रास्वपाका उम्मेदवार रञ्जु , विराजभक्त र ताेसिमा विजयी, घोषणा हुन बाँकी
काठमाडौं । रास्वपाका तीन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनीहरु विजयी भएका हुन् । काठमाडौं-१ बाट रञ्जु दर्शना, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुरमा तोसिममा कार्की विजयी भएका हुन् । रञ्जुले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । काठमाडौं-८ का उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गर्दै फेरि संसद् यात्रा सुनिश्चित गरेका हुन् । उनीहरू निकटम् प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन् । अब प्रतिस्पर्धीले सबै मत ल्याए पनि उनीहरू जित्ने अवस्थामा छन् ।
जुम्लाबाट राप्रपाले खोल्यो अग्रताको खाता, ज्ञानेन्द्र शाही अगाडि
काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना हुँदा कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोपटक अग्रता लिएको छ । राप्रपाले जुम्ला निर्वाचन क्षेत्रबाट अग्रताको खाता खोलेको हो । मतगणनाको सुरुआती परिणामअनुसार राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले पछ्याइरहेका छन् । हालसम्म ३०० मत गणना हुँदा शाहीले १३५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने २ मत मात्र प्राप्त गरेका छन्। यसैबीच १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रास्वपाको ४४ ठाउँमा अग्रता, कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतगणनामा अहिलेसम्म अधिकांश ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ । मतगणना जारी रहेका क्षेत्रमध्ये ४४ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने कांग्रेस ५, एमाले ४ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् । रास्वपाका उम्मेदवारम काठमाडौं – १ मा रञ्जु न्यौपाने, काठमाडौं–२ सुनिल केसी, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, काठमाडौं–५ मा सुस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं – १० मा प्रदीप विष्ट अगाडि छन् । रूपन्देही – २ मा सुलभ खरेल, धनुषा – ३ मा मनिष झा, मोरङ – ४ मा सन्तोष राजवंशी, महोत्तरी – १ मा प्रमोदकुमार महतो, भक्तपुर – १ मा रुकेश रञ्जित, चितवन–२ मा रवि लामिछाने, कास्की – २ मा उत्तमप्रसाद पौडेल, भक्तपुर – २ मा राजीव खत्री, कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन् । यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा. लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह (बालेन), तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् । कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के.सी., कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेका छन् । एमाले चार ठाउँमा अगाडि छ । रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, चितवन–१ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् । कांग्रेस ५ क्षेत्रमा अगाडि छ । ललितपुर –१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, कैलाली – १ मा जनकराज चौधरी, तेह्रथुम–१ सन्तोष सुब्बा र रसुवा १ मा मोहन आचार्यले अग्रता लिइरहेका छन् । नेकपा २ स्थानमा अग्रता लिइरहेका छन् । रूकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट – १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही जुम्लामा अगाडि छन् ।