आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर, उपभोक्ताबाट घाटा पूर्ति गरे नाफामा बोनास ?
काठमाडौं । संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । ‘सरकारको लगानीमा संचालित संस्थानहरु नाफा, व्यावसायिक र सेवामुलक गरी परिभाषित गर्नुपर्ने देखिन्छ,’ बुधबारको बैठकमा संयोजक सुभाषचन्द्र ठकुरीले भने, ‘अर्थसम्बन्धी सबै क्रियाकलापमा अन्तिम अनुमोदन गर्ने निकाय अर्थमन्त्रालय भएकाले सम्पूर्ण मन्त्रालयको रोहवरमा पुनर्परिभाषित गर्न निर्देशन दिन्छु ।’ निगमको प्रतिश्पर्धी नभएको अवस्थामा विभिन्न शीर्षकबाट रकम असुलेर नाफा भन्न नमिल्ने समितिको ठहर छ । ‘निगममा सरकारको पनि लगानी छ, ३६ अर्ब घाटा हुँदा उपभोक्ताबाट बढी मूल्य राखेर घाटा न्यूनीकरण भयो । आयात, भण्डारण र मूल्य निर्धारण र वितरण गर्दा आफूखुशी हुन्छ,’ ठकुरीले भने, ‘प्रतिश्पर्धा विना एकाधिकारको अवस्थामा विभिन्न शीर्षकबाट रकम उठाएर नाफा भन्न मिल्दैन ।’ कान्तिपुर दैनिकबाट ।
छोराछोरीको तलवको १० प्रतिशत बुबाआमाका लागि अनिवार्य दिनुपर्ने, ६० कटेका बुबाआमाको बैंक खातामै पैसा राखिदिनुपर्ने
काठमाडौं । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लागेको मन्त्रालयका सहसचिव महेन्द्रबहादुर थापाले बताए। थापाका अनुसार देशभरका जागिरे छोराछोरीले आफ्नो बुबाआमाको खाता खोली बैंकमार्फत रकम पठाउनुपर्ने व्यवस्थासहित ऐन संशोधन गर्न लागिएको हो। बिहे गरेकी छोरीले पनि दिनुपर्ने बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई कमाइको १० प्रतिशतका दरले महिनैपिच्छे बैंक ब्यालेन्स गरिदिनुपर्नेछ। यो व्यवस्था सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरुवात गर्ने तयारी मन्त्रालयले गरे पनि सरोकारवाला निकायससँगको छलफलपछि सबै जागिरे छोराछोरीका लागि अनिवार्य गर्न लागिएको हो। ‘मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा पठाउनुपर्ने गरी ऐन संशोधन गर्न लागिएको हो,’ । मन्त्रालयको विभिन्न अध्ययनले देशका अधिकांश जिल्लामा वृद्ध आमाबुबा आफ्नै सन्तानबाट प्रताडित हुने क्रम बढिरहेको देखाएको छ। सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्न श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याएको थियो। सो ऐनमा ज्येष्ठ नागरिकलाई सबै सन्ततिले उचित भरणपोषणको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। तर, व्यवहारमा भने लागू भएको छैन। कतिपयले त पैतृक सम्पत्ति आफ्नो नाममा नामसारी गरी बुबाआमालाई घरनिकालासमेत गर्दै आइरहेका छन्। अपमानित गर्नेलाई कैदसम्मको सजाय सहसचिव थापाका अनुसार आफ्नै बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ। संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन्। थापाले ऐन संशोधन गरी कडाइका साथ लागू गर्ने तयारी गरिएको जानकारी दिए। ‘ऐन संशोधन भएलगत्तै केन्द्रदेखि जिल्लास्तरसम्म अनुगमन टोली गठन गरी कार्यान्वयन भए–नभएको हेर्नेछौँ,’ थापाले भने, ‘बुबाआमाबाट छोराछोरीले पैसा नपठाएको र आफूलाई हेला गरेको जानकारी प्राप्त भए छोराछोरीमाथि कैदसम्मको कारबाही हुनेछ।’ जागिरे छोरीले पनि दिनुपर्ने बिहे गरेकी जागिरे छोरीले पनि आफ्ना बाबुआमालाई अनिवार्य रूपमा आफ्नो आम्दानीको १० प्रतिशत मासिक रूपमा बैंकमा जम्मा गरिदिनुपर्नेछ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरु गर्ने तयारी भए पनि सरोकारवालाहरूको सुझाबअनुसार सबै जागिरे छोराछोरीका लागि यो नियम लागू गर्न लागेको छ। बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाल्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ। संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन् । नयाँ पत्रिका दैनिकबाट ।
एनसेलले ल्यायो ‘वानप्लान’, सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले सुलभ दरमा गुणस्तर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आकर्षक साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्ने कम्पनीले जनाएको छ । असार १ गतेदेखि लागु हुने वान प्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुनेछ । यसका साथ–साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीत संगीतको मजालिन सक्नेछन् । वानप्लान योजनाअन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार वानप्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् । वानप्लान १५० प्याकमाग्राहकले एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेटएसएमएस सेवाको मजालिन सक्नेछन् । त्यस्तै वानप्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन्् । त्यसैगरी, ग्राहकले वानप्लान ५०० अन्तर्गतमात्ररु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवाप्राप्तगर्नेछन् । वानप्लान योजनाअन्तर्गत कुनै पनिप्याक सुचारु गरेकाग्राहकले एक हप्तासम्म योण्डर म्युजिकमा निःशुल्क अनलाइन गीतहरुको मजालिन सक्नेछन् । योण्डर म्युजिकएप १५,००० भन्दा बढी नेपाली गीतसंगीतहरु सहित२ करोडभन्दा बढि गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो । उल्लेखित वान प्लान प्याकका शुल्कहरु सबै करसहित भएको र प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुने कम्पनीले जनाएको छ । ‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधनगर्नका लागिहाम्राग्राहकहरु माझयीकम्बो प्याकहरु ल्याउनपाउदाहामीखुसि छौ ।यसले ग्राहकलाई थपलाभप्रदानगर्नेछ,” कम्पनीकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । उनका अनुसार वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु जति पटक पनि कुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्नेछन् ।
अर्थ समितिले बोलायो २१ अर्ब राजश्व घोटालाका आरोपितलाई
काठमाडौं । २१ अर्ब भन्दा बढि कर छुट दिएर राज्य कोषलाई कमजोर बनाएको बिषय संसदमा प्रवेश गरेको छ । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्स्योट आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएको हो । समितिले कर फर्स्योट आयोगका अध्यक्ष, सदस्य र सदस्य सचिवलाई बिहिबार छलफलका लागि उपस्थित हुन पत्र काटेको हो । अर्थ समितिले सो छलफलमा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ सचिव शन्तराज सुवेदी र राजश्व सचिव राजन खनाल तथा आन्तरिक राजश्व विभागका निमित्त महानिर्देशकलाई पनि बोलाएको छ । ‘२१ अर्ब भन्दा बढि राजश्व हिनामिना भएको बिषयमा हाम्रो गम्भिर चासो छ, आयोगका पदाधिकारीसहित अर्थ मन्त्री र सचिवहरुलाई बोलाएर छलफल गर्न लागेका हौं’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने । आयोगले पत्र काटेका आयोगका पदाधिकारीमध्ये सदस्य सचिवको भूमिका निर्वाह गरेका चुडामणी शर्मा अख्तियारको हिरासतमा छन् । आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकाललाई डाकिएको उनले जानकारी दिए । कर फर्स्योट आयोग गठन गर्ने तत्कालिन अर्थ मन्त्री डा.रामशरण महत भने अर्थ समितिकै सदस्य छन् ।
सिप्रदी ट्रेडिङ्ले ल्यायो बस एक्स्चेन्ज अफर, असार १६ गतेसम्म लागू हुने
काठमाडौं । नेपालको लागि टाटा मोर्टसको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले ग्राहकहरुद्वारा अत्याधिक रुचाईएका टाटाका स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले टाटाका २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य सहितको एक्स्चेन्ज अफर ल्याएको हो । उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । साथै उक्त स्कूल बसमा एबीएस् ब्रेकिङ सिष्टम, हाई सेफ्टी स्ट्याण्डार्डका निमित्त बस बडी कोड र मेकानिकल फिउल इन्जेक्सन पम्प टेक्नोलोजि जडित छ । जसले कम खर्चमा उच्च प्रतिफल प्रदान गर्ने कम्पनीले जनाएको छ ।
४५ करोड १९ लाख रुपैयाँको लागतमा धौलीगाड खानोपानी आयोजना निर्माण हुने
जुम्ला । कर्णालीकै गौरवको आयोजना मानिने “धौलीगाड खानेपानी आयोजना” निर्माण हुने भएको छ । दुई वर्षअघि ड्रिम जिओ ल्याब कन्सल्टेन्सीद्वारा तयार गरिएको डिपिआर अनुसार ४५ करोड १९ लाख ८८ हजार ९२ रुपैयाँको लागतमा बन्ने सो आयोजनाकोे लागत पनि बढ्ने भएको छ । सो कन्सल्टेन्सीले तयार गरेको प्रतिवेदन मस्यौदामा पुनः सर्भेक्षण हुन लागेकाले लागत बढने भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख टङ्कबहादुर सोडारीले जानकारी दिए । “अब ल्यान्डेक्स भन्ने कन्सल्टेन्सीले आयोजनाको डिपिआर गर्दैछ । यसमा लागत बढेर आउने निश्चित भएकोले आगामी आर्थिक वर्षबाट काम सुरु हुनेपक्का भएको छ,” उनले भने । मुख्य आयोजना अन्तर्गत चन्दननाथ नगरपालिका-२,३ र ८ वडाका क्रमशः भण्डारीगाउँ, ढाणथपला-१ र ढाँणथपला- २ र कोटिलागाउँ खानेपानी तथा सरसफाइ उपआयोजनाको निर्माणकार्य सञ्चालन भइरहेको कार्यालय प्रमुख सेडारीले उल्लेख गरेका छन् । करिब रु ५० लाखको लागतमा निर्माण भएको भण्डारीगाउँ खानेपानी उपआयोजनामा ३८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको र कोटिला उपआयोजनाको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । गुठीचौर गाउँपालिका- ५ बिगारे खानेपानी तथा सरसफाइ उपआयोजना सुरु हुने तयारीमा कार्यालय प्रमुख सेडारीको भनाइ छ । यहाँस्थित सव-डिभिजन कार्यालयका सव-इञ्जिनियर लक्ष्मीबहादुर भण्डारीले ‘एक घर, एक धारा’ बाट भण्डारीगाउँका दुई सय घरधुरी लाभान्वित हुने जनाए । निर्माणाधिन ढाँणथपलाका दुई वटा उपआयोजनाको पाइपलाइन निर्माणका लागि ४३ लाख रुपैयाँ निकासा भइसकेको र एक लाख लिटर पानी क्षमताका लागि एकसय घनमिटरको ट्याङ्की बनाउन थप ३५ लाख लाग्ने सव-इञ्जिनियर भण्डारीले बताए । “तातोपानी र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिका, धौलीगाड मुख्य खानोपानी आयोजना क्षेत्रभित्र पर्दछन् र यसबाट ४३ हजार ५५५ जना लाभान्वित हुने देखिन्छ,” उनले भने । पछिल्लो समयमा उपआयोजनाबाट निर्माणकार्य सुरु गरिएकाले आयोजनाको काममा तीव्र भएको र प्रगतिपनि रामै्र देखिएको उहाँको भनाइ छ । रासस
‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’लाई हिमालयन बैंकको सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बुढानीलकण्ठको टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको छ । बैंकको उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको हो । बैंकका तर्फबाट बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । बाल सुधार गृहका संचालक प्रजापति नेपालीले बैंकले गरेको यस सहायता प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा समेत बाल गृहलाई बैंकको सहयोग जारी रहने विश्वास ब्यक्त गरेका छन् । देशका विभिन्न स्थानका अनाथ तथा असहाय बालबालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ ।
नेप्सेमा एकै दिन ९९ लाख कित्ता बोनस सेयर सूचिकृत, सबैभन्दा बढी ग्लोबल आईएमईको
काठमाडौं । बुधबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज ( नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमई बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंकको एकैदिन ९९ लाख ४ हजार ४२८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । दुई कम्पनी मध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमईको ९८ लाख ६२ हजार ८२८ कित्ता र माउन्ट मकालुको ४१ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।