दक्षिण एशियामा कोरोना संक्रमित १ लाख २५ हजारबढी, कुन देशमा कति ?
काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसाे १:४५सम्मकाे तथ्यांक हेर्दा दक्षिण एसियामा काेराेना संक्रमितकाे कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेकाे छ । त्यस्तै ३ हजार ३ सय ७३ जनाकाे मृत्यु भएकाे छ । दक्षिण एसियाका ८ देशमध्य नेपाल र भुटानमा बाहेक सबै देशमा कोरोना भाइरसका मानिसहरुको मृत्यु भएको छ । नेपालीमा कुल कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने भुटानमा सबैभन्दा कम ९ जना कोरोना संक्रमित रहेका छन् । भारतमा कोरोना भाइरसकाे संक्रमण पछिल्लो समय तिव्र रूपमा बढ्दै गएको छ । यहाँ ७० हजार ७सय ६८ जना कोरोना संक्रमित छन् भने २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेकाे छ । पाकिस्तानमा कोरोना संक्रमितको ३२ हजार ८१ पुगेको छ, ७ सय ६ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा १५ हजार ७ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा कोरोना भाइरसबाट १ सय २२ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ६ सय ८७ जना संक्रमित रहेका छन् । माल्दिभ्समा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ९७ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ । श्रीलङ्कामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ८ सय ६३ जना संक्रमित रहेका छन् ।
को हुन आज देखिएका ५७ जना कोरोना संक्रमित ?
काठमाडौं । नेपालमा आज अर्थात एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ सय ३४ जनामा मात्र कोारेना देखिएको हो । तर, अब भने नेपालमा कोरोनाको संक्रमितको संख्या १ सय ९१ जना पुगेको छ । अब भने नेपालमा कोरोनाको भयाभव रुप लिन सक्ने धेरैले अनुमान गरेका छन् । आज देखिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
नेपालमा एकैदिन ५७ जनामा देखियाे कोरोना, संक्रमितकाे संख्या १ सय ९१ पुग्याे
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।