कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा तथ्यांक

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३८ लाख १८ हजार ८ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६४ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ९९ हजार २ सय ४४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७४ हजार ७ सय ९८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ६२ हजार ९ सय १८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ भने अहिलेसम्म १ हजार ७ सय ८५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९९ जना संक्रमित भएका छन् भने २२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

बहराइनमा थप ८८ जना नेपालीमा देखियाे कोरोना

काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा थप ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ । ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ । बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ । रासस

आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य

काठमाडौं । आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य भएकाे खुलेकाे छ । वीरगञ्जमा आज भेटिएका १७ काेराेना संक्रमित परिवारका एक सदस्यलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।