थप २ हजार २० जनामा कोरोना पुष्टि, हालसम्मकै उच्च, ७ जनाको मृत्यु
काठमाडाैं । नेपालमा थप २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ हजार ४ सय ५८ जनामा पीसीआर परीक्षण भएकोमा महिला ६ सय ३९ र १३ सय ८१ पुरुषमा संक्रमण देखिएको हो । जसमध्ये काठमाडौंमा ६ सय ८९, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन् । पछिल्लाे २४ घण्टामा ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ८५ वर्षिया महिला र ८८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षिय पुरुष र ललितपुरमा ६६ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
इलामका युवाले बनाए कोरोना अस्पतालमा प्रयोग गर्ने रोबोट, करिब एक लाख १० हजार रुपैयाँ खर्च
इलाम । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ । कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौंमा अध्ययन गर्ने उनीहरुले काठमाडौंमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ । रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ । रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब एक लाख १० हजार रुपैयाँ खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेमन उनीहरुले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए । रासस
नेपालभर १२४६ जना काेराेना संक्रमित थपिए, ४ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ८ सय ८३ जना रहेका छन् भने आजसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२४३ जना निकाे भएसँगैं हालसम्म ४२ हजार ९ सय ४९ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३८३ पुगेकाे छ ।