बीमा कम्पनीका सञ्चालक समितिको निर्णयमा भर परेर सेयरमा लगानी नगर्नुहोस्- चिरञ्जीवी चापागाईंसँगको भिडियो अन्तरवार्ता
काठमाडाैं । बीमा समितिको अध्यक्ष चिरञ्जीबी चापागाईंले बीमा कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक उतारचढाव आउनुमा बीमा कम्पनीका सञ्चालक समितिको अपरिपक्व निर्णयहरु जिम्मेवार भएको बताएका छन् । विकासन्युजको नियमित स्तम्भ विकास वहसमा बोल्दै उनले लगानीकर्ताहरुलाई सञ्चालक समितिको निर्णयमा मात्र विश्वस गरेर सेयर किन्ने निर्णय नलिन सुझाव दिएका छन् । सञ्चालक समितिका निर्णयहरु गलत भएकै कारण एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरुको लगानीकर्ता मर्कामा परेको बताएका छन् । वर्षौ साधारणसभा नभएको कम्पनीको १०० रुपैयाँको सेयरलाई १८/२० हजार रुपैयाँ तिर्नु लगानीकर्ता आफैको कमजोरी भएको उनले बताएका छन् । बीमा समितिको अध्यक्ष भएर आएपछि बीमा क्षेत्रको धेरै समस्या हल गरेको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गरेको उनको भनाई छ ।
आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन (क्यासलेश हस्पिटलाइजेशन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच क्यासलेस सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि.बीच ग्राहकहरुलाई नगद रहित (क्यासलेस) हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र बि एण्ड बि अस्पतालका तर्फबाट उप निर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात यस इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बि एण्ड बि अस्पातालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउन सक्नेछन् । साथै, ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।