पुल्चोकको आरोग्य प्रतिष्ठानमा कर्मचारीलाई कोरोना देखिएपछि सिल

काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर जनाएको छ । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार गरिँदै आएको छ । हाल संक्रमित युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

जनकपुरका पत्रकारमा पनि कोरोना देखियो

काठमाडाैं ।  जनकपुरधाममा पनि एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हाे । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए । ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पुष्टि

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको उच्च जोखिममा लिएको छ । रुसमा कोरोनाको विश्वभरिका देशका संक्रमण संख्याका आधारमा दोश्रो ठूलो संख्यामा संक्रमित देखिएका छन् । त्यहाँ हालसम्म २ लाख ३२ हजार २ सय ४३ संक्रमित छन् भने मगंलबार मात्र नयाँ १० हजार ८ सय ९९ संक्रमण पुष्टि भएको छ । हालसम्म रूसमा २ हजार १ सयभन्दा बढीकाे ज्यान गएकाे छ । सबैभन्दा धेरै संक्रमण केसहरु अमेरिकमा पाइएको छ, त्यहाँ १४ लाख भन्दा बढिमा संक्रमित छन् भने  ८३ हजार भन्दा बढीकाे मृत्यु भइसकेकाे छ । रुसी राष्ट्रपतिका प्रवक्ता पेस्कोभ सन् २००८ देखि नै पुटिनका प्रवक्ताका रुपमा कार्यरत छन् । यिनीलाई अहिले अस्पतालमा भर्ना गरिएको भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।