काठमाडाैं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित
काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ११ जना पुरुष र १७ महिला, ललितपुरकाे २ पुरुष र भक्तपुरकाे २ पुरुष रहेकाे गाैतमले बताए । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
नेपालमा थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ५ सय १९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ५३ सय २० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३१ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ३३ हजार ७ सय ६४ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ३८ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार १ सय ३७ जना आईसाेलेसनमा रहेका छन् ।
खोटाङ अस्पतालमा डिजिटल एक्स–रे सञ्चालनमा
खोटाङ । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि मेनुअल एक्स–रे मेशिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेशिन जडान गरेर सेवा दिन थालेको छ । डिजिटल एक्स–रे मेशिन चलेपछि रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । सो मेशिन चलेपछि एक्स–रे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताए । “डिजिटल एक्स–रे ले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ”, उनले भने, “ यसको रिपोर्ट कम्प्युटरमा आवश्यकताअनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्स–रे रिपोर्टभन्दा धेरै राम्रो र छिटो हुनेछ ।” यसलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन विद्युत्को विकल्पमा ब्याकअपसमेत जडान गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रविनकुमार फुयाँलले बताए । अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र भरपर्दो बनाउने लक्ष्यले प्रविधि स्तरोन्नति गर्दै लगिने निमित्त प्रमुख फुयाँलको भनाइ छ । अब एक्स–रे गर्न निजी क्लिनिक धाउनुपनेबाध्यता पनि हटेको छ । विद्युत् नभएको समयमा एक्स–रे गर्दा निजी क्लिनिक सञ्चालकले सेवाग्राहीबाट दोब्बर मूल्य लिने गरेका थिए । सो १५ श्याको जिल्लाको एकमात्र अस्पतलालाई ५० श्याको बनाउने तयारीसाथ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको छ । विसं २०४८ मा स्थापना भएको जिल्ला अस्पतालमा श्यया अभाव हुँदा कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ। यहाँका जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ । दुई नगरपालिका र आठ गाउँपालिकाको जिल्लाको उत्तरी क्षेत्र ऐंसेलुखर्क र दक्षिणी क्षेत्र चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । रासस