उपत्यकाका ३ कोरोना संक्रमित टेकुमा भर्ना, भक्तपुरमा भेटिएकी महिला सुनसरीबाट आएकी
काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा भर्ना भएका हुन् । भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट आएकी खुलासा भएको छ । त्यस्तै भक्तपुरमा भेटिएका अर्काे संक्रमित २७ वर्षिय पुरुष दुवाकोटको रहेको तर उनीमा कसरी कोरोना भाइरस सर्याे भन्ने विषय स्पष्ट जानकारी आउन सकेको छैन । उनले आफू परिवारसँगै रहेको कतै बाहिर नगएको भनेसँगै परिवारका सबै सदस्यलाई सिल गरिएको हो । त्यस्तै मंगलबार स्वास्थ्यकर्मी तथा पत्रकारमा नि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३३ वर्षकी महिला वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ आएकी हुन् । ती महिला चन्द्रागिरी नगरपालिकाको बस्दै आएकाे खुलेकाे छ । उपत्यकामा मंगलबार तीन जनाका कोरोना देखिएसँगै नेपालभरीमा ८३ जनामा पुष्टि भएको हो । हाल नेपाल २ सय १७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३४ जना उपचार पछि घर फर्किएका छन् ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ९६ हजार ८ सय ८२ जना उपचारपछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसले भयावह स्थिति निम्ताएको छ । त्यहाँ १४ लाख ८ हजार १ सय ५५ जना संक्रमित छन् । ८३ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय दक्षिण एसियामा पनि कोरोना फैलिने क्रम बढेको छ । छिमेकी राष्ट्रमा ७४ हजार २ सय ९२ जना कोरोना संक्रमित रहेका छन् भने २ हजार ४ सय १५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । हालसम्म ३३ जना उपचार पछि निको भएका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
काठमाडौंमा देखिए ३ जना नयाँ काेराेना संक्रमित
काठमाडौं । काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुष र काठमाडौंकाे ३३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे छ । यहीसँगै काठमाडौंमा काेराेना संक्रमितकाे संख्या ४ पुगेकाे छ ।