प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द

प्युठान । प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ । चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो । अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ । सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने जनाइएको छ ।

काेराेनाका कारण गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

कोभिडसँग लडने क्षमता विकासका लागि कस्तो खाने ? यस्ताे छ विज्ञहरुको सुझाव

काठमाडाैं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिएका छन् । त्यस्तै, बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे । दिनको एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तु बाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उनले बताए । त्यस्तै धेरैप्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिएका छन् । सादा खाना खान र सरिरभित्र कुनैपनि प्रकारको भार नपर्ने गरी खानपनि उनको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत सरिरमा फाइदा पुग्ने उहाँको भनाई छ । योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए । भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताए । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा जोड दिए । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाई छ ।