सिटिजन्स बैंकको हकप्रद सेयर आजदेखि खुला, कहाँ कहाँबाट दिने आवेदन ?
काठमाडौं । सिटिजन्स बैैंकले आज(चैत २४ गतेदेखि) प्रतिसेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । सो मात्राको सेयरको लागि इच्छुक सर्वसाधरणले चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । गत फागुन २४ गतेसम्म सेयर खरिद गरेको सेयरधनीले मात्रै हकप्रद लिन पाउने बैंकले जनाएको छ । साथै, इच्छुक सर्वसाधरणले सानिमा क्यापिटल लिमिटेड नारायण चौर नक्साल, सिटिजन्स बैंकको सम्पूर्ण शाखा कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।
संसारकै सबैभन्दा महंगा लिपस्टिक
नयाँ दिल्ली । सबैभन्दा महंगो र सस्तो वस्तुमा हाम्रो चासो रहने गरेको छ । धेरैलाई संसारका सबैभन्दा महंगो लिपस्टिकको बारेमा थाहा नहुनपनि सक्छ । यस्ता लिपस्टिकहरु विशेषगरि गूणस्तर र मूल्यका आधारमा चिनिन्छन् । एच. कोटर ब्युटी डायमण्ड लिपस्टिक भन्ने गरिन्छ यो लिपस्टिक किन्ने चाहना धेरैको हुन्छ तर यसको मूल्य सुनेपछि कतिको मुड परिवर्तन भएको छ । यो लिपस्टिक आउने बाकस नै पूर्णरुपमा हिराले बनेको हुन्छ । यसमा १२०० पिंक डायमण्ड लगाइएको हुन्छ । यो लिपस्टिकको मूल्य करिब एक लाख ४० हजार भारतिय रुपैयाँ पर्न आउछ । अब कुरा आउनसक्छ – यसलाई किन्ने कसले ? गार्लियन किसकिस गोल्ड एण्ड डायमण्ड लिपस्टिक यो लिपस्टिक सानदार बाकसमा करीब १५ सेड्समा आउछ । यसको बाकस शुद्ध सुनले बनेको हुन्छ र यसमा हिरा जडान गरिएको हुन्छ । यो बाकसको डिजाइनमा ११० ग्रामको १८ क्यारेट सुन र १९९ क्यारेट हिराको प्रयोगभएको पाइन्छ । यसको मूल्य करीब ४० लाख (भारु) छ । सिस्ले हाइड्रेटिङ लङ लास्टिङ लिपस्टिक निकै गुणवान, सानदार रङ र टेक्सचरको साथ आउने यो लिपस्टिकमा भिटामिन सी, ई र कैलेन्डुला युक्त हुन्छ ।। यसको मूल्य तीन हजार नौ सय भारु रहेको छ । ला प्रेरी सेलुलर लक्स लिपस्टिक यो ननस्टिकी (चिपचिपाहट रहित) र लङलास्टिङ लिपस्टक हो । यो लिमिटिड एडिसन रङमा पाइन्छ । यसको कभर सुनले बनेको हुन्छ । यसको मूल्य तीन हजार पाँच सय ८० भारु रहेको छ । गार्लियन रग जी जेवेल लिपस्टिक कम्प्याक्ट यो लक्जरी लिपस्टिक सुर्ख रातो रङमा पाइन्छ । यसलाई स्वस्थ र सुरक्षित ओठका लागि प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार तीन सय २० भारु रहेको छ । कानेबो सेन्साइ इन्टेन्स लास्टिङ लिपस्टिक महंगो लिपस्टिकमा यसको नाम पनि प्रख्यात छ । यसमा भिटामिन र प्रोटिन पाइन्छ । जसले ओठको सौम्यतालाई कायम राख्न मद्दत गर्छ । यसको मूल्य दुई हजार ६ सय भारु रहेको छ । गिभेन्सी ले रोज रोज ड्रेसिङ लिपस्टिक उच्च गूणस्तरको यो लिपस्टिक छालाको खोलमा प्याक गरिएको छ । यो जस्तो रातो रंगको लिपस्टिक सायद नै पाइन्छ । यसको मूल्य दुई हजार तीन सय ४३ भारु रहेको छ । क्रस्टियन डायर रोज नम्बर ९९९ लिपस्टिक यो लिपस्टिकको सानदार प्याकेजिङले यसलाई सबैभन्दा महंगो लिपस्टिकको रुपमा परिचित बनाएको छ । यो ३२ सेड्समा आउनेगरेको छ । यसको मूल्य दुई हजार दुई सय १३ भारु रहेको छ । डोल्स एण्ड गब्बाना मोनिका भोल्युप्टस लिपस्टिक इटालियन ब्राण्डको यो लिपस्टिक तमाम आकर्षक फिचरका साथ आउने गरेको छ । बजारमा यो ब्राण्ड खासमा कस्मेटिक प्रडक्ट्सको रुपमा परिचित छ । यसको मूल्य करीब दुई हजार दुई सय भारु रहेको छ । इस्टि लाउडर प्योर कलर इन्भी स्कल्पटिङ लिपस्टिक भिटामिनयुक्त यो लिपस्टिकमा मुड बदल्नसम्मको क्षमता रहेको कम्पनीको दाबी छ । यसको मूल्य एक हजार नौसय भारु रहेको छ । नभभारतटाइम्सको अनलाइन संस्करणबाट भावानूवाद गरिएको ।
महासंघमा पूर्व अध्यक्षको परिवारबाट पाँच जना उम्मेदवार, कसको पावर कति ?
मनिषलाल प्रधान काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा महासंघको पूर्व अध्यक्षहरुको परिवारबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । पूर्व अध्यक्ष महेशलाल प्रधानको छोरा मनिषलाल प्रधानले जिल्ला तथा नगर क्षेत्रको खुला सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले ललितपुर उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका छन् । यसअघि उनी वाग्मती अञ्चलबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । किशोर प्रधानको टिमले उनलाई आफ्नो पक्षको उम्मेदवार घोषणा गरेको छ । यद्यपी उनले आफू शेखर गोल्छाको टिममा रहेको बताउँदै आएका छन् । उनले चुनावमा राम्रै प्रतिस्पर्धा गर्नुपर्ने तर चुनाव जित्ने अनुमान धेरैले गरेका छन् । सौरभ ज्योति पूर्व अध्यक्ष पद्म ज्योतिको छोराले एशोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । उनीले एशोसिएटतर्फको उपाध्यक्षको दावी गर्दै आएका थिए । अन्तिम समयमा उनले उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरे । नेपालका ठूला व्यवसायिक घराना मध्ये एक ज्योति समूहको प्रतिनिधि, पूर्व अध्यक्षको छोरा, उपाध्यक्षको दावेदारी छोडेर अन्तिममा सदस्यमा उम्मेदवारी दिएकाले उनले पपुलर भोट ल्याएर चुनाव जित्ने सम्भावना छ । महासंघमा तीन कार्यकाल कार्यसमिति सदस्य भई सकेको, राम्रो भूमिका खेल्दै आएको र क्षमतावान व्यक्तिको रुपमा धेरैले उनलाई हेर्ने गर्छन । तर एउटा पक्षले उनलार्इ टार्गेट बनाएकाेले पपुलर भाेट नअाउने अाशंका एक थरीकाे छ । उदीप श्रेष्ठ पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठका छोरा उदीप श्रेष्ठले पनि एशोसिएट तर्फको सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी महासंघको राजनीतिमा पहिलो पटक प्रवेश गर्दैछन् । पूर्व अध्यक्षका छोरा र ठूलोे औद्योगिक समूह पञ्चकन्या ग्रुपको प्रतिनिधि हुनु उनको स्ट्रेन्थ हो । तर मंगलबार अन्नपूर्ण होटलमा आयोजित गोल्छा समूहको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षको हैसियतमा मञ्चमा शुभकामना दिन गएका प्रदीप कुमारले आफ्नो छोरालाई मञ्चबाट उम्मेदवारको परिचय गराउँदा धेरैले निको मानेका थिएनन् । ‘एशोसिएटतर्फ १९ पदमा ३१ जना प्रतिस्पर्धा गर्दैछन्, पदाधिकारीको उम्मेदवारी घोषणा सभामा किन उदीपको मात्र उम्मेदवारी घोषणा गरियो ?’ एशोएियटतर्फबाट उम्मेदवारी दिएका अधिकांशले यहि प्रश्न गरिरहेका छन् । प्रदीपकुमार श्रेष्ठ पहिला किशोर प्रधानको समूहको समर्थक रहेको र गोल्छा समूह बलियो भएको निष्कर्षमा अन्तिममा गोल्छा समूहमा प्रवेश गरेको, पदाधिकारीका उम्मेदवार घोषणा सभामा पुत्र मोह प्रदर्शन गरेको भन्दै उनको आलोचना भईरहेको छ । हेमराज ढकाल त्यस्तै, पूर्व अध्यक्ष चण्डिराज ढकालका भाई हेमराज ढकालले बस्तुगत समूह तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । ढकालले नेपाल चिया उत्पादक संघको तर्फबाट उम्मेदवारी दिएका हुन । महासंघको निर्वाचनमा किङ मेकरको भूमिकामा सफल देखिएका पूर्व अध्यक्षको भाई हुनुको नाताले र आफैमा सफल उद्यमी भएको नाताले उनलाई चुनावमा प्रतिस्पर्धा गर्न केही सहज छ । प्रबलजंग पाण्डे यसअघिका अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे एशोसिएटतर्फको सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । उनी पहिलो पटक महासंघ कार्यसमितिको निर्वाचनमा उम्मेदवार बनेपछि यसअघि आफ्ना बुबालाई चुनाव जिताउँदाको अनुभवले अहिलेको चुनावी प्रतिस्पर्धा सजिलो भएको छ । उनी अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा, एशोसिएटतर्फबाट सर्वसहमत भएका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको दरिलो समर्थन चुनावमा आएकाले उनको जित पक्का छ ।
वाचिम्ले लघु जलविद्युुतको सेयर खुला, स्थानीयले १० देखि १००० कित्तासम्म किन्न पाउने
भोजपुर। भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले ७१ लाख ५१ हजार रुपैयाँमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ । सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए। रासस
मेलम्चीको पानी खान अझै आठ महिना कुर्नु पर्ने, सुरुङ निर्माण कार्य ढिला हुँदा दुई महिना लम्बियो
काठमाडौं । काठमाडौं उपत्यकका ३० लाख जनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्य सहित स्थापना भएको बहुचर्चित मेलम्ची खानेपानी आयोजना निर्माण कार्य दुई महिना ढिला हुने भएको छ । सुरुङ निर्माण तथा पाइप लाइन बिछ्याउने काममा भएको ढिलाइका कारण निर्धारित समयभन्दा दुई महिना बढी समय लम्बिने भएको हो । सरकारले आगामी दशैसम्म काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने योजना बनाएको थियो । अब निर्माण कार्य ढिला हुने भएपछि मंसिरको पहिलो साताबाट मात्रै काठमाडौं उपत्यकाका ग्राहकका धारामा पानी आउने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले बताए । हालसम्म २७.५ किलोमिटर सुरुङ तथा मुहान निर्माणका कार्यमध्ये हालसम्म २३ किलोमिटर मात्र काम सम्पन भएको आयोजनाले बताएको छ । उपत्यकामा ६१ किलोमिटर ठूला पाइप बिछ्याउनु पर्नेमा हालसम्म ४३ किलोमिटर मात्र पाइप बिछ्याउने काम सम्पन्न भएको छ । त्यसैगरी ६ सय ७० किलोमिटर वितरण पाइप बिछ्याउनु पर्नेमा हालसम्म ५६१ किलोमिटर मात्र बिछ्याइएको छ । अझ आयोजना अन्तर्गत उपत्यकाका चक्रपथ भित्रका क्षेत्रहरुमा ८६ हजार धारा जडान गर्नु पर्नेमा हालसम्म ३७ हजार मात्र धारा जडान भएकाले पनि यी सबै कार्य सक्न दुई महिना समय थप गर्नुपर्ने देखिएको छ । मेलम्ची र मण्डल क्षेत्र रहेको यस आयोजनाले पाँच चरण गरी काठमाडौं उपत्यकामा १७ करोड लिटर खानेपानी आपूर्ति गराउने लक्ष्य सहित वि.सं २०५८/५९ बाट २०६४/६५ सम्म आयोजना निर्माण सम्पन्न गर्ने गरी उक्त आयोजना शुरु भएको हो । आयोजना निर्माण सम्पन्न गर्ने कार्य चौथो पटक संशोधन गरेर आगामी मंसिरसम्म उपत्यकाका ग्राहकको धारामा पानी पुर्याउने व्यवस्थापन आयोजनाले मिलाउँदै छ । उक्त समयमा आयोजनाको निर्माण लागत ३१ अर्ब ७३ करोड लाग्ने अनुमान गरिएकोमा हाल सो लागत ३ अर्ब ८१ करोड रुपैयाँले बढेर ३५ अर्ब ५४ करोड पुगेको छ । निर्माण कार्य ढिला हुनुमा आयोजनाले विभिन्न समयमा झेल्नु परेको समस्या प्रमुख रहेको छ । निर्माण व्यवसायीहरू सुरुङ निर्माण तथा पानी प्रशोधन केन्द्र निर्माणलगायतका समग्र व्यवस्थापनका देखिएको कमी, व्यवसायीहरूले स्रोत परिचालन गर्न नसक्नु, सुन्दरीजल तथा सिन्धु खण्डको विभिन्न भागमा कमजोर चट्टान भेटिदा निर्माण कार्यमा देखिएको रिक्स तथा विग्रदो निर्माण उपकरणलगायतका कारण रहेका छन् ।
बैशाख १ देखि मोबाइलको कल शुल्क घट्ने, नयाँ पल्स रेटले उपभोक्तालाई राहत
काठमाडौं । आगामी नयाँ वर्ष अर्थात बैशाख १ गतेबाट मोवाइल तथा टेलिफोनमा नयाँ पल्स अवधि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ वर्षदेखि अनिवार्य रुपमा सेवा प्रदायकलाई यो व्यवस्था लागू गर्दै छ । नयाँ पल्स अवधि लागू हुँदा उपभोत्ताले जति सयय कुराकानी गरेको छन्, उति नै समयको पैसा तिरे पुग्छ । यो व्यवस्था अनुसार १ गतेदेखि नै मोवाइलमा फोन गर्दा नेपालभर नै प्रति १० सेकेन्डको एक पल्स कायम भएको छ । यस अघि प्रति २० सेकेन्डको एक पल्स मानिएको थियो । पल्स अवधि नयाँ दरमा लागू भएपछि मोवाइल तथा टेलिफोन प्रयोगकर्ताले अतिरिक्त पैसा तिर्नु पर्देन । पल्स अवधि बढी हुँदा ग्राहकलाई महसुलको भार बढी पर्छ । पल्स अवधि जति कम भयो पैसाको भार पनि उति नै कम पर्ने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सबै सेवाप्रदायकका ग्राहकलाई महसुल भार कम गराउने गरी पल्स अवधि घटाइएको प्राधिकरणले जानकारी दिएको छ । तत्काल लागू हुने पहिलो चरणको पल्स रेटमा देशभित्रको मोबाइलमा कुराकानी गर्दा १० सेकेन्डको एक पल्स हुने भएको छ । ल्याण्डलाइन टेलिफोनमा ६० सेकेन्डको एक पल्स हुने छ । टेलिफोनबाट गरिने विदेशको कलमा भने ३० सेकेन्डको एक पल्स अवधि तय भएको उल्लेख छ । हरेक सेकेण्ड अनुसारको पैसा हिसाव हुने पहिलो चरणको योजना लागू भएपनि त्यसको पाँच महिनापछि प्राधिकरणले दोस्रो चरणको योजना अगाडि सारेको छ । दोस्रो चरणमा भने मोबाइलमा १ सेकेन्डकै एक पल्स हुने भएको छ । यसपछि सेवाग्राहीले जति सयम कुरा गर्छन उति नै समयको पैसा तिरे पुग्छ । अहिलेजस्तो ५ सेकेन्ड कुरा गर्दा पनि २० सेकेन्डकै पैसा तिर्नु पर्दैन । मोबाइलको अन्तर्राष्ट्रिमा भने १० सेकेन्ड एक पल दोस्रो चरणमा हुने भएको छ । सेवाप्रदायकलाई अनिवार्य कार्यान्वय गर्न निर्देशन प्राधिकरणले नयाँ पल्स अवधि कार्यान्वयनका लागि सेवाप्रदायकलाई पत्रचार गरेर र सार्वजनिक सूचना प्रकाशन गरेरै अनिवार्य कार्यान्वयनको निर्देशन दिएको छ । तोकिएको मितिदेखि निर्धारित नयाँ पल्स अवधि कार्यन्वयन गर्न भन्दै पत्रचार गरिएको प्राधिकरणको भनाइ छ । अब सेवाप्रदायकले नयाँ पल्स अवधि अनुसार आफ्नो बिलिङ प्रणाली व्यवस्थापन गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ । पल्स अवधिले सेवाग्राहीलाई फाइदा पल्स अवधि जसले टेलिफोन सेवाको महसुल काट्न निर्धारण गरिने प्रतिइकाइ समयको मापन गर्ने गर्छ । यसको आधारमा कति सेकेन्डमा पैसा काट्ने भन्ने समय सीमा निर्धारण भएको हो । पल्स अवधिअनुसार पल्स रेट कायम गरिएको हुन्छ । कुनै सेवा प्रदायकले प्रतिमिनेट १ रुपैयाँ लिन्छन भने उक्त कम्पनीको पल्स अवधि २० सेकेन्डको ग्राहकले २० सेकेन्डको ३३ पैसा काटिन्छ । अव भने १० सेकण्डको हुँदा आधा सस्तो पर्छ । पल्स अवधिमा २० सेकन्डको पल्स अवधि हुँदा त्यो भन्दा मुनी जति सेकेन्ड फोन गर्दा पनि ३३ पैसा नै काटिन्छ, । यसमा २१ सेकेन्ड फोन गर्यो भने पनि ६६ पैसा काटिन्छ । यसरी पल्स अवधि बढी हुँदा ग्राहकलाई महसुलको भार बढी पर्छ भने पल्स अवधि कम हुँदा महसुलको भार कम पर्छ । १ सेकेन्डको एक पल्स हुँदा प्रति सेकेन्ड १ पैसा मात्रै तिरे पुग्छ । कुरै नगरी करोडौ रकम अशुली नेपालका सेवाप्रदायकले न्यूनतम २० सेकेन्डदेखि एक मिनेटसम्मको पल्स रेट रहेको हुँदा कुरौ नगर्दा पनि करोडौ रुपैयाँ पाइरहेका छन । अहिले पाँच सात सकेन्ड कुरा गर्दा पनि २० सेकेन्डदेखि एक मिनेटसम्मको शुल्क उपभोक्ताले तिर्नुपर्छ । हाल नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट र एसटीएम टेलिकमले छुट्टाछुट्टै सेवामा फरक–फरक पल्स रेट राखेका छन् । ६० सेकेन्डबराबर एक पल्स निर्धारण गरेका कम्पनीले २ सेकेन्डमै फोन विच्छेद भए पनि ६० सेकेन्डकै बिलिङ गर्छन् । प्राधिकरणले गरेको नयाँ व्यवस्थापछि आफ्नो आम्दी पनि खुम्चने भन्दै सेवाप्रदाकय कम्पनीले गुनासो पनि गर्न थालेका छन् ।
गरिमा विकास बैंकको ९० लाख कित्ता हकप्रद निष्कासन, बैशाख १४ गतेदेखि विक्री खुला
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९० लाख ७६ हजार २९६ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले एक सय रुपैयाँ अंकित १० कित्ता साधारण सेयर बराबर नयाँ ७ कित्ता साधारण सेयर (१०ः७)को अनुपातमा हकप्रद निष्कासन गरेको छ । यो बैंकले १ अर्ब २९ करोड ६६ लाख १३ हजार ८०९ रुपैयाँको चुक्ता पुँजीमा ९० करोड ७६ लाख रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदन दिन यही चैत २९ सम्म सेयर किनेका लगानीकर्ताले हकप्रदको आवेदन दिन सक्नेछन। यसको सेयर आवेदन आगामी बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो । यसको सेयर आवेदन एस क्यापिटल लिमिटेड, एस डेभलपमेन्ट, महालक्ष्मी विकास बैंक कैलाली र गरिमा विकास बैंकको सम्पूर्ण शाखाबाट गर्न सकिने उल्लेख छ ।
जन्ती मलामी बोक्नमै व्यस्त संसदका गाडी, संसद सचिवालयमा २२ वटा गाडिको व्यापक दुरुपयोग
काठमाडौं । व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो । संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागि समेत प्रयोग गर्दै आएको पाइएको छ। यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन। सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन । संसद सचिवालयभित्रै यसबारेमा व्यापध विरोध भएको छ। सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्नु पर्ने तल्लो तहका कर्मचारीहरु बताउँछन्। राजधानी दैनिकबाट ।