पछिल्लो समय ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ८४

काठमाडौं । पछिल्लो समय नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल भरी ५ सय ८४ जना मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । झापा जिल्लाका स्थित झापा गाउँपालिकाका १ जना, बाँकेका नरैनापुरका २७ जना, बैतडी शिवनाथ गाउँपालिकाका ४ जना, बर्दिया बढैयाताल गाउँपालिकामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका हुन् । शनिवार विहानमात्र ६ जिल्लाका ३२ जना मानिसमा कोरोना पुष्टि भएको थियो ।  नेपालमा हालसम्म ४० जिल्लामा ८८ महिला र ५ सय ३ पुरूषमा काेराेना देखिएकाे छ ।

कपिलवस्तुमा वडाअध्यक्ष र पत्रकारमा देखियो कोरोना

काठमाडौं । शनिवार विहान कपिलवस्तुको वाणगंगा नगरपालिकामा वडाअध्यक्ष र पत्रकारमा कोरोना देखिएको छ । वाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले भने, ‘विहान कोरोना पुष्टि हुनेहरूमा वडाअध्यक्ष र पत्रकारसहित ८ जना रहेका छन्।’ ११ वटा वडा रहेको वाणगंगा नगरपालिकामा कुन वडाको भन्ने कुरा खुलाउन नचाहने भन्दै सबैजनाको अवस्था सामान्य रहेको बताए । कपिलवस्तु जिल्लामा हालसम्म ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । शनिवार विहान वाणगंगा नगरपालिका निवासी १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षिय पुरुषहरु र २७ वर्षिय महिलासहित ६ जिल्लाकाे ३२ जनामा काेराेना पुष्टि भएकाे हाे । नेपालमा ५ सय ४८ जनामा काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरपुर अस्पताल कोभिड १९ प्रयोगशाला भएको परीक्षणमा नयाँ ३२ जनाका कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ जना कोरोना संक्रमित रहेका छन् जसमा कपिलवस्तु वाणगंगा नगरपालिका निवासी १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षिय पुरुषहरु र २७ वर्षिय महिला, सर्लाही गोडैता, कविलासी नगरपालिका निवासी १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षिय पुरुषहरु, बारा करैयामाइ गाउपालिका निवासी ३७ वर्षिय महिला र काठमाडौंका ३५ वर्षिय पुरुषमा कोरोना भाइरस देखिएको हो । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा रुपन्देही जिल्ला स्थित गैरहवार रोहिणी गाउपालिकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्षिय पुरुषमा र भरपुर अस्पताल कोभिड १९ प्रयोगशालामा चितवन (भरतपुर ६) निवासी ५२ वर्षिय पुरुषको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता अधिकारीले जानकारी दिए ।