सुृर्खेतमा थप १२ जनामा काेराेना पुष्टि, कर्णालीमा प्रदेशमा संक्रमितकाे संख्या २३
काठमाडौं । सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुर्खेत जिल्लामा काेराेना संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ जना महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको हाे । त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय २ जना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५५ लाख ८२ हजार ४ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४७ हजार ५ सय ६४ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ६१ हजार ९१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९९ हजार ८ सय ५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ६ हजार २ सय १६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको छ भने अहिलेसम्म ४ हजार १ सय ७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ सय ८२ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ११२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
विज्ञ भन्छन्ः यस्तो लकडाउन एक वर्ष गरेपनि संक्रमण रोकिँदैन
काठमाडौं । लकडाउनको मोडल परिवर्तन नगरे कोरोना भाईरस (कोभिड-१९) संक्रमण नरोकिने जनस्वास्थ्य विज्ञले बताएका छन् । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले लकडाउनको मोडललाई परिवर्तन नगरे एक वर्षसम्म लकडाउन गरेपनि कोरोना भाइरस संक्रमण नरोकिने पाण्डे बताएका हुन् । ‘यो सरकारले गरेको असफल लकडाउन हो । हामी अझै पनि यही पुरानो लकडाउनमा जाने हो भने संक्रमितको संख्या कहाँबाट कहाँ पुग्छ भन्ने आकलन लगाउन सक्दैनौं, संक्रमण बढिरहन्छ,’ डा. पाण्डेले भने । सरकारले जेठ ५ सम्म तोकेको लकडाउन थपेर जेठ २० सम्म पुराएको छ । लकडाउन मोडल परिवर्तन हुन्छ भनेर सरकारले भनिरहेको अवस्थामा यस मोडलमा खासै परिवर्तन आएको छैन । सरकारले टेष्टको दायर केही बढाए पनि जति आवश्यक छ त्यति गर्न नसकेको पाण्डे बताउँछन् । ‘पावरको प्रयोग गरेर मानिसहरुले आवतजावत बढाएपछि सुरक्षित क्षेत्र पनि असुरक्षित भएको छ । यदि यस्तो कार्य तत्काल नरोक्ने हो भने लकडाउन गर्नु अर्थहिन हुनेछ,’ उनले भने । अहिलेको मोडलमा बस्तीमा मानिसहरुले लकडाउनलाई चाड जस्तो ठानेर भिडभाड झनै बढेको, संक्रमित मानिसहरु आफु सक्रमित भएको बारेमा अनविज्ञ भएको, सिमाबाट आउने मान्छे नरोकिएको र उनीहरुको राम्रोसँग परीक्षण नै भएको पाण्डे बताउँछन् । नयाँ मोडल कस्तो हुनुपर्छ ? जनस्वास्थ्य विज्ञ पाण्डेको अनुसार कोरोना संक्रमण रोक्न लकडाउन नै र्गे हो भने सबैभन्दा पहिला परीक्षणको दायर तिव्र गर्नुपर्ने, सिमानामा कडाई गर्नुपर्ने, भारतसँग सिमाना भएका सबै जिल्लामा प्रतिजिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना गर्ने जस्ता नयाँ मोडल अपनाउनु पर्छ । नयाँ मोडलबारे डा. पाण्डेका सुझाव १. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त शौचालय, प्राथमिक उपचारका सामान, एकजना स्वास्थ्यकर्मी, एम्बुलेन्सको व्यवस्था, अस्पतालसँग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, व्यायम, योग, ध्यान, प्रवचन आदिको व्यवस्था हुनुपर्छ । २. सकिन्छ भने देशभर १५ दिन कर्फ्यु वा वैकल्पिक रुपमा कर्फ्युस्तरको लकडाउन हुनुपर्छ । यसो गर्दा संक्रमितमध्ये ८५.५ आफै निको हुन्छ । लक्षण देखिए अस्पताल पुर्याउन सकिन्छ, अनि रोग समुदायमा फैलिन पाउंदैन । ३. मान्छेहरु मर्निंग वाक, इभिनिंग वाक, सपिङ आदि कामले बिहान बेलुका घर बाहिर निस्किरहेका छन् । तसर्थ बिहान बेलुका कर्फ्यु लगाएर दिउँसो १२–३ बजेसम्म पसल जान समय तोकियोस् । यसो गर्दा भीडभाड हुँदैन । ४. डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने । फलफूल तथा तरकारी स्थानीय पसलबाट खरिद बिक्री गर्ने व्यवस्था भएमा भीडभाड हुँदैन । ५. सडकमा ट्राफिक प्रहरी, भित्री बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मीको गस्ती होस् । भिडभाड मुख्य सडकमा हुँदैन, भित्री बस्तीमा हुन्छ । ६. मास्क नलगाएमा, सामाजिक दुरी कायम नगरेमा तथा ३ जनाभन्दा धेरैजना सँगै हिड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको व्यवस्था होस् । ७. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, विभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस् ।