महालक्ष्मी फाइनान्सद्धारा चितवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, ३१ जेठ । महालक्ष्मी फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत चितवनको वसन्तपुरमा शनिबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महालक्ष्मी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “समृद्ध माडीको निर्माणमा वित्तीय सँस्थाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा माडीको आर्थिक गतिविधी वृद्धिमा वित्तीय सँस्थाबाट प्रवाह गर्नु पर्ने कर्जा सुविधा, तिनका प्रक्रिया, उद्यमी छनोट, उद्यमीलाई तालिम, बजारीकरण लगायत विविध विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यपत्र र बैकिङ्ग गतिविधिमा माडी उद्योग वाणिज्य सँघका अध्यक्ष रेशम आचार्य, माडी भरतपुर सम्पर्क मंचका अध्यक्ष जितेन्द« भण्डारी, एनजिओ फेडेरेशनका प्रसाद दुवाडी, महालक्ष्मी फाइनान्स, नारायणगढका शाखा प्रबन्धक गणेश बजगाई, माडी क्याम्पस प्रमुख कुलानन्द भुषालले टिप्पणी गरेका थिए । अन्तरक्रियाको खुला सत्र अन्तर्गत सहभागिहरुको तर्फबाट गरिएको विविध प्रश्न र जिज्ञासाको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जवाफ दिएका थिए । कार्यक्रममा साविक गर्दी, वघौडा, कल्याणपुरी र अयोध्यापुरी क्षेत्रका उद्योगपति व्यापारी तथा वसन्तपुर बजारका स्थानियको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्लामा
काठमाडौं, ३० जेठ । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्ला जिल्लाको बानडुङग्रीसेन बजारमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने रणनीति अनुसार सो स्थानमा पाँचौ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको हो । सो शाखारहित बैंकिङ्गको उद्घाटन बनलेक गा.वि.स.का सचिव लक्ष्मी कान्त रोश्याराले शनिबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका बजार व्यवस्थापन प्रमुख रबिना आचार्यले बैंकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि शेर बहादुर बलायरलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै विज्ञप्तिमा आएको छ । यस अघि काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी, महोत्तरीको कान्तिबजार र मोरङ्गको डाँगीहाटमा बैंकका चारवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
शाइन रेसुङ्गा र गौमुखी गाभिए, पूँजी ८६ करोड ८४ लाख
काठमाडौं, ३० जेठ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र प्यूठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड एकापसमा गाभिएका छन् । प्यूठानको विजुवारमा आयोजित मर्जर एकिकृत कारोवार शुभारम्भ समारोहको नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जिवी नेपालले सुभारम्भ गरेका हुन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका प्रमुख रेवती प्रसाद नेपालले ग्रामिण क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रसंसा गर्दे वित्तीय पहुंचमा बैंकहरुले विशेष जोड दिनु पर्ने औंल्याएका थिए । नेपाल उद्यमीहरुको लागी स्वर्णभूमी भएकाले उद्यमशिलताको विकासमा जोड दिंदै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरि सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिने उनले बताए । बैंकहरु घर घरमा अवसर लिएर आएको हुंदा सोको सदुपयोग गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समग्र बैंकको वारेमा जानकारी गराएका थिए । बैंकका अध्यक्ष थानेश्वर पौडेलले असल बैंकको पहिचानमा कुनै सम्झौता नगरिने प्रतिवद्धता व्यक्त गरेका थिए । साविकको गौमुखी विकास बैंकका अध्यक्ष नारायण बैद्य, नेपाल पत्रकार महासंघ, प्यूठानका अध्यक्ष गिरु प्रसाद भण्डारी, प्यूठान उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष केदारमान कक्षपती र जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारीले शुभकामना व्यक्त गरेका थिए । उक्त समारोहमा बैंकले स्वर्गद्धारी मन्दिरलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार प्रदान गरेको थियो । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको मर्जरपछि नाम पनि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड नै रहनेछ । बैंकको शाखा सञ्जाल २६ पुगेको छ । बैंकको चुक्ता पूंजी ८६ करोड ८४ लाख पुगेको छ भने निक्षेप ८ अर्व ४ करोड कायम भएको छ । बैंकले ७ अर्व २४ करोड कर्जा लगानी गरेको छ भने बैंकको ग्राहक संख्या १ लाख २६ हजार रहेको छ । बैंकमा २१७ कर्मचारी रहेका छन् । २०७४ आषाढ मसान्तसम्म पुर्याउनु पर्ने चुक्ता पूंजी १ अर्व २० करोड बैंकले बोनश शेयरको माध्यमवाट पुरयाउने लक्ष्य लिएको छ भने थप मर्जर तथा एक्विजिशनका लागी समेत खुल्ला रहेको बैंकले जनाएको छ ।