वितेको २४ घण्टामा थपिए करिब १ लाख ८० हजार कोरोना संक्रमित

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ भने ५२ लाख ५४ हजार ९ सय ६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २६ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ४ हजार २ सय ९८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने अहिलेसम्म १५ हजार ३ सय ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ११ हजार १ सय ६२ जना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ५० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

दैलेख । आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । बसेको १४ दिनपछि आरडिटी नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि यही असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा उनी मृत फेला परेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । असार १० गते दुल्लु अस्पतालमा लगी शव परीक्षणका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो । त्यहाँको परीक्षणमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित, एककाे मृत्यु

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए । जसमध्ये काठमाडौंमा २ पुरूष र २ महिला, भक्तपुरमा ३ पुरुष र १ महिला तथा ललितपुरकाे एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु