विकासन्युज

सर्वोत्तम सिमेन्टको ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा

काठमाडौं, २९ भदौ । सौरभ ग्रुप अन्तर्गतको कम्पनी सर्वोत्तम सिमेन्टले ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा ल्याएको छ । आइएसओ १४००१ मान्यता प्राप्त सर्वोत्तम सिमेन्टको दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले डेनमार्कबाट आयातित मसिनरीहरु भिआरएम, क्रस वार कुलर, आइएमसिसि प्रविधिबाट नेपालकै चुन ढुंगा ४५०० व्लेन सम्म (मसिनोपन) को सिमेन्ट उत्पादन गरेको छ । उधोगमा जडित इ.एस.पी, ६ स्टेज प्रिहिटर तथा अन्य अत्याधुनिक प्रविधिले गर्दा उक्त सिमेन्टले कम प्रदुषण गर्ने कम्पनीले जनाएको छ । कम प्रदुषण गर्ने व्यवस्था भएकोले कम्पनीले उत्पादनको नाम नै सर्वोत्तम ग्रीन सिमेन्ट राखेको छ । उधोगले नेपालमा पहिलो पटक थर्मल पावर प्लान्ट जडान गरी विद्युत समेत उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

हरेक महिनाको ७ गतेभित्र प्रगति प्रतिवेदन बुझाउन सबै मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २९ भदौ । प्रधानमन्त्रीको कार्यालयले प्रत्येक महिनाको ७ गतेभित्र कार्य सम्पादनको मासिक प्रगति प्रतिवेदन बुझाउन सबै मन्त्रालयहरुलाई निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय तथा निकायको एकिकृत खाका तयार पारी प्रधानमन्त्री समक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि मन्त्रालयहरुले चौमासिक रुपमा मात्रै मन्त्रालयगत प्रगति विवरण तयार पार्दै आएका थिए । चौमासिक रुपमा मात्रै मन्त्रालयगत प्रगति विवरण तयार पार्दै आएका मन्त्रालयलाई यो कार्यन्वयन कठिन हुने देखिएको छ । अहिले कतिपय मन्त्रालयले आफ्ना कार्यक्रमहरुको प्रगति विवरण बजेट समीक्षाको बेलामा अर्थात अर्ध वार्षिक रुपमा मात्रै तयार पार्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयले तयार पारको खाकामा राष्ट्रिय गौरवका आयोजना तथा ४० करोड रुपैयाँभन्दा माथिका आयोजनको नियमित अनुगमन प्रधानमन्त्री नेतृत्वको संयन्त्रले गर्ने भएको छ । यस कार्ययोजना अनुसार भए गरेका कार्य सम्पादनको प्रगति प्रत्येक महिना हुने सचिव स्तरीय बैठकमा समीक्षा गरिने छ । उक्त कार्ययोजनको कार्यान्वयनमा अन्तरनिकाय समन्वय तथा सहजीकरणको कार्य प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्नेछ । कार्यालकका अनुसार २७ मन्त्रालयलाई गरिएको निर्देशनमा प्रत्येक मन्त्रालयले सबै कृयाकलापको विस्तृत कार्ययोजना ३ दिनभित्र तर्जुमा गर्नुपर्ने छ । यसरी कार्ययोजना तर्जुमा गर्दा आवश्यक बजेट चालू आवमा नपरेको भए थप बजेट निकाशाको लागि अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी बजेटको व्यवस्थापन गरिने उल्ले गरिएको छ । कार्ययोजना अनुसार सरकारले चालू आर्थिक वर्ष २०७३/७४ मै सातवटा प्रदेशमा प्रादेशिक विश्व विद्यालय खोल्ने तयारी गरेको छ । प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यस आवभित्र सम्पन्न गर्न सकिने वा शुरु गर्ने मूल कार्ययोजना कार्यान्वयनको खाकामा उल्लेख गरेअनुसार शिक्षा मन्त्रालयलाई सो कार्य तत्काल अघि बढाउन निर्देशन दिइएको हो । सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाको काम तुरुन्त शुरु गर्न मुख्य सचिव सोमनाथ सुवेदीले निर्देश गरेका छन् । सरकारले दुर्गम क्षेत्रका जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकहरुको उपस्थिति सुनिश्चित गर्न प्रत्येक जिल्लामा चिकित्सकको जगेडा दरबन्दी स्थापनका गर्ने कार्यक्रमलाई पनि तुरुन्त अघि बढाउने भएको छ । सबै स्वास्थ्य संस्थामा दरबन्दी बमोजिम तुरुन्तै डाक्टर पु¥याउने अभियान पनि सरकारको छ । साथै जिल्ला शिक्षा अधिकारी र प्रधानअध्यापकवीच कार्यसम्पादन करार गर्ने व्यवस्था गरिने छ । सरकारले सामुदायिक विद्यालयबाट २०७२ को प्रवेशिका परीक्षामा ‘ए प्लस’ ल्याइ सामुदायिक विद्यालयमै अध्ययनरत छात्राहरुलाई ५ हजार प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सीमान्तकृत तथा पीछडिएका वर्गलाई लक्षित गरी आवसिय विद्यालयको निर्माण गरिने चालू आवै सरकारले शुरु गर्ने भएको छ । त्यस्तै सरकारले श्रम तथा वैदेशिक रोजगारका लागि थप ५ देशसँग श्रम सम्झौता गर्न पहल गर्ने भएको छ । विदेशी जेलमा रहेकाहरुलाई नेपाली दुतवासले कानुनी उपचारका लागि सहयोग गर्ने पनि कार्ययोजना खाकामा उल्लेख गरिएको छ ।

ओरियन्टल होटलले २६ प्रतिशत लाभांश दिने, असोज १९ गते साधारणसभा

काठमाडौं, २९ भदौ । ओरियन्टल होटलले लगानीकर्तालाई २६ दशमलब ३२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र ६ दशमलब ३२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त निर्णय पारित गर्न कम्पनीले आगामी असोज १९ गते वार्षिक साधारणसभा बोलाएको छ । साथै, सोही प्रयोजनका लागि कम्पनीले आगामी असोज ६ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्न लागेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड ७७ लाख रुपैयाँ रहेको छ । बुधबार ओरियन्टलको प्रतिकित्ता सेयर ६१५ रुपैयाँमा कारोबार भएको छ ।

विशिष्ट व्यक्तिको परिभाषा के हो ? अग्ला घर र महंगा गाडी चढ्नेलाई पनि उपचार खर्च ?

काठमाडौं, २९ भदौ । राज्यकोषबाट उपचार खर्च लिएकाहरुले उपचार गराउँछन की गराउँदैनन् ? सार्वजनिक पदमा बसेर आर्थिक हैसियत बनाएका व्यक्तिले नै उपचार खर्चका लागि राज्यकोषको प्रयोग गर्ने ? सांसदलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने सबै रकम संसद सचिवालयले व्यहोर्छ तर तिनै सांसदले मन्त्रिपरिषदबाट निर्णय गराएर फेरी उपचार खर्च लिने ?  बिशिष्ट भनेको के हो ? बिशिष्टको परिभाषा के हो ? सोमबारको अर्थ समिति बैठकको सुरुमै सभापति प्रकाश ज्वालाले बिषय बस्तुको उठान गरे । उनी लगत्तै अर्थमन्त्री कृष्ण बहादुर महराले समय अभावको कारण देखाउँदै आफ्ना कुरा राखे । उनले भने– ‘औषधी उपचार सहयोगमा अराजकता छ ।  अर्थमन्त्रालयको स्विकृति बिना सहयोग रकम दिन नमिल्न व्यवस्था तर सिधै क्याबिनेटबाट निर्णय गराएर पैसा माग्न आउँछन् । अब कुन मन्त्रालयले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने हो कार्यबिधीमै स्पष्ट पारेर एकद्धार प्रणालीमा काम गर्नु पर्छ । अहिले त गृह, स्वास्थ्य हुँदै लगायतका मन्त्रालयबाट सहयोगका फाइल आईरहेका छन् ।’ अर्थमन्त्रीपछि समिति बैठकमा बोल्ने सबै जसो सांसदले औषधी उपचारका नाममा राज्यकोषको दुरुपयोग भैरहेको आरोप लगाए । उनीहरुले ठुला ओहदामा बसेकाले राज्यकोषको पैसा लिएर बिदेश उपचार गराउन जाने तर गरिब जनता सिटामोल समेत खान नपाएर मर्नु परेको भन्दै आक्रोश पोखे । सांसद गोपाल दहितले ककसलाई औषधी उपचार खर्च दिने हो त्यो स्पष्ट हुनुपर्ने माग गरे । अर्की सांसद कमला पन्तले एकाध नागरिकलाई एक दुई लाख रुपैंयाँ दिएर राज्य गैरजिम्मेवार बनिरहेको बताउँदै प्रत्येक नागरिकको स्वास्थ्य बीमा गराउनुपर्ने बताईन् । सांसद मोहन बरालले कुन कुन रोगका लागि विदेश लैजाने र कति रकम राज्यकोषबाट दिन पाउने भन्ने एकिन व्यवस्था आवश्यक रहेकोमा जोड दिए । शेर बहादुर तामाङले उपचार गराउँदा गराउँदै नागरिकको मृत्यु भएमा बिल तिर्नु नपर्ने व्यवस्था ल्याउनुपर्नेमा जोड दिँदै स्वास्थ्य बीमा कार्यान्वयनका लागि पनि आग्रह गरे । सांसद केशब बडालले नेपालले आफ्नै अस्पतालहरुको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए । उनले अमेरिका र चीनका राष्ट्रपतिले नेपालमा उपचार गराउन आउन सक्ने वातावरण बनाउनुपर्ने बताए । सुशिल कोइराला, केपी ओली र डा. रामवरण यादव राष्ट्रका गहना भएकाले उनीहरुको उपचारका लागि राज्यले खर्च दिनु स्वभाविक भएको दावी समेत गरे । उनले पनि स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्नेम जोड दिए । सांसद दामोदर भण्डारी, नरदेवी पुन, सीपी मैनाली लगायतले बिशिष्ट व्यक्तिको एकिन परिभाषा आवश्यक रहेकोमा जोड दिएका थिए ।  समिति बैठकमा बोल्ने सबै जसो सांसदहरुले काठमाडौंमा घर तथा महंगा गाडी चढ्ने पुर्व बिशिष्टहरुले राज्यकोषबाट उपचार खर्च लिनु नहुनेमा जोड दिएका थिए । स्वास्थ्य मन्त्री गगन थापाले आफैं उपचार गराउन नसक्ने पुर्व बिशिष्टलाई मात्रै उपचार खर्चका लागि आर्थिक सहयोग दिने व्यवस्था ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘म आफैं उपचार गराउन सक्दिन भनेर जनतासामु भन्ने पुर्व बिशिष्टलाई मात्रै उपचार खर्च दिनुपर्छ र बिदेश उपचार गर्न जाने कसैलाई पनि उपचार खर्च नदिने व्यवस्था ल्याउनु पर्छ ।’ मन्त्री थापाले देशैभरका सरकार अस्पतालहरुमा भिआईपी उपचार कक्ष सञ्चालनको तयारी भैरहेको पनि स्पष्ट पारे । उनले बिर अस्पतालको भिभिआइपी कक्ष पञ्चायत कालपछि कसैले प्रयोग नगरेको बताउँदै भिआइपी कक्ष भने एक पटक पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले मात्रै प्रयोग गरेको जानकारी दिए । उनले सरकार अस्पताल भित्र छिरेपछि कुनै पनि नेपालीले पैसाको अभावमा मर्नु नपर्नेगरि मन्त्रालयले काम अघि बढाइरहेको जानकारी समेत दिएका थिए । अर्थ समितिले सबै नेपालीको स्वास्थ्य बीमा गराउन, सांसदहरुको उपचार सरकारी अस्पतालमा मात्रै गराउन, आफैं उपचार गराउन नसक्ने बिशिष्टलाई मात्रै उपचार खर्च दिन, मृगौलाको प्रारम्भिक जाँचदेखि डायलायसिसको सम्पुर्ण खर्च सरकारले व्यहोर्न निर्देशन दिएको छ ।

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २९ भदौ । ग्लोबल आईएमई बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ७ अर्ब १५ करोड रुपैयाँ हुनेछ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब ५४० रुपैयाँमा बिक्री भइरहेको छ ।

एलजीको दशैं तिहार योजनामा हात खाली नजाने उपहार

काठमाडौं, २९ भदौ । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स् प्रालिले ‘‘लेटस् सेलिब्रेट टुगेदर’’ का साथ एलजीका हरेक ब्राण्डका टेलिभिजन खरिदमा हात खाली नजाने उपहारहरु ल्याएको छ । उक्त उपहारका साथै ब्याक अफर तथा होम अप्लाइन्सेसहरुमा पनि हात खाली नजाने उपहार प्रदान गरी ग्राहकहरुको मुहारमा खुसी ल्याउन कम्पनीले सो योजना ल्याएको हो । सो अवसरमा एलजीले विभिन्न उपहार तथा क्यास ब्याक अफर ल्याएको छ । जस अनुसार ५५’’ एण्ड एभोभ अल्ट्रा एचडी टिभीकोे खरिदमा, एलजी साउन्ड बार एसएच‘फोर’ उपहार,४३’’–४९’’ अल्ट्रा एचडी टिभी र र,४३’’–५५’’ नर्मल एलइडी टिभीको खरिदमा उपभोक्ताले क्रमशः एलजी एनपी ७५५० बिल्युटुथ स्पीकर र एलजी बिल्युटुथ स्पीकर प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यसै गरी ४९’’–६० स्मार्ट टिभीको खरिदमा, एलजी एलएच ७०बि मल्टीमिडिया स्पिकर्स र ४०’’ एण्ड एभोभ स्मार्ट टिभीको खरिदमा एमएमआरसीरवाइरलेस किबोर्ड र ३२’’ स्मार्ट टिभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकले ३२’’ नर्मल एलइडी टिभीहरुको खरिदमा विभिन्न साइजका इमर्जेन्सी लाइटस् प्राप्त गर्न सक्नेछन् । एलजी होम अप्लाइन्सेस् अन्तर्गत विभिन्न आकर्षक तथा अतिपयोगी घरायशी सामाग्री तथा उपकरणहरु प्राप्त गर्न सकिनेछ । जस अनुसार एलजी ७०बि मल्टीमिडिया स्पिकरर्स उपहारस्वरुप साइड बाइ साइड रेफ्रिजिरेटरको खरिदमा, फ्री मिक्सर ग्रिन्डर डबल डोर रेफ्रिजिरेटरको खरिदमा, डिटरजेन्ट वीथ लिक्विड डिसवासरको खरिदमा, पिजन गिफ्ट सेट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा, पिजन कडाइ, टप लोड वासिङ मेसिनको खरिदमा र एलजी कुकिङ किट, माइक्रोवेभ ओभको खरिदमा उपभोक्ताले पाउन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै एयर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेसन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

बिहीबार नारायणघाटमा एनसेल मेला हुँदै

काठमाडौं, २९ भदौ । एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु हुनेछ र विविध कार्यक्रम, गतिविधि र कन्सर्ट सहित साँझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी, कार्टुन्ज क्रु, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । मेलामा मनोरञ्जनका लागि मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी रहनेछन् । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । “नजिकिदै गरेको चाडपर्वको अबसरमा आफ्ना ग्राहकसँग खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागेका हौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “विभिन्न रोचक कार्यक्रम तथा गतिविधीहरु समावेश गरिएको यो मेलाले दर्शकहरुलाई पूर्णरुपमा मनोरन्जन प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ” नारायणघाट पश्चात एनसेल मेला असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

डिसहोमको दशैं तिहार योजनामा ग्राहकलाई तीन हजारको छुट

काठमाडौं, २९ भदौ । डिसहोमले नेपालीहरु माझ ‘‘ यो उत्सब डिस होमले बन्छ महाउत्सव’’ नामक उपहार योजना ल्याएको छ । कम्पनीले महान चाड बडादशैं तथा तिहार हर्षोल्लासका साथ मनाउने उद्देश्यले सो योजना ल्याएको हो । उक्त योजना अन्तर्ग ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिसहोमको हाइब्रिड एसडि कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ प्राप्त गरी २ हजार ९ सय ९९ रुपैयाँमै जोड्न सक्ने छन् । डिसहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एसडि सेट टप बक्समा भरी छुट प्रदान गरेको हो । डिस होमले हरेक वर्ष दशैँ र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष भने अघिल्ला बर्षहरुको तुलनामा यति ठूला छुट प्रदान गरेको पहिलो पटक हो भनि यस कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताएका छन् । ‘‘हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा यति गुणस्थरीय सेवा नेपालभर पुर्याउन सफल भएका कम्पनी हौं । बजारमा हाल बिक्री भइरहेका ठूला साइजका एलइडी टेलिभिजनहरुमा टिभी हेर्नका लागि डिसहोमको विकल्प छैन ।’’ उनले बताए । स्याटलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले नेपाल रहेका ग्राहकहरुमाझ गुणस्तरीउ सेवा प्रदान गर्दै आएको छ । सहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एस डी प्याकेज प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावठमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । ध्वनी र दृश्य दुबै गुणस्तरीय भएको डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिसहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रदान गर्ने प्लस मूभि च्यानल, विद्धार्थीहरुका लागि एजुकेसन च्यानल तथा इन्टरटेन्टमेन्ट च्यानल समेत रहेका छन् ।