विकासन्युज

प्रेस काउन्सिलद्धारा ४० जनालार्इ पत्रकार पुरस्कार दिने घोषणा, पुरस्कार राशी १० हजारदेखि १ लाख ५ हजारसम्म

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न १० विधामा ४० जना पत्रकारहरुलाई पुरस्कार तथा सम्मान दिने भएको छ । प्रेस काउन्सिलले ४८ औं वार्षिकउत्सवको अवसरका उनीहरुलाई प्रतिव्यक्ति १० हजार देखि १ लाख ५ हजार रुपैयाँसम्मको नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । काउन्सिलले गोपाददास पत्रकारिता पुरस्कार रुपन्देशीका वालकृष्ण चापागाईलाई दिने भएको छ । त्यस्तै, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई दिने भएको छ । दुबै पुरस्कारको राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकारहरुको सूचि निम्न अनुसार रहेको छ । उनीहरुलाई असाेज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जगडोलमा तेस्रो संबिधन दिवस माइयाे, सरसफाइ कार्यक्रममा १३ वटै वडाका जनप्रतिनिधिहरु सहभागी

काठमाण्डौ । संविधान दिवसको उपलक्ष्यमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा स्थानिय जगडोल रेसिडेन्ट ग्रुप र सुगम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भिभिद सरसफाईका कार्यक्रम तथा जनचेतनामुलक सामाग्रीहरु गाउँका विभिन्न स्थानहरुमा टास गरि मनाएको छ । कार्यक्रममा आयोजक सस्थाले बिहानदेखि आवस्यक स्थानहरुमा डस्ट्बिन समेत राखि साँझ जगडोल झण्डा पार्कमा दीप प्रज्वलन गरि समापन गरेको थियो । संबिधानको सफलताको कामना गरौ । आफ्नो टोल सफा गरौं भन्ने नाराका साथ स्थानीय टोललाई सफा र सभ्य बनाउने उद्देस्यले बु.न.पा का मेयर उद्दव खेरेलले सार्वजनिक आह्वान गरेका छन् । सोही अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सबै वडाहरुमा बिभिद सरसफाईका कार्यक्रमहरु र बेलुका दीप प्रज्वलनका कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाईएको थियो । नगरपालिकाको १३ वटै वडाका जनप्रतिनिधिहरु मार्फत नगरपालिका भरी रहेका स्थानिय संस्था, बिद्यालय, सहकारी संस्था, पेसागत समूह, महिला समूह, राजनितिक दल लागायत विभिन्न क्षेत्र सगँ आवद्ध रहेका ब्यक्तिहरु स्वस्वफुर्त रुपमा सहभागि भएका थियो । कार्यक्रमलाई समापन गर्दै जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेलले संबिधानको सफलताको लागि सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका थिए ।

कालाेधनले नेपालीलाई पोल्न थाल्यो, अकुत सम्पत्ति शुद्धीकरण गराउन दैनिक ५० जना सरकारको शरणमा

काठमाडौं । अकुत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण गराइदिन दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताएका छन् । बुधबार नेपाल चेम्वर अफ कमर्स कार्य समिति अन्तर्गत गठित युवाहरुको समिति नेपाल युथ चेम्वरले सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक सिटौलाले भने–‘सम्पती शुद्धीकरण गराउनुपर्ने भन्दै विभागमा दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको छ ।’ सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको उनले बताए । अकुत सम्पत्ति कमाउनेहरुलाई आफ्नै धनले पोलिरहेको उल्लेख गर्दै उनले भने ‘वदमासी नगरी मेहनतबाट जतिसुकै सम्पत्ति कमाए पनि त्यो बैध हुन्छ, डराउनु पर्दैन ।’ अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको खाँंचो पनि उनले औंल्याए । आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनै पनि हालतमा हुनै दिन नहुनेमा उनले विशेष जोड दिए । नेपाल राष्ट वैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तराष्टिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल राष्ट वैंकका उप निर्देशक हरिकुमार नेपाल र सम्पति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुटाछुटै विषयमा कार्यपत्र प्रस्तुत गरे । नेपाल युथ चेम्वरका सदस्य एवं कार्यक्रम संयोजक आरती राज्यलक्ष्मी राणाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिन् । कार्यक्रममा चेम्वरका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, युवा उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको नेपाल चेम्बर अफ कमर्सले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

भीसाकार्डबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भीसाकार्ड वहाकलाई एटीएमबाट पैसा नझिकी बिक्री केन्द्रबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंक तथा भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी यस्तो सहुलियत ल्याएको हो । यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरिक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रिकेन्द्रबाट सामानखरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतित नगद आफ्नो खातामा फिर्ता पाउँने छन् । यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एक पटकमा कम्तीमा ५ सय रुपैयाँसम्मको सामान खरिद गर्नु पर्ने बैंकले जनाउको छ । कार्डबाहकले प्रत्येक दिन १ हजार रुपैयाँसम्म मात्र नगद फिर्ता पाउनेछन् । यस योजनाबाट सेन्चुरी बंैक, ग्लोबल आइएमई बैंक., कुमारी बैंक ,महालक्ष्मी विकास बैंक., मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक., सानिमा बैंक. र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वित हुन सक्नेछन् ।

दसैंका लागि मुस्ताङबाट ५०० च्यांग्रा काठमाडौं आइपुग्यो, खसी र च्यांग्रा दुवैको मूल्य तोकियो

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंतिहारका लागि मुस्ताङबाट पाँच सय च्यांग्रा काठमाडौं ल्याएको छ । बुधबार विहान खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालय (धान गोदाम) मा आइपुगेको हो । संस्थानले खसीबोका र च्यांग्रा दुवैको मूल्य पनि तय गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । संस्थानको बुधवार बसेको संचालक समिति बैठकले खसोबोका र च्याङग्राको मूल्य निर्धारण गरेको हो । निजी व्यवसायीले बिक्री गर्ने भन्दा किलोमा ३५ रुपैयाँ सस्तो छ । संस्थानले बिहिवारदेखि च्याङग्रा बिक्री सुरु गर्नेछ भने खसीबोका भने आउनेवित्तिकै बिक्री गर्ने जनाएको छ। संस्थानले १५ सय खसीबोका र एक हजार च्याङग्रा ल्याउनेछ । संस्थानले जिउँदो खसी किलोको ४ सय ५५ रुपैयाँ र बोका किलोको ४ सय ५० रुपैयाँमा बिक्री गर्नेछ । संस्थानले ल्याएको च्याङ्ग्रा किलोको ६ सय ७५ रुपैयाँमा बिक्री गर्ने भएको छ । उनले भने, ‘हामीले च्यांग्रामा उपभोक्तालाई १० रुपैयाँ छुट दिएका छौं ।’ निजी व्यवसायीले खसी किलोको ४ सय ९० रुपैयाँमा बिक्री गरिरहेका छन् । सापकोटाले अरु च्याङग्रा आइतबारसम्ममा आइपुग्ने जानकारी दिए। दुर्इ सय खसीबोका बिहिबारसम्ममा काठमाडौं आइसक्ने उनले जानकारी दिए ।

अठासी किलो सुन प्रकरणमा पाँच पक्राउ

काठमाडौ  । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरेको हो । महाशाखाका प्रमुख दिवेश लोहनीले आज पत्रकार सम्मेलनमा बडूसँग १० लाख ८२ हजार नेपाली रुपैयाँ,  ८ हजार भारतीय रुपैयाँ र १ हजार १०० अमेरिकी डलर, अग्रवालसँग  १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग १ करोड ४२ लाख नगद र एक केजी २०९ ग्राम सुन बरामद गरिएको जानकारी दिए  । उनीहरुलाई सहयोग गर्दै आएका सालुखे र मर्गलेलाई समेत पक्राउ गरिएको छ । प्रमुख लोहनीका अनुसार घटनामा योभन्दा धेरैको सहभागिता देखिएको छ र यस प्रकरणमाथिको अनुसन्धान जारी छ । महाशाखाको टोलीले गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीबाट बा१७च ६४२७ नंको टाटा सफारी गाडीसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । रासस

बीमा संस्थानको जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले करिब ६ बर्ष अघि नै सार्वजनिक गरेको यो योजना भर्खर मात्र कार्यान्वयनमा ल्याएको हो । योजना अनुसार बीमितले २ पटक बीमा दावी गर्न पाउनेछन् । सावधिक अवधी पुरा भएपछि एक पटक दावी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दावी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुनेछ । बीमा लेख लागु भएको २ बर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने बीमा संस्थानकी सहायक प्रबन्धक आशा कुमारी बस्नेतले बताइन् । कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । बीमा संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले सावधिक र आजिवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठुलो भूमिका निर्वाह गर्ने दावी गरे ।

आयल निगमका कार्यकारी निर्देशकमा प्रेम आचार्य नियुक्त, भन्छन्- ‘निगमलाई पारदर्शी बनाउँछु’

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले अर्को आदेश नआउन्जेल शर्मालाई नै कार्यकारी निर्देशकका रुपमा काम सुम्पेको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले जानकारी दिए । आचार्यले शुक्रबारदेखि औपचारिक रुपमा कार्यकाल थाल्नेछन् । नियमित कार्यकालमा पारदर्शी ढंगले अघि बढ्ने आचार्यले बताए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘मन्त्रालयले सुम्पेको जिम्मेवारीलाई अनुशासन सहित पालना गर्नेछु ।उपभोक्ताको हितमा रहेर आयल निगमको सञ्चालनलाई पारदर्शी ढंगले सञ्चालन गर्नेछु ।’ गत सोमबार मन्त्रिपरिषधले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै गोपाल बहादुर खड्कालाई कार्यकारी निर्देशकबाट पदच्युत गरेको थियो ।