सेञ्चुरी बैंक र गम्स एण्ड गिगल्स डेन्टलबीच सेवा सम्बन्धि सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सेवा सुविधामा दिइने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका हुन् । काठमाडौंको कमलपोखरी स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सो सम्झौता गरेको जानकारी दिएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले गम्स एण्ड गिगल्स डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउने छन् ।
विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न सरकारको आग्रह (सूचनासहित)
काठमाडौं । सरकारले विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न आग्रह गरेको छ । काेराेना भाइरसकाे संक्रमण र सन्त्रास बढ्दै गएको बेला सावधानी अपनाउनका लागि सरकारले यस्ताे आग्रह गरेकाे हाे । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । यसका साथै सरकारले विद्यालयमा सभा, समारोह तथा भेला हुने क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।
बजारका मास्क संकलन गर्दै स्वास्थ्य मन्त्रालय, पहिलो दिनमै २५ हजार जम्मा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट संकलन गरि मास्कको भण्डारण शुरु गरेको छ । औषधी व्यवस्था विभागसँगकाे समन्वयमा मन्त्रालयले मास्क संकलन गरि भण्डारण शुर गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए ।संसारभरमा कोरोना (कोभिड–१९) को संक्रमण बढेसँगै मास्कको अभाव महसुुस भएपछि मन्त्रालयले मास्क भण्डारण सुरु गरेको उनले बताए । नेपालमा मास्क उत्पादन गर्न ३ वटा कम्पनि रहेको छ । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्युन छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाले बताए । नेपालमा सबैभन्दा धेरै मास्क चीनबाट आउने मास्क व्यापारी रमा भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘मास्कको व्यापार नै ठप्प भएको छ । चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयत गर्दछ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ तर त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ नै समस्या नै छ । अझ भारतमा त १६ भारुमा बिक्रि भईरहेको छ अहिले । काेरेाना (कोभिड–१९) काे कारण बजारमा मास्कको अभाव प्रत्यक्ष रुपमा देखिएको छ । पाए पनि निकै कमले १० रुपैंयामा र धेरैले ३५ देखि ५० रुपैंयासम्म लिन गरेका छन् । मास्कको कालोबजारी गरेको पाईएमा कारबाही हुने तर के कारबाही गर्न भन्ने अहिलेसम्म तय नभएको देवकोटाले बताए ।