चन्द्रागिरि नगरपालिकाले काेराेना नियन्त्रणमा खटिनेहरूकाे ‘कोभिड–१९ बीमा’ गर्दै
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति १० लाख रूपैयाँको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् । उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा, एक लाख रुपैयाँ बराबरको औषधोपचार बीमा, दुई लाख रुपैयाँ बराबरको घातक रोग बीमा र एक लाख रुपैयाँ बराबरको कोभिड–१९ रोग बीमा समावेश गरी बीमा गरिएको उनले जानकारी दिए । गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बीमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए । रासस
नेपालका अधिकांश संक्रमित लक्षणविहीन, कोरोनाको जिन पत्ता लगाउने तयारीमा वैज्ञानिक
काठमाडौं । । नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण दर बढ्दै गएपछि भाइरसको जिन पत्ता लगाउने कार्य अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा भाइरसमा रहेको जिनको सिक्वेन्सिङ (जिन वर्गीकरण) गर्ने कार्य अघि बढेको हो । शरीरमा विभिन्न प्रकृतिका भाइरस हुने भएकाले यसको ‘सिक्वेन्सिङ’ पत्ता लगाउने कार्य अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका पहिलो संक्रमितको मात्रै जिन सिक्वेन्सिङ भएको छ । प्रक्रिया सुरु भएसँगै जिन पत्ता लगाउन संक्रमित या नयाँ संक्रमितबाट व्यक्तिको अनुमतिमा स्वाब संकलन गरिनेछ । नेपालमा हाल काठमाडौं विश्वविद्यालय र नास्टमा जिन छुट्याउने प्रविधि (जेनेटिक ल्याब) छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार विज्ञसहितको छलफल डाकेको थियो । कोभिड–१९ सम्बन्धी प्याथोलोजी सल्लाहकार समिति सदस्यसमेत रहेका नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा जिन सिक्वेन्सिङ गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनले भने, ‘नेपालमा देखिएको कोरोना भाइरसको कुन जिनले गर्दा पोजेटिभ केस देखिएको छ । त्यो जिन पत्ता लगाउने कार्य अघि बढिसकेको छ ।’ नेपालमा कोरोना संक्रमण देखिएका व्यक्तिमध्ये अधिकांश लक्षणविहीन भएकाले जिनको प्रकृतिबारे अध्ययन गरिनेछ । जिनको सिक्वेन्सिङ गरेर भाइरसको जेनेटिक क्यारेक्टराइजेसन ९जिनको विशेषता० र जिनको विविधता पत्ता लगाई जिन म्युटेसन (उत्परिवर्तन) छ या छैन भनेर हेरिनेछ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह। प्राडा। मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए । उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ ।’ जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन् । नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड ९मधुरो० वा एसिम्प्टोम्याटिक ९लक्षणविहीन० संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ । जिनको सिक्वेन्सिङ हुने भन्दै लाखाैं जिन हुने भएकाले नेपालमा संक्रमित देखिएका व्यक्तिमा कुन प्रकृतिको जिन छ भनेर पत्ता लगाउने कार्य सुरु गरिएको हो । कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जान थाले पनि विस्तृत रूपमा भाइरसको ‘जिन’ को विश्लेषण नगरिँदा कुन जिनले संक्रमण देखिएको हो, पत्ता लागेको थिएन । कोरोना भाइरसको जिनको विश्लेषण गरे यसको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । संक्रमितबाट यो भाइरस निकालेर यसको ‘फुल जिनोम’ ९सम्पूर्ण जिन०को विश्लेषण हुनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण नेपालमा हालसम्म झन्डै १४ हजार जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको हो । यस्तै, मंगलबार नेपालगन्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन् । १६ जना निको भइसकेका छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन् । देशभर २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । र त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह प्राडा मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए । उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ।’ जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन्। नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड (मधुरो) वा एसिम्प्टोम्याटिक (लक्षणविहीन) संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ। (राजधानी दैनिकबाट साभार)
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख २४ हजार ३ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५८ हजार १२ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ३९ हजार ९ सय जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७२ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ३७ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ भने अहिलेसम्म १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८२ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)