मेगा बैंकले तीन महिनामा कमायो १४ करोड, गत वर्षको तुलनामा ७४ प्रतिशतले नाफा बढ्यो
काठमाडौं २९, कात्तिक । मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १४ करोड ६९ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो तीन महिनामा यो बैंकको यस्तो नाफा ८ करोड ४३ लाख रुपैयाँ मात्रै थियो । यो बैंकले कर र बोनस अगाडिको नाफा भने २३ करोड रुपैयाँ रहेको थियो । बैंकले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुत्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । संचित कोषमा १ अर्ब ११ करोड रुपैयाँ राखेको छ । मेगा बैंकको खराब कर्जाको अनुपात १ दशमलव ०८ प्रतिशत रहेको छ । यो खराब कर्जाको अनुपान गत वर्ष १ दशमलव ६० प्रतिशत रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७९ दशमलव १४ प्रतिशत रहेको छ । यो अनुपात गत वर्ष ७४ दशमलव ६३ प्रतिशत रहेको थियो । यो बैंकको प्रतिशेयर आम्दानी चालू आवको प्रथम त्रैमाससम्को ४ रुपैयाँ ५३ पैसा रहेको छ भने एक वर्षको प्रति सेयर आम्दानी भने १७ रुपैयाँ ८० पैसा रहेको छ । मोगाको प्रतिशेयर बजारमा ४ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।
बैंकिङ प्रणाली बाहिरबाटै भित्रियो करोडौं भारु, ५ सय र हजारको भारु नभित्र्याएको राष्ट्र बैंककाे दाबी
काठमाडौं २९, कात्तिक । नेपालभित्र चलनचल्तीमा रहेका पाँच सय र हजार दरका भारतीय नोट बैंकिङ च्यानलबाट नभएर कामदार तथा अन्य स्रोतबाट भित्रिएको राष्ट्रबैंकले बताएको छ । राष्ट्रबैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले राष्ट्रबैंकले एक सय दरका नोट मात्रै ल्याउने गरेको जानकारी दिए । राष्ट्रबैंकले उक्त दरका नोट नभित्र्याए पनि करोडौं भारु नेपाली बजारमा चलनचल्तीमा छन् ।नेपाल–भारत खुला सीमा व्यापार र कामदारमार्फत पहिलेदेखि नेपालमा भारतीय रुपैयाँ चल्ने गरेको ढुंगानाले बताए । दुई वर्षअघि भएको नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणपछि नेपाली बजारमा पाँच सय र हजार भारुले चलनचल्तीका लागि वैधता पाएका थिए । ठूला दरको नोट फुकुवा भएसँगै एकजनाले २५ हजार रुपैयाँसम्म भारु बोक्न तथा घरमा राख्न पाउने व्यवस्था गरियो । भारु बैंक तथा वित्तीय संस्थामा साट्न पाउने व्यवस्था भयो । नेपालीसँग एक अर्बभन्दा बढी पाँच सय र हजार दरका भारु नोट रहेको अनुमान नेपाल उद्योग वाणिज्य महासंघको छ । विशेष गरी मारवाडी समुदायसँग यी दरका नोट रहेको र उनीहरू वैध तरिकाबाट भारु कसरी साट्न सकिन्छ भनी खोजिरहेका छन् । भारतले २०६७ सालमा पाँच सय दरको भारु निकालेपछि नेपालले त्यो नोट प्रयोग नगर्ने निर्णय गरेको हो । ०५७ सालतिर असीमित भारु नेपाल भित्रन थालेपछि सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । भारतको अधिकांश स्थानमा नगदै चल्ने र निरन्तर भारत जानेसँग थुप्रै उक्त दरका भारतीय नोटहरू नेपाली व्यवसायीसँग भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । भारत सरकारले नोटमा प्रतिबन्ध लगाएपछि भारतलगायत यस देशसँग सिमाना जोडिएका नेपाल, भुटानलगायतका देशमा यसको प्रभाव अझ बढी देखिएको छ । भारतले भारतीय रुपैयाँ आयात र निर्यात गर्ने विषयमा सूचना जारी गरेअनुसार नेपाल र भारतबाहेक अन्य ठाउँमा ल्याउन र लान पाइँदैन भनेको छ । त्यसैले पनि कानुनअनुसार नै नेपाल र भुटानका लागि भारतले दिएको सीमाअनुसार पैसाको कारोबार भइरहेको छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति भएकाले यी रकमलाई साट्ने व्यवस्था राज्यले जसरी भए पनि मिलाउनुपर्छ,ु ढुंगानाले भने, सोभन्दा बढी रकम बोक्न र घरमा राख्नै पाइँदैन । त्यो पैसा जतिखेर पनि जफत गर्न सकिन्छ । कानुनी रूपमा आर्जन गरेको सम्पत्ति साट्न राष्ट्रबैंकले कूटनीतिक पहल गरिरहेको छु, उनी भन्छन्, ुत्यसैले सो रकमको क्षतिपूर्ति जसरी पनि नेपालले पाउनुपर्छ । अन्नपूर्ण पोस्टबाट ।
सानिमा बैंकले दियो सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण
काठमाडौं, २८ कात्तिक । सानिमा बैंक लिमिटेडले नक्साल स्थित नन्दीकेशर बगैँचा(नारायणचौर)को सुन्दरता कायम राख्न सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ । ११ औ महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आफ्नै केन्द्रिय कार्यालय अगाडी रहेको बगैँचाको सौन्दर्यता जोगाउनका लागि घासँ काट्ने मेसिन सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।