मतदाता पत्र छैन ? अब जुनसुकै परिचयपत्रबाट पनि भोट हाल्न पाइने !
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगले गरेको यस किसिमको व्यवस्था अनुसार, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन् । यस्ता मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई यही मङ्सिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउनुहुने छ ।
ट्रम्पको कर कटौती विधेयक पास भएपछि सुनको भाउ निरन्तर ओरालो, १ सातामा ५ सय रुपैयाँले घट्ने अनुमान
काठमाडौं । सुनको भाउ दुई महिनायताकै सस्तिएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी राष्ट्रपति डोनाल्डले प्रस्ताव गरेको व्यापक कर कटौती सम्बन्धी विधेयक अनुमोदन गरेपछि सुन बजार ओरालो लागेको हो । गत शनिबार अमेरिकी सिनेटरहरुले कर कटौती सम्बन्धी विधेयक पास गरेको थियो । राष्ट्रपति बनेयता ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित मानिएको छ । उक्त विधेयक पास भएयता अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ । मंगलबार अन्तराष्ट्रिय बजारमा प्रति औंस १२ सय ८० अमेरिकी डलर रहेको सुनको भाउ बुधबार घटेर १२ सय ६६ डलर प्रति औंस पुगेको छ । नयाँ योजना अनुसार, कम्पनीहरुले तिर्नुपर्ने करमा व्यापक कटौती हुनेभएपछि विश्वमा लगानीकर्ताहरुले सुन बेचेर बिक्री गर्न थालेको रोयटर्सले जानकारी दिएको छ । विधेयकले ठुला व्यवसायी तथा उद्योगीहरुमाथी लाग्दै आएको कर कटौती गर्ने परिकल्पना गरेको छ । ठुलो करसम्बन्धी फेरबदलले लगानीकर्ताहरुमा उत्साह बढेको छ । अब लगानीकर्ताहरु स्टक बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । जसकारण लगानीको क्षेत्रमा ‘सेफ हेभन’ मानिएको सुन बजारबाट लगानी झिकेर अन्य क्षेत्रमा लगानी बढाइरहेका छन् । विश्वमा सन् १९७० पछि अर्थतन्त्रको प्रमुख माध्यम सुन बनेको छ। लगानीकर्ताका दृष्टिकोणबाट आर्थिक कारोबारमा स्टक,तेल,डलर, रियलस्टेट व्यवसायपछि लगानी सुरक्षित गर्ने अन्तिम र भरपर्दो क्षेत्र मानिन्छ । पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंक फेडेरल बैंकले ब्याजदर बढाउने तयारीमा रहेको जानकारीमा आएपछि सुनको भाउ घटिरहेको छ । फेडेरल बैंकले ब्याजदर बढाउने बितिकै सुनमा लगानी घट्ने सम्भावना बढी हुन्छ । हाल फेडेरल बैंकले ०.५ प्रतिशत ब्याजदर राखेको छ । बैंकले ब्याजदर बढाएर ०.७५ प्रतिशतसम्म पुर्याउनेमा लगानीकर्ताहरु आशावादी छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ डिसेम्बरसम्ममा १२ सय ५० डलरसम्म पुग्ने अनुमान गरेका छन् । नेपाली बजारमा सुनको भाउ ५४ हजार ६ सय सम्म पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । महासंघका अनुसार गत आइतबार प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्ताे छ काठमाडौंका दश निर्वाचन क्षेत्रको तयारी, सबै स्थानमा सिसी टीभी क्यामराकाे प्रयाेग हुने
काठमाडौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । स्थानीय तहकाे निर्वाचनमा लामबद्ध मतदाता काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गर्नुभएको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने “दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।” पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पु¥याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक/एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौँका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाडौँमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा (क)मा १०७ र प्रदेशसभा (ख)मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बझुर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।” स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, “मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।” आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भन्नुभयो, “आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि प¥यो भने राम्रो हुँदन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।” दश निर्वाचन क्षेत्रको कहाँ कहाँ हुन्छ मतगणना काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । स्थानीय तहकाे निर्वाचनकाे मतगणाना स्थल काठमाडौँका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वारमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ । रासस
३ किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं । तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ । बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस
शक्तिशाली सामुन्द्रिक आधीले नेपालमा हिमपातको खतरा बढ्यो, ३ दिनका लागि ‘अलर्ट’ जारी
काठमाडौं । देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । दक्षिणपूर्वी अरब सागरमा आएको शक्तिशाली सामुन्द्रिक आधी (चक्रवात)को प्रभावले नेपालमा हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ । विभागले हिमाली भेग रहने मानिसलाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ । उक्त हिमपातले हिमपातको प्रत्यक्ष असर पर्वतारोहिमा पर्न सक्ने भन्दै चक्रवात रहँदासम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागको गणितिय मौसम पूर्वानुमानका आधारमा आगामी तीनदिनसम्म हिमपातको अनुमान गरेको छ । मंगलबार विभागका अनुसार पश्चिम क्षेत्रमा सामान्यतया बदलीरहि पश्चिमी हिमाली क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । त्यस्तै पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ। बुधबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको सम्भावना देखिन्छ। विहीबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिन्छ ।
राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष पक्का
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी उनको मात्र परेको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो । हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ वर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । यस अघि पनि राहुल गान्धी ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । रासस
नेशनल इन्स्योरेन्सले ल्यायो १ लाख निशुल्क बीमा सुविधा, विपदमा सक्रिय प्रहरीलाई २ लाख बीमा
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको छ । कम्पनीले आफ्नो ‘स्थापना महिना’का अवसरमा यो महिनाभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा सुविधा ल्याएको हो । कम्पनी १११ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले जनवरी ४ सम्म स्थापना महिना मनाउने जनाएको छ । उक्त अवसरमा यो बीमा कम्पनीले सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापनमा सक्रिय गोताखोरहरुलाई निशुल्क प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको बिमांकको दुर्घटना बीमा गर्ने जानकारी दिएको छ । स्थापना महिनाको पहिलो साता विद्यालयमा विद्यार्थीलाई बीमा सम्बन्धी जानकारी दिनेछ । त्यस्तै स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा डिसेम्बर ९ मा ‘वाकाथन’ पनि आयोजना गर्ने भएको छ । स्थापना महिनाको दोस्रो साता निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने र अपांगता भएका बालबालिकालाई खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा बीमाको पहुँच विस्तारका लागि विभिन्न स्थानमा थप शाखा स्थापना गर्ने तयारी गरेको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आजसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता खत्रीले बताए । जिल्लामा पोखरा–९ स्थित साझा वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विस्फोट, सोही ठाउँमा रहेको प्रदेशसभा क्षेत्र नं २ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापाको घर नजिक बम राखिएको र न्यूरोडमा प्रतिनिधिसभामा नेकपा (एमाले)का क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्माको गाडीमा आगजनीबाहेक आजसम्म स्थिति सामान्य रहेको बताइएको छ । रासस