इन्स्योरेन्स इन्स्टिच्युटले गर्यो विभिन्न देशका विज्ञसँग बीमा बारे वेबिनार

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर सम्बन्धी छलफल वेविनार मार्फत सम्पन्न गरेको छ । उक्त छलफल कोरोना महामारीको बेलामा बीमा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा गरिएको हो । छलफलमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं, कार्यकारी निर्देशक राजुरमण पौडेल, इन्स्योरेन्स इन्स्टिच्युट नेपालका सिईओ भोजराज शर्मा, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे उपस्थित थिए । यस्तै, सेक्रेटरी जेनेरल इन्स्योरेन्स इन्स्टिच्युट अफ भारतका दिपक गडवाले तथा सिंगापूरका म्यानेजिङ डिरेक्टर स्पेसेलिस्ट रि कन्सल्टेन्सीका एन्ड्यू ह्यारिजको समेत सहभागिता रहेको थियो । यसो भने बीमा समिति अध्यक्ष चापागाईंले कोरोना महामारीका कारण हाल भइरहेको लकडाउनले सामाजिक र आर्थिक क्रियाकलापमा असर पारिरहेको छ । उक्त महामारीको असर बीमा क्षेत्रमा समेत पर्दै आएको छ । बीमा समितिले मोटर बीमामा बिमितलाई राहत दिने तथा कोरोना बीमाको समेत थालनी गरेको छ । राजुरमण पौडेल, कार्यकारी निर्देशक, बीमा समिति नेपाली बीमा क्षेत्रले विभिन्न प्रकारका समस्याहरु भोग्दै आएका छन् । विगतमा पनि भुकम्प लगायतका प्रकोपले प्रभाव पारेकोे बीमा क्षेत्रलाई कोरोना महामारीले कहिलेसम्म र कति समय यस्तो अवस्थामा रहनु पर्ने भन्ने एकिन गर्न समेत केही कठिन अवस्थामा अघि बढ्नु परेको छ । बीमा क्षेत्रले विगतका समस्याहरुमा समेत लड्दै काम गर्दै आएकाले भोलिका दिनमा थप राम्रो गर्ने निमामकीय लक्ष्य छ । यसो भने सेक्रेटरी जनरल गडवालेले आर्थिक क्रियाकलाप गर्ने संस्था तथा बीमा क्षेत्रको लागि यो एउटा परीक्षण काल हो । अहिले बीमा क्षेत्र लकडाउनपछि कत जाला भन्ने सबैको चासोको विषय छ । भोलिका दिनमा बीमा बजार बढ्ने संकेत भने मिलेको छ । अहिले मानिसहरुमा एक किसिमको भय पैदा भएको छ । साथै, बीमा क्षेत्रको महत्व पनि साथसाथै बढ्दै गएकोे छ । भोलिका दिनमा बीमा पोलिसी अनलाईनमा किन्नेहरुको संख्या बढ्दै जानेछ । बिमितहरुले बीमा किन्ने शैलीमा परिवर्तन आउँने देखिएको छ । दीपप्रकाश पाण्डे लकडाउनका सुरुवातमा बीमा क्षेत्रलाई केही कठिन भएको थियो । लकडाउनको समयमा कार्यालय आउँन सहज थिएन । केही पासको व्यवस्था भएपछि कार्यालय आउँन सहज भयो तथा फोनले नै बीमाको काम संचालन गर्न सहजिकरण गर्यो । लकडाउनको लामोे अवधिमा बिमितलाई निर्जीवन बीमाको तर्फबाट मोटर बीमामा राहत दिने व्यवस्था ल्याउँन आवश्यक भयो । नियामक निकाय बीमा समितिको सक्रियता पनि बीमा कम्पनी तथा बिमितहरुलाई सहयोग पुग्ने प्रकारको रह्यो । बिमकको तर्फबाट हेर्दा माइक्रो इन्स्योरन्समा दिइने बीमाले कोरोना बीमाको असहजतामा केही सहजिकरण दिन्छ । आर्थिक अवस्था कमजोर भएका तथा विकट ठाउँका बिमितहरुलाई समेत मिल्ने खालका पोलिसी आजको आवश्यकता हो । अनलाईनबाटै स्क्यान गरेर बिमितलाई सहयोग र सहजीकरण गर्न सकिने भएकोले यसलाई सकारात्मक पक्ष मान्न सकिन्छ । अब भनेको डिजिटलाईजेसनबाट नै काम गर्न आवश्यक छ । बीमा क्षेत्रमा तेस्रो त्रैमासको सबै हिसाब किताब भइसकेको अवस्था छ । नेपालको अफ्नो रिटेन्सन क्षमता त्यति बलियो छैन । विदेशी कम्पनीहरुसँगको समन्वयमा बीमा काम हुँदै आएको थियो । हवाई बीमामा समेत बीमाशुल्क केही महंगो भएकाले त्यसमा बीमा समिति तथा बीमा कम्पनीहरुले सोच्दै आएका छौं । अर्को भनेको कर्मचारी व्यवस्थापनमा समेत समस्या सिर्जना भएको छ । अहिले भनेकोे कर्मचारीहरुलाई प्रोत्साहन गर्न तथा पुरस्कृत गर्न सक्नु पर्ने बेला पनि हो । आजको दिनमा मेहनत गरेका कर्मचारीहरुले भोलिका दिनमा संस्थालाई सघाउँन सक्छन् । हामीले सरकारले लागू गरेको लकडाउनको मोडालिटी अनुसार बिमितको सेवा गर्दै आएका छौं । कोरोना पोलिसीले सुरुमा केही भय सिर्जना गरेपनि अहिले मुख्यतः निर्जीवन बीमा कम्पनीहरुले संचालन गर्न सकिन्छ भन्ने आत्मवल बढेको छ । शिवनाथ पाण्डे, अध्यक्ष, जीवन बीमक संघ एकातिर बैकको व्याजदर घटेको अवस्था भने अर्काेतिर कोरोना महामारीले बीमा क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ । बीमा क्षेत्रका क्रियाकलापमा ठूलै प्रभाव परेको छ । सबै काम जीवन बीमामा अभिकर्ता मार्फत हुने भएकाले यो क्षेत्र प्रभावित हुन पुगेको छ । सामाजिक दूरी कायम गर्नु पर्ने अहिलेको अवस्था र अभिकर्ताविना जीवन बीमामा काम गर्न नसकिने भएकाले असहज अवस्था सिर्जना भएको हो । डिजिटल्ली नै काम गर्नु अबको विकल्प हो । सोही कारण इन्टरनेट मोवाइल र कम्प्यूटरबाट बीमा व्यवसाय अघि बढाउने योजना अघि बढिरहेको छ । भुक्तानी सेवा प्रदायक डिजिटल एपहरुले बीमा क्षेत्रलाई अहिले सघाइरहेका छन् । एन्ड्यू ह्यारिज लक डाउनको समयमा सिंगापूरमा सरकारी नीति निर्देशन अनुसार नै काम भयो । अन्य छिमेकी देशहरुमा कोरोना भाइस फैलन थालेपछि यहाँ पनि सतर्कता अपनाइयो । बीमा क्षेत्र पनि कोरोना महामारीका कारण प्रभावित हुन पुग्यो । नियामकसँगको संचारले कोराना महामारीमा बीमा क्षेत्रलाई अघि बढ्न मद्दत गर्ने हाम्रो अनुभव रह्यो । बीमा क्षेत्रमा अहिले जताजतै डिजिटल्ली किनबेच नै बढेको छ । कहीकतै बीमा क्षेत्रलाई बिमितहरुले केही प्रश्न समेत गर्ने गरेको पाइन्छ । अहिलको अवस्था अनुसार त्यस्ता कुरा आएको हो । किनभने कोरोना महामारीको असर पनि प्रत्यक्ष नै देखिएको छ । चर्चामा एक जनाबाट सयौ जनामा कोरोना भाइस फैलिएका समाचारहरु आइरहेको बेलामा पुनर्बीमा कम्पनीहरुले पनि बीमा कसरी कुन मोडलमा गर्ने भन्ने कुरा सोच्न पर्ने अवस्था छ । वेबिनारलाई दुई चरणमा विभाजन गरिएको थियो । उक्त वेविनारमा पहिलो चरणमा सबैले आफ्नो विचार तथा प्रिजेन्टेसन राखेका थिए । यस्तै दोस्रो चरणमा केही समीक्षा समेत गरिएको थियो । सोमवारको वेविनारलाई इन्स्योरेन्स इन्टीच्युट नेपालका सिईओ भोजराज शर्माले सहजिकरण (संचालन) गरेका थिए ।

अब घरबाटै सिटिजन लाइफको जीवन बीमा लिन सकिने

काठमाडौं । अब सिटिजन लाइफ इन्स्याेरेन्सको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सकिने भएको छ । कम्पनीले अनलाइन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएसँगै ग्राहक उक्त सुविधा पाउने भएका हुन् । हालको परिस्थिती र समयको आवश्यकता समेतलाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यसै क्रममा आजै अनलाइन मार्फत बीमा पोलिसी खरिद गर्ने ग्राहकलाई कम्पनीले धन्यवाद दिएको छ । बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लग इन गरी एजेन्ट पोर्टल अन्तर्गत गएर ग्राहकहरुको लागी इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिन्छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज वनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउँदै जाने कम्पनीको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ । साथै, कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी हालै लकडाउनको परिस्थितिमा समेत घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी ईसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार- चिरञ्जीवी चापागाईं

काठमाडौं । कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । बीमा क्षेत्रको नियमक निकायबाट बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै, बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको बताउँदै उनले त्यसरी जम्मा भएको पुँजी दोस्रो बजारमा लगानी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्। बीमा क्षेत्रको नियमक निकायबाट सुझाव दिँदै उनले ऋणपत्रकाे काराेबारलाई छिटाे भन्दा छिटाे दाेश्राे बजारमा ल्याउन पहल गरेका छन् । त्यस्तै, बीमा कम्पनीहरुलाई अल्पकालिन समयको लागि लगानीको व्यवस्था गर्न समेत बोर्डलाई सुझाव दिएका छन् ।