कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ भने ३० लाख ५ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ८ हजार ५७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ८० हजार ९ सय ३० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको छ भने अहिलेसम्म ५ हजार ८ सय २९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ९९ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

काेराेना सङ्क्रमणसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना

काठमाडौं । नेपालमा कोभिड–१९) को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को महामारीसँगै बर्खायाम शुरु भएकाले डेङ्गुको महामारीसमेत देखिन थालेको बताउनुभयो । उनका अनुसार विभिन्न ठाउँमा पानी जम्ने र ती ठाउँमा लामखुट्टे बढ्ने भएकाले डेङ्गु रोग देखिन थालेको हो । डेङ्गु रोग वैशाखदेखि मङ्सिरसम्म देखिने गर्दछ । गत वर्ष नेपालमा ६८ जिल्लामा १६ हजारमा डेङ्गु रोग देखिएकामा छ जनाको मृत्यु भएको थियो । महाशाखाकाका अनुसार यो गत पुषदेखि अहिलेसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गु देखिएको छ । त्यसमध्ये सबभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा देखिएको छ । धेरै जनामा यस रोगको लक्षण मध्यम खालको र केहीमा कडा खालको रहेको हुन्छ । डेङ्गु रोगको समयमा उपचार नगरे मृत्यु पनि हुन सक्ने उनले बताए । यो शहर तथा शहरोन्मुख ठाउँमा बढी पाइने गर्दछ । डेङ्गे ज्वरो छोटो समयमा हुने भाइरल रोग हो । यसका लक्षणमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मासपेशी तथा जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा आन्द्रामा गडबढी र दादहरु आउने हुने गर्दछ । केही बिरामीमा शुरुमा शरीरमा विमिरा र दादहरु पनि देखिने गर्दछ । ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने गर्दछ । यो रोगको राम्रोसँग उपचार भयो भने निको हुने महाशाखाका निर्देशक डा पाण्डेले बताए । नेपालमा पहिलोपटक २००४ मा डेङ्गु देखिएको थिया । हरेक वर्ष डेङ्गु रोग प्रकोपका रुपमा देखिँदै आएको छ । दुई–तीन वर्षको अन्तरालमा यो रोगले महामारीको रुप लिएको उहाँले बताउनुभयो । यारन्टिन वा घरमा बस्दा कामको सिलसिलामा बाहिर जाँदा डेङ्गुसहित मलेरिया, पखाला र सर्पदंश रोग बढ्ने उनले बताए । डेङ्गु रोगका बिरामीको चिकित्सकको सल्लाहबिना कुनै औषधि प्रयोग गर्न दिनु हुँदैन । यो रोग लामखुट्टेबाट रोग सर्ने भएकाले राति वा दिउँसो सुत्दा झुलको प्रयोग गर्नुपर्दछ । यो रोग सार्ने लामखुट्टे मानिसको वरिपरि प्राकृतिक वा कृत्रिम पानी जमेको ठाउँमा बस्ने भएकाले त्यसलाई सफा राख्नुपर्दछ । खाल्डाखुल्डी, जमेको पोखरी, कुवा, लोटा, खुल्ला बोतल जस्ता ठाउँमा लामखुट्टे हुने गर्दछ । डेङ्गु ज्वरो लागेको अवस्थामा तुरुन्तै नजीकैको स्वास्थ्य संस्थामा जानु पर्दछ । यो रोग चिकित्सको प्रत्यक्ष निगरानीमा उपचार गरे सञ्चो हुने उनले बताए । यो रोग पनि कोरोना जस्तै एउटा भाइरसबाट हुने रोग हो । यसको कुनै औषधि (भ्याक्सिन) बनाउन सकिएको छैन । इपिडिमियोलोजी महाशाखाले यस रोगबाट बच्नका लागि प्रदेश र स्थानीय तहमा डाइगोनोष्टिक परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

थप दुई सय ८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २ हजार नाघ्याे

काठमाडौं । म‌ंगलबार दुई सय ८८  जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय ८८  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । मंगलबार थपिएका संक्रमितहरु रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरसी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० जना रहेकाे देवकोटाले जानकारी दिए। याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ जसमा २ सय ६६ जना निकाे भईसकेका छन् र ८ जनाकाे जनाकाे मृत्‍यु भईसकेकाे छ । हाल नेपालभर ७५ हजार ३ सय ४३ काे पिसिआर विधिबाट र एक लाख १६ हजार ३ सय ४५ काे आरडिटी विधिबाट परीक्षण भएकाे छ । यस्तै नेपालमा हाल एक लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाईनमा छन् र १८ सय २५ जना आईसाेलेसनमा रहेकाे छन् ।