याब प्रयोगमा आएसँगै खाद्य पदार्थमा छ्यापछ्याप्ती प्रयोग गरिदै आएको अखाद्य वस्तु÷पदार्थको न्युनिकरण हुने विभागले विश्वास लिएको छ ।