विकासन्युज

दशैँ तिहारको अवसरमा त्रिवेणी कम्पनीले ल्यायो नयाँ दुई योजना

नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनीले आगामी दशैँ तिहारको उपलक्ष्यमा आफ्नो लोकप्रिय ब्राण्ड यसुदाको लागि “यसुदा दशैँ तिहार उपहारै उपहार” नामक योजना बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत यसुदा रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी यसुदा एलइडी टिभीको खरिदमा इमर्जेन्सी लाइट पक्का पाइने छ । साथै यसुदा वासिङ् मेसिनको खरिदमा यसुदा राइस कुकर र यसुदा डिप फ्रिजको खरिदमा हन्डी कन्टेनर पाइने छ । त्यस्तै, त्रिवेणी व्यापार कम्पनीले दशैँ तिहारको उपलक्ष्यमा “सानसुई किनौँ उपहार पाऊँ धमाधम” नामक योजना पनि ल्याएको छ । जापानीज ब्राण्ड सानसुई रेफ्रिजेरेटरको खरिदमा यसुदा आइरन पाइने छ । यसै गरी सानसुई एलइडी टिभीको खरिदमा इमरजेन्सी लाइट पक्का पाइने छ । साथै सानसुई वासिङ मेसिनको को खरिदमा यसुदा राइस कुकर र सानसुई डिप फ्रिजको खरिदमा पाइने छ । उक्त दुई योजना देशभर लागु हुने त्रिवेणी व्यापार कम्पनीले जनाएको छ ।

नेपाल बासु सेवा निगमको ट्रेड युनियनमा एमाले पहिलो

काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगममा भएको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी युनियन पहिलो भएको छ । भदौ २६ गते भएको आधिकारी ट्रेड युनियनको निर्वाचनमा एमाले निकट नेपाल वायु सेवा निगम कर्मचारी युनियनले ३४१ मत ल्याएर पहिलो बनेको हो । नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम कर्मचारी संघले २४१ मत ल्याएर दोश्रो स्थान प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेस निकट नेपाल बायुसेवा निगम य कर्मचारी संगठनले १०८ मत ल्याएर तेश्रो भएको हो । निर्वाचनमा ७०१ मत खसेको थियो ।

भारतद्वारा अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहयोग गर्ने

भारत, २९ भदौ । भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ । यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो । पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्तानले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अफगान राष्ट्रपति असरफ घानीबीच भएको भेटपछि भारतले उक्त सहयोगको घोषणा गरेको हो । सहयोगको घोषणा दुवै नेताद्वारा हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमार्फत भएको हो । वक्तव्यमा दुई नेताले कसैलाई नतोकिकन तर पाकिस्तानलाई सङ्केत गर्दै इस्लामिक स्टेट पक्षधर समुदायमा आर्थिक लगानी तथा अन्य सहायता पु¥याएको बताएका छन् । तर उक्त सहयोग सही उद्देश्यका लागि प्रयोग नहुने गरेको दुवै देशको दावी छ । भेटका क्रममा दुई देशका उच्च नेताले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस/एएफपी

हुन्डाईद्धारा दशैँ तिहार ‘गेट सेट गो’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं, ३० भदौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार ‘‘गेट सेट गो’’ अफरको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले बिहीबार तिनकुने स्थित हुन्डाईको शोरुममा एक कार्यक्रम बीच विजेतालाई पुरस्कार वितरण गरेको हो । दशैं तिहारको अफर अन्तर्गत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छुट, एक वर्षको बिमा, ५६ जनाका लागि सामसुङ ग्यालेक्सी एससिक्स इडज स्मार्टफोन र बम्परमा उपहारमा हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । ‘सेट’ अफर अन्तर्गत ५६ जना भाग्यशाली ग्राहकहरुले सामसुङ ग्यालेक्सी एससिक्स इडज जित्ने अवसर पाएका थिए । सो अफरका विजेताको घोषणा हुन्डाईको थापाथली र भाटभटेनी स्थित शोरुममा आएका ग्राहकको हातबाट सो कार्यक्रम सम्पन्न गरिएको थियो । सामसुङ ग्यालेक्सी एससिक्स इडज स्माटफोनहरु विजेताहरुलाई वितरण गरिसकेको छ । कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले बम्पर उपहार विजेतालाई हस्तान्तरण गरेका छन् । ‘गो’ अफर अन्तर्गतको वम्पर उपहार बुटवलकी सुमी श्रेष्ठलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, ३० भदौ । गुडविल फाईनान्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने भएको छ । साथै, बोनस सेयर पश्चात कम्पनीले ६० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । सो निर्णय बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले गरेको हो । उक्त बैठकको निर्णय पारित गराउन कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ । हाल फाइनान्सको चुक्ता पूँजी ३६ करोड २९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ४५ करोड ३६ लाख रुपैयाँ हुने छ ।

अर्बौंको व्यापार हुँदा कर शून्य

सोलुखुम्बु, ३० भदौ । जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ)मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ, तर त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् । यसको मुख्य कारण हो कर नतिर्ने काइदा । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक करोडौँको व्यापार गर्दा पनि कर नतिरेको पाइएको छ । नाम्चे र खुम्जुङ गाविसमा ३२१ वटा होटल तथा लज रहेको गाविस सचिव विनोद बस्नेतले जानकारी दिए । ती होटलले वार्षिक करिब रु एक खर्बको कारोबार गर्छन् । तर कारोबारबाट राज्यले भने ‘करिब शून्य’ कमाइ गरेको छ । राज्यको तर्फबाट व्यवसायीलाई सहज बाटो नबनाइदिएका कारण कर तिर्न नसकेको व्यवसायीहरुको भनाइ छ । बजार नियन्त्रण, भौतिक पूर्वाधार निर्माणजस्ता कुरामा राज्यको उपस्थिति शून्य रहेकाले राज्यलाई कर तिर्न व्यवसायीले कर तिर्न नचाहेको स्थानीय व्यापारी लामाकाजी शेर्पा बताए । “राज्यले निभाउनुपर्ने दायित्व पूरा नगरेसम्म एकोहोरो कर मात्र तिर्न हामी बाध्य छैनौँ,” उनले भने । आफूहरुलाई राज्यले अन्याय गरेको उनको आरोप छ । त्यहाँ एउटा अन्डाको मूल्य ७० रुपैयाँ पर्न जान्छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार रुपैयाँ पर्छ । “हामी रु १० हजार कर तिर्न यहाँबाट लुक्लासम्म हिँडेर जानुपर्छ । त्यहाँबाट हवाई जहाजमा काठमाडौँ अनि मोटर चढेर लहान, यो त अन्याय भयो हैन ?,” शेर्पाले आक्रोश व्यक्त गरे । सगरमाथा क्षेत्र पर्यटकको आकर्षक गन्तव्य हो । अत्यन्तै महँगो व्यापार हुने त्यस क्षेत्रमा सामान्यतया नेपाली पर्यटकको पहुँच छैन । हवाई यातायात एक मात्र विकल्प भएको उक्त क्षेत्रमा सामान ढुवानी अत्यन्तै महँगो छ । बर्सेनी चार महिना मात्र व्यापार हुन्छ । बाँकी समय ढोका थुनेर व्यवसायी काठमाडौं लाग्छन् । तर पनि चार महिनामै अर्बौं व्यापार हुने ती होटललाई करको दायरामा ल्याउन सकिएको छैन । रासस

सरकारले दाता नपुगेका जिल्लामा पुनःनिर्माण गर्न एक अर्ब छुट्टायो

काठमाडौं, ३० भदौ । गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । भूकम्पबाट अति प्रभावित रामेछाप, ओखलढुङ्गा, मकवानपुर, सिन्धुलीमा पुनःनिर्माण पुनःस्थापनाका लागि सहयोगी संस्था नआउँदा सरकार आफैँले पुनःनिर्माण थाल्ने भएको छ । ती जिल्लाका २०० स्वास्थ्य संस्थाका बनाउनका लागि स्वास्थ्य मन्त्रालयले करिब रु एक अर्ब छुट्टाएको छ । मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले ओखलढुङ्गा र सिन्धुलीमा एउटा पनि स्वास्थ्य संस्था बन्न नसकेको र रामेछाप र मकवानपुर जिल्लाका केही स्थानमा निर्माण सुरु भएको जानकारी दिए । अद्यावधिक आँकडाबमोजिम भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जम्मा ८१६ स्वास्थ्य संस्थामध्ये पूर्णरुपमा क्षति ३९५ ९आयुर्वेदिक ९३ स्वास्थ्य केन्द्र समेत०, आंशिक क्षति १४४ र न्यून क्षति १६६ र क्षति नभएका स्वास्थ्य संस्था १९९ रहेका छन् । मन्त्रालयको ‘विनाशकारी भूकम्प पश्चातको पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धमा स्वास्थ्य मन्त्रालयको सहभागिता र समन्वयमा हालसम्मको प्रगति प्रतिवेदन’मा पुनःनिर्माणतर्फ हालसम्मको प्रगतिअन्तर्गत हालसम्म ३६८ वटा स्वास्थ्य संस्था भवन पुनःनिर्माणका लागि विभिन्न ६० भन्दा बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्झौता गरिएको उल्लेख गरिएको छ । हालसम्म १०० स्वास्थ्य संस्थाको पुनःनिमार्ण भइसकेको, थप १०० वटा अन्तिम चरणमा रहेको र बाँकी ६८ स्वास्थ्य संस्था आगामी डिसेम्बर महिनासम्म निमार्ण भइसक्ने मन्त्रालयले जनाएको छ । सरकारका तर्फबाट भूकम्प प्रभावित जिल्लाका कुल ६३ वटा स्वास्थ्य संस्थाको स्थायी संरचना निर्माणाधीन अवस्थामा रहेका छन् । मन्त्रालयको नेतृत्वमा जाइकाले निर्माण गर्न लागिएका वीर अस्पताल तथा प्रसूति अस्पतालको पनि सम्पूर्ण डिजाइन सम्बन्धित अस्पताल, भवन विभाग, महानगरपालिकाबाट समेत छलफल गराई नक्सापास हुने अवस्थामा रहेको छ । भूकम्पपछिको प्रकोप मूल्याङ्कन गरी ३१ जिल्लाका ८८८ वटा स्वास्थ्य संस्थाको स्थायी पुनःनिर्माण, आवश्यक चिकित्सकीय उपकरण, फर्निचर तथा अन्य सामग्री उपलब्ध गराउन आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रका लागि मात्र १७।४० अर्बको योजना प्रस्तुत गरिएको छ भने पोषण क्षेत्रका लागि करिब ७।४ अर्बको प्रस्तावना गरिएको छ । गत मङ्सिर २०७२ पछि त्रिपक्षीय सम्झौताअनुसार पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्वास्थ्य मन्त्रालय तथा १३ वटा सहयोगी ९साझेदार० निकायबीच रु ७२ करोड बराबरको सम्झौता भई ३२ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको मन्त्रालयको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । रासस

दशैं तिहारमा गोदरेजको क्यास ब्याक अफर

काठमाडौं, ३० भदौ । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा इन्ष्ट्यान्ट क्यास ब्याक अफर लिएर आएको छ । उक्त अफर हरेक गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीहरु, रेफ्रिजेरेटर, वासिङ् मेसिन र माइक्रोवेभेनको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना भदौ २९ गतेदेखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । गोदरेज विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात छ । गोदरेजले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन गरिरहेको छ र विश्वसनियता प्राप्त गरिरहेको छ । त्यसैले गोदरेजका रेफ्रिजेरेटर ग्राहकको पहिलो रोजाईमा पर्दछन् र अहिले आएर गोदरेजको रेफ्रिजेरेटर, वासिङ् मेसिन र माइक्रोवेभेन र अन्य घरायसी सामाग्रीहरुको उत्पादनमा पनि प्रख्यात भएको छ । इन्ष्ट्यान्ट क्यास ब्याक अफरको बारेमा बोल्दै गोदरेजका सेल्स म्यानेजर शैलेन्द्र झाले भने, “हामी सधै असल र सकरात्मका तरिकाले उपभोक्ताहरु सँग सम्बन्ध बढाउने सोचले अगाडी बढीरहेका छौँ । ग्राहकको खुशी र सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो त्यसैले हामी सधै झै महान् चाड दशैं तिहारको अवसरमा उपभोक्ताहरुकोे उत्साह र उमंग बढाउन यो सरल इन्ष्ट्यान्ट क्यास ब्याक अफर ल्याएका छौं” ।