खुसीकाे खवरः ईटालीमा घट्न थाले मृतक र संक्रमित
काठमाडाैं । पछिल्लाे केही दिन यता ईटालीमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या मृत्यु हुनेकाे संख्यामा कमि आएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ । त्यस्तै, २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा शनिवार ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ४८२ जनाले ज्यान गुमाएका छन् । अन्य दिनको तुलनामा इटालीमा संक्रमित र मृतकको संख्या कम हुँदै गईरहेको छ । कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३२ हजार ४५० जनालाई स्ंक्रमण भएको छ । त्यस्तै ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् । अहिलेसम्म विश्वमा ५५ हजार २८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिलेसम्म विश्वभरको अपडेट
काठमाडौं । अहिले विहान ६ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ३० हजार ८ सय ५२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६० हजार ७ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९६ हजार ४ सय ८२ जनालाई चाहिँ निको भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ३८ हजार ७ सय ९२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ भने अहिलेसम्म ५२१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् भने ३ जना लाई निको भइसकेको छ । (तथ्यांक साभार : वल्डोमिटर)
काे हुन् ३१औं कोरोना संक्रमित ?
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयकाे अनुसार विराटनगरको क्वारेन्टाइनमा बसेका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना काेभिड-१९ संक्रमित समुहकै रहेकाे बताईएकाे छ ।