नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार २ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ३४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख २३ हजार ६ सय ३० काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ८५ जना आईसाेलेसनमा रहेका छन् ।
ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचारकाे क्रममा एक जना कोरोना संक्रमित मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हाे । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियाे । दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए । नेपाल योसँगै कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
स्वास्थ्य सामग्री किन्न नर्वेमा रहेका नेपालीले गरे आर्थिक सहयोग
डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टाइनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले २ लाख ३० हजार रूपैयाँ रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयवासी तथा नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा उक्त रकम सङ्कलन गरी जिल्लामा पठाइएको हो । ‘स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग’ अभियानमा नर्वेमा बसोबास गर्दै आएका नागरिकले स्वःस्फूर्तरूपमा प्रदान गरेको रकम डोटी जिल्लामा पठाइएको शाहीले बताए । उनले भने, “जिल्लामा स्वास्थ्य सामग्री किन्न समस्या भएको खबर हामीले पायौं, सबै साथीको सहयोगमा रकम सङ्कलन गरी पठाएका छौं, आशा छ हाम्रो सहयोगले केही सहज हुने छ ।” नर्वेबाट प्राप्त उक्त सहयोगले जिल्लामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा समस्या भएका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआइसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २ तथा सायल गाउँपालिका–२ को क्वारेन्टिनमा बसेका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । भारतबाट दैनिक हजारौंको सङ्ख्यामा नपाली स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई स्वास्थ्यदेखि क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा प्राप्त सहयोगले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताए । नर्वेबाट आएको आर्थिक सहयोगले यहाँका क्वारेन्टानमा बसेका व्यक्तिलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री खरिद गरी हस्तान्तरण गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए । रासस