सेती अस्पतालमा उपचाररत् कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ

काठमाडाैं । सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजनाकाे  दाेस्राे रिपाेर्ट नेगेटिभ आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये एकजनाको दोस्रो नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएकाे छ ।   उनी लम्कीचुहा नगरपालिकाका-२१ बर्षीय युवक हुन् । अस्पतालका अनुसार अहिले आइसोलेसनमै राखेर उपचार भइरहेको ती युवकको अर्को पटकको रिपोर्ट पनि नेगेटिभ आए मात्रै डिस्चार्ज गरिने  छ। धनगढी उपमहानगरपालिका- ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ कि ५२ बर्षीया महिलाको कोभिड-१९ परीक्षण रिपोर्ट पुनः पोजिटिभ देखिएको हो।

कोरोना संक्रमणः यस्तो छ अहिलेसम्मको विश्वभरकाे अपडेट

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ५४ हजार २ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ५१ हजार ५ सय ७७ जनालाई चाहिँ निको भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ९ हजार ७ सय ३५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ भने अहिलेसम्म ४८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३० जना संक्रमित भएका छन् भने १ जना लाई निको भइसकेको छ । (तथ्यांक स्राेत: वल्डोमिटर)

नेपालमा कोभिड-१९ काे १४ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिड १९ काे १४ नयाँ संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोभिड १९ काे संक्रमण भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले पुष्टि गरेका हुन् । १३ जना संक्रमित पुरुष र एक महिला रहेकाे उनले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । चितवनमा दुई जनामा भने बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुर्ण परीक्षण गर्दा उनीहरुकाे नतिजा फेरी पनि पाेजेटिभ आएकाे हाे । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । उदयपुरमा १२ जनाकाे थप विवरण आउन बाँकी छ ।