नेशनल इन्स्योरेन्स ६२ करोड ३९ लाख रुपैयाँ घाटामा, ४३.२९ प्रतिशतले बढ्यो कुल बीमा शुल्क
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क ४३.२९ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनी घाटामा रहेको देखिएको छ । कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनी ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो। त्यस्तै, समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.४४ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो आवमा कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवमा ५६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । गत वर्ष कम्पनीको रिटेन्ड अर्निङ (सञ्चित नाफा) १ अर्ब ४२ करोड ३२ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ८२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । कम्पनीको महाविपत्ति कोषमा ३ करोड २१ लाख ८८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सोल्भेन्सी रेसियो २.७९ प्रतिशत रहेको छ ।
सलिकोले २२.८६ प्रतिशत बढायो व्यवसाय, नाफा ४० करोड ३२ लाख रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १२.५३ प्रतिशत घटेर ४० करोड ३२ लाख ६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४६ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको खुद बीमा शुल्क २२.८६ प्रतिशत बढेर २ अर्ब ११ करोड ३५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७२ करोड २ लाख ९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत वर्ष कम्पनीको कुल बीमा शुल्क २.३२ प्रतिशत बढेर ५ अर्ब ७६ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ८९ करोड ३८ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४० लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २९ करोड ५९ लाख ६९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी १२.५० प्रतिशत बढेर ३ अर्ब ११ करोड ८८ लाख ५९ हजार रुपैयाँ र कुल खर्च १७.४७ प्रतिशत बढेर २ अर्ब ५४ करोड २८ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले अर्ब ७७ करोड २२ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १६ करोड ४६ लाख ६१ हजार रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोष २१.३४ प्रतिशत बढेर २२ करोड ९३ लाख २ हजार रुपैयाँ, सञ्चित नाफा ९.२५ प्रतिशत घटेर ३६ करोड ६५ लाख २२ हजार रुपैयाँ र बीमा कोष ४.१३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ५२ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ घटेर १५.३७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३९.१२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ ।
एक वर्षमा निर्जीवन लघु बीमकको व्यवसाय तेब्बरले बढ्यो
काठमाडौं । एक वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार निर्जीवन लघु बीमकले ९५ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । समीक्षा वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूले ३ लाख ७९ हजार ४३८ बीमालेख जारी गरी ९५ करोड ३८ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । यो गत आव २०८०/८१ को तथ्यांकअनुसार २२३.७ प्रतिशत अर्थात् ३.२४ गुणा बढी हो। प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आवमा निर्जीवन लघु बीमा कम्पनीहरूले २९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आवमा १ लाख १ हजार ७४४ बीमालेख जारी गरी कुल २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । एक वर्षमा कम्पनीको व्यवसाय १५४.७३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने लघु निर्जीवन बीमा कम्पनीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले समीक्षा वर्षमा ९९ हजार १३५ बीमालेख जारी गरी २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको तुलनामा १७६.९६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । तेस्रो धेरै व्यापार स्टार माइक्रो इन्स्यारेन्स कम्पनीले भित्र्याएको छ । समीक्षा वर्षमा स्मार्ट माइक्रोले १ लाख २ हजार ४९६ बीमालेख बिक्री गरी कुल २२ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीहरूले ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थिए । गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३०.५६ प्रतिशतले वृद्धि भएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा गत आवमा ५५४.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ३ करोड २७ लाख रुपैयाँको व्यवसाय भित्र्याएको ट्रस्ट माइक्रोले गत वर्षमा २१ करोड ४२ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गरेको छ ।