कोरोना बिरामीमुक्त बन्यो सुदूरपश्चिम

काठमाडौं । आजदेखि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त बनेको छ । ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेकी महिला आज डिस्चार्ज भएपछि उनी सुदूरपश्चिम कोरोना बिरामी मुक्त भएको हो । सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले अब सुदूरपश्चिममा कोरोनाका बिरामी नरहेको बताए । ‘आज देखि सुदूरपश्चिममा कोरोना संक्रिमतको संख्या शुन्य पुगेको छ, आइसोलेसनमा पनि कोही छैन, तर अझै पनि कोरोनाको जोखिममा भने रहेको छ,’ उनले भने । हालसम्म सुदूरपश्चिममा ५ जना कोरोनाका बिरामी देखिएका छन् । ती सबै निको भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज भएकी महिलामा लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन् । लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

कोरोनालाई जितेर ३५ दिनपछि घर फर्किइन् धनगढीकी संक्रमित महिला

काठमाडाै‌ ।  धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जानकारी दिएकाे छ । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्। लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

नेपालगञ्जकाे थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । आज थप १ जना कोरोना संक्रमित थपिएका छन् । कोभिड–१९ सम्बधि नियमित बिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १ जना कोरोना देखिएकाे बताए। भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुष काेराेना संक्रमण देखिएकाे  देवकाेटाले  बताए । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो । श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ । एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो । आज भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १ सय २ पुगेकाे छ जसमा २७ जना निकाे भएका छन् ।