मेट लाइफको खुद बीमा शुल्क आर्जन १०.१५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ८२ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४०.०७ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा कम्पनीले गत आवमा ६ अर्ब १ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.१५ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीले समीक्षा वर्षमा ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.२० प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ५ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ५७ करोड ६८ लाख रुपैयाँ छ । अघिल्लो वर्षमा महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रुपैयाँ थियो । त्यस्तै अन्य इक्विटीमा १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ थियो । 

नेपाल माइक्रोको कुल बीमा शुल्क २७५.४९ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा   १९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क २७५.४९ प्रतिशतले बढेको छ हो । समीक्षा वर्षमा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ४३.९१ प्रतिशतको घटेको छ । कम्पनीको समीक्षा वर्षमा खुद बीमा शुल्क पनि ३१०.३६ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ५७ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ३६ करोड ५७ लाख रुपैयाँ थियो । समीक्षा वर्षमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ०.२२ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.८६ रुपैयाँ रहेको छ । 

एनएलजी इन्स्योरेन्सको नाफा १६.११ करोड रुपैयाँ, खुद बीमाशुल्क ४६.६३ प्रतिशतले बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ९.६६ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन  १३.८९ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समिक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको शेयर पुँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ २८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १२४.०२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ०६ पैसा रहेको छ ।