सनराइज बैंकद्धारा दृष्टिविहिनहरुलाई सहयोग
काठमाडौं, १८ जेठ । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत “अपाङ्ग सहयोग सामग्री वितरण” कार्यक्रमको आयोजना गरेको थियो । बैंकले सोमबार काठमाडौंको थलीमा सो कार्यक्रम सम्पन्न गरेको छ । युवा अपाङ्ग संगठन नेपाल संस्थाद्वारा आयोजित सो कार्यक्रम मार्फत १० जना भूकम्प प्रभावित दृष्टिविहिनहरुलाई सहयोग स्वरुप सेतो छडी प्रदान गरेको बैंकको विज्ञेप्तिले जनाएको छ ।
नेपाल बैंकको एटीएम सेवा अब ठिमी शाखामा पनि
काठमाडौं, १८ जेठ । नेपाल बैंक लिमिटेडले मङगलबारदेखि बैंकको ठिमी शाखामा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा सो स्थानमा सो सेवा सुरु गरेको हो । उक्त सेवाको उद्घाटन बैंकको सञ्चालक समितिका सदस्य सुरेन्द्र बहादुर सिंह तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा गरेका छन् । हालसम्म बैंकको एटीएम सेवा संख्या ३९ पुगेको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा थप १५ स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । अन्य एटीएम सेवा काठमाडौं उपत्यका लगायत मोफसलमा सञ्चालनमा छन् । यस बैंकको एटीएम कार्ड प्रयोग गर्ने ग्राहकहरुले भारतमा पञ्जाब नेशनल बैंकको एटीएमबाट समेत सेवा सुविधा लिन सक्ने बैंकको विज्ञेप्तिले जनाएको छ ।
२९ बैंकसँग अनुदान वितरण सम्झौता
काठमाडौं, १८ जेठ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितको नगद अनुदान वितरणका लागि २९ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितीमा २९ वटा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग छुट्टा छुट्टै अनुदान वितरण सम्झौता गरेका हुन् सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट उप सचिव डा. भिष्मकुमार भुषालले हस्ताक्षर गरेका थिए । गत शुक्रबार मात्रै प्राधिकरणले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन, नेपाल फाइनान्सीयसल इन्स्टिच्युसन्सबिच सम्झौता भएको थियो । क, ख र ग वर्गका अन्य बैंकहरुसँग अनुदान वितरण सम्झौतालाई जारी राखिने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । सम्झौता अनुसार सम्बन्धीत जिल्लामा शाखा रहेका बैंक तथा वित्तिय संस्थालाई भूगोल विभाजन गरि निजी आवास निर्माणका लागि दिईने अनुदान वितरण गरिनेछ । प्राधिकरणले हिमालयन बैंक, कुमारी बैंक, लुम्बीनी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, रिलायबल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, देवः विकास बैंक, प्राइम कमर्सियल बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेडसँग सम्झौता गरेको हो । त्यस्तै, सानिमा बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, टुरज्मि डेभलपमेन्ट बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, त्रिवेणी विकास बैंक, नविल बैंक, यति डेभलपमेन्ट बैंक, सिभिल बैंक, सनराईज बैंक, एनआइसी एसिया बैंक, मेगा बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक रहेका छन् ।