फेसबुकमा अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलालीका युवक पक्राउ
काठमाडौं । कैलालीमा आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुर बस्ने बर्ष १९ कि लक्ष्मी देउवाको फेसबुक आईडीबाट उनका आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरेको आरोपमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालीका वडा नम्बर ६ जाली स्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेको भन्ने सूचनाको आधारमा घटनाको अनुसन्धानका लागि जिल्लारी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न जिल्ला कन्चनपुर बेलौरी नगरपालीका वडा नम्बर ७ बस्ने वर्ष २३ को सन्तराम चौधरीलाई उक्त अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद तथा निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको बताएको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ३६ हजार १ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ४७ हजार ३ सय ९ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने अहिलेसम्म २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १० जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०
काठमाडौं । उदयपुरकाे थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उदयपुरको भुल्केका थप एकजनामा कोरोना संक्रमण देखिएको हाे । उक्त संक्रमित महिला रहेकाे बताइएकाे छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।