तरकारी र फलफूलबाट कोरोना भाइरस सर्दैन- स्वास्थ्य मन्त्रालय
काठमाडौं । तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालय प्रवक्ता विकास देवकोटाले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने हुनाले त्यसलाई नष्ट नगर्न आग्रह गरेका हुन् । तरकारीहरु आयत गर्ने व्यक्तिले मन्त्रालयकाे सुरक्षा निर्देशिका पालना गरेकाे अवस्थामा काेराेना नसर्ने देवकाेटाले बताएका छन् । हालसम्म तरकारी र फलफूलबाट काेराेना सरेकाे कुनै पनि तथ्यांक छैन । तरकारी र फलफूल बाेक्ने व्यक्ति संक्रमित भएकाे अवस्थाम मात्रै भाईरस सर्ने विज्ञहरु बताउँछन् ।
नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु, काे हुन् उनी ?
काठमाडौं । नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनकाे बुधबार मृत्यु भएको र उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूष रहेकाे देवकोटाले बताएका छन् । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। हेमाेरेजिक स्ट्रोक भएकाे कारण उनलाई जेठ १३ गते सिनामंगलको केएमसी अस्पताल ल्याईएकाे थियाे । उनको न्यूरो सर्जरी गरिएको थियो। जेठ १४ गते उनकाे स्वाब संकलन गरेपछि उनमा काेराेना पाेजेटिभ देखिएपछि थप उपचारकाे लागि त्रिवि शिक्षण अस्पताल सारिएकाे थियाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिका सहित १२ जना काेराेना मुक्त
काठमाडौं । बुधबार त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिका सहित १२ जनाले काेराेनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ६ वर्षीय बालिका सहित १२ जनाले काेराेनालाई जितेकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् । देवकाेटाकाे अनुसार त्रिवि शिक्षण अस्पतालबाट कपिलवस्तुकी ६ वर्षिय बालिका, टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहटका ३४ वर्षीय पुरुष, जनकपुर अस्पतालबाट पाँच जना, र बुटबलबाट चार जना डिस्चार्ज भएका हुन्। याेसँगै नेपालमा काेराेना जित्नेकाे संख्या २ सय ७८ पुगेकाे छ ।