जसले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मुहार फेरे

चितवन। चार वर्ष अघि यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्किएका थिए । उपकरण बिग्रिएर र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि प्रशासनले प्रत्यक्ष चेकजाँच समेत गरेको थियो । यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्राडा विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ । उनको तीनवर्षे कार्यकालको नियुिक्त विस २०७४ वैशाख २४ गते भएको थियो । उनले भने,“ मैले कार्यभार संहाल अस्पतालमा १ सय ९४ श्यया रहेको थियो । अहिले ४ सय ५० पुगेको छ । आठ वटा अत्याधुनिक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ । यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर रहेका थिए । यस्तै १८ श्ययाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।” वि.सं. २०५७ मा एक सय श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा अतिरिक्त विस्तारित सेवा सुरु गरिएको छ । यसले गर्दा कार्यालय समय बाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन् । यस संगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन् । कार्यकारी निर्देशक डा आचार्यका अनुसार पोखरा विश्वविद्यालयसंग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ । दोस्रो सत्रका विद्यार्थी अहिले अध्ययनरत छन् । अहिले ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अस्पतालमा तीन वटा नयाँ रेडियोथेरापि उपकरण थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याइएको छ । उनले दैनिक ६० जना हाराहारीले सो सेवा पाउने गरेकोमा अहिले २०० जनाले सुबिधा पाएका छन् ।यसका कारण पालोमा बस्नु नपर्ने भएको छ । अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ । अस्पतालका काउण्टर कृषि बिकास बैङक मार्फत् सञ्चालन गरिएका छन् । अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ । अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु सञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन् । उनले भने,“यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो । अव पालो कुनु पर्दैन । अस्पतालको मर्मत सम्भार, रङ्ग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम सम्पन्न गरिएका छन् । ”अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो । अस्पतालले आफ्नै फार्मेसी सेवा शुरुआत गरेको छ । उनका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पु¥याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पु¥याइएको छ । अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ । गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको अस्पताललले जनाएको छ । नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । चिनिया सरकारको सहयोगमा सो अस्पताल बनेको हो । अस्पतालमा हाल चिनिया १५ जना विशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदा हुँदै हालै मात्र अध्यक्ष हुनु भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक विकास र व्यवस्थापनमा आमूल परिवर्तन आएको बताउँछन् । जसका कारण बिरामीले नीजिमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उनको भनाई छ । न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ । क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको जानकारी दिन्छन् । आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको उनी बताउँछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियारले अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि वढेको बताउँछन् । अस्पताल सेवाका बारेमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी बनिसकेको अस्पतालको प्रशासनिक, भौतिकसंगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताउँछन् । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउने संकल्पका साथ स्थापना गरिएको हो । धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि बढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्वसाधारण बताउँछन् । रासस

भारतमा कोरोनाले उग्र रुप लिँदै, संक्रमितको संख्या ४२ हजार नाघ्यो

काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार काेराेना संक्रमित हुनेको संख्या ४२ हजार ५ सय ३३ जना पुगेको छ । काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाे छ। अहिलेसम्म १ हजार ३ सय ७३ जनाको काे मृत्यु भइसकेकाे बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा २ हजार ५ सयभन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष राईको मृत्यु

काठमाडौं । नर्सिङ सेवामा ६० वर्ष बिताएकी नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा विष्णु राईको मृत्यु भएको छ । सोमबार बिहान उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो । एक साताअघि स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएकी वीर अस्पतालले जानकारी दिएको छ ।  राई मिर्गौला रोगी रहेको र उनले नियमित डायलासिस गराउँदै आएकी अस्पताल स्रोतले जनाएको छ । गत मंगलबार घरमा लडेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो। मस्तिष्कमा रक्तश्राव भएकोले उनलाई भेन्टिलेटरमा राखिएको थियो अस्पतालले जानकारी दिएकाे छ । पछिल्लाे समय राई हिमालय नर्सिङ क्याम्पसमा कन्सल्टेन्टको रुपमा कार्यरत थिइन्।