हिसाब मात्र नखाेजाैं, काेराेनाकाे चिन्ता गराैं
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैकाे भूमीका महत्वपूर्ण भएकाेले सबै मिलेर यसकाे निदान गर्नु पर्ने बताएका छन् । आज प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सबैलाई काेराेना राेकथाममा भएकाे खर्चकाे मात्र चिन्ता नभई काेराेनाकाे पनि चिन्ता लिन अनुराेध गरे । ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरू सरकारले सहँदैन, छानबिन गर्छ, कारबाही गर्छ, कठघरामा उभ्याइन्छ, दोषी पाइएमा दण्डित गरिन्छ, तर याे समय काेराेनाकाे जाेखिम नियन्त्रण गर्न तर्फ खर्च गर्नु पर्छ,’ उनले भने । ’ उनले भने, ‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ, आन्तरिक लेखा परीक्षण हुन्छ, अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहींकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ ।’ केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि पोखेका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री भन्छन्ः नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको होइन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साे कुरा बताएका हुन् । उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएकाे पाइएको पनि बताउँदै उनीहरुकाे काेराेनाकै कारणले मृत्यु भएकाे भन्न नमिल्ने बताए । निधन भएका भनिएकाहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको उनकाे धारणा छ ।
कर्णालीमा १८ ले कोरोना जितेर घर फर्किए
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पतालले जानकारी दिएकाे । प्रतिष्ठानका चिकित्सकले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टिनमा बस्न भन्दै आइरहेकाे छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद दिँदै तीन हप्ता हाेम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।