नर्भिक अस्पतालले कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट दिने
काठमाडौं । नर्भिक अस्पतालकाे कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट दिने भएकाे छ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा कानकाे अवसरमा ५० प्रतिशत छुट दिने भएकाे हाे । यस्तै, अस्पतालले फागुन २० र २१ गते १० बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने पनि जनाएकाे छ । निशुल्क सेवा प्राप्त गर्नका लागि ग्राहकहरुले अग्रिम नाम दर्ता गराउनुपर्ने छ । उक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भुषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने अस्पतालले जानकारी दिएको छ । दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षणसमेत निःशुल्क गरिने अस्पतालले जानकारी दिएको छ । कान सम्बन्धि शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा र शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने र साथै श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५ प्रतिशत छुटसहितको दरमा प्राप्त हुने अस्पतालले जानकारी दिएको छ ।
५० शैय्याको सैनिक अस्पताल सञ्चालनमा
इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । उक्त अस्पतालकाे उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । उनले नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए । प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ । रासस
बच्चामा मौसमी रुघाखोकी बढ्यो, यसरी राख्नुहोस् सुरक्षित
काठमाडौं । जाडो मौसमलाई बिदा गर्ने समय नजिकिँदै गर्दा मानिसहरुमा रुघाखोकी एकदमै बढी देखिन्छ । अस्पतालहरुमा सामान्य रुघा, खोकीका बिरामीहरु ह्वात्तै बढेको छ । तपाई नजिकैकौ अस्पतालमा जानुभयो भने तपाईले यस्तो लक्षण देखिएका मानिसहरु धेरै संख्यामा देख्न सक्नुहुन्छ । तपाईको परिवारको सदस्य वा तपाई नै पनि अहिले यो समस्या गुज्रिरहेको हुनुहुन्छ । नेपालमा फ्लुको ढाँचा हेर्ने हो भने विशेष गरेर फेबु्रअरी र मार्च (माघ, फागुन, चैत) र अगस्ट ( साउन, भदौं) मा सबैभन्दा बढी बिरामी देखिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । फ्लुबाट सबैभन्दा बढि बालबालिका र बुढापाका प्रभावित हुने गर्दछन् । फ्लु एक प्रकारको भाईरल इन्फेक्सन हो, जसले फोक्सोको हावा बग्ने क्षेत्रलाई असर गर्दछ । यसले ज्वारो आउने, शरीर दुख्ने, रुघाखोकी लाग्ने र अन्य धेरै लक्षणहरु देखिन्छन् । केही बालबालिकालाई फ्लुले १ हप्ता जति असर गर्न सक्दछ । तर केही बालबालिका फ्लुको कारण गम्भीर बिरामी हुने गरेको छन् । त्यसैले सामान्य रुघाखोकी भन्दै बालबालिकाहरुलाई चेकजाँच गर्नुपर्दैन भन्दै घरमै राख्नु नहुने विशेषज्ञहरु बताउँछन् । बच्चामा फ्लु लाग्नुको कारण के हो ? एक बच्चादेखि अर्का बच्चामा फ्लुको भाईरस हाच्छिउँ, खोकीको माध्यमबाट सर्न गर्दछ । भाईरसहरु छोटो समय विभिन्न बस्तुहरुको सतहमा बस्न सक्छ । जस्तै खेलौना, ढोकाको चुक्कुल, कलम, किबोर्ड, मोबाईल इत्यादि । यस्तो भाईरस साँझा खाने र पिउने भाँडाबाट पनि सर्दछ । तपाईको बच्चाले कुनै पनि फ्लुको संक्रमण लागेको व्यक्तिले छोएको सामाग्री छोएर आफ्नो मुख, नाक, आँखामा लगेपछि फ्लु सर्दछ । विद्यालयका कक्षाकोठाहरुबाट विशष गरेर बालबालिकामा फ्लु सर्न सक्ने डा. पुन बताउँछन् । यसको लक्षण देखिनु २४ घण्टा अगाडी अरुमा सर्ने सम्भावना बढी हुन्छ । फ्लु लागेको करिब ७ दिनपछि यो सर्ने सम्भावना कम भएर जान्छ । बालबालिकहरु धेरै सतह क्षेत्रमा छुने हुनाले उनीहरुलाई संक्रमण हुने सम्भावना बढि हुन्छ । कस्तो बालबालिकालाई फ्लु संक्रमणको खतरा हुन्छ ? –फ्लू संक्रमित व्यक्ति वरपर बस्ने –फ्लूको खोप नलगाउने –संक्रमित सतहहरु छोएर हात नधुने बच्चालाई फ्लुबाट कसरी बचाउने ? फ्लुबाट बच्नु एक निकै राम्रो उपायमध्ये फ्लुको भ्याक्सीन भएको डा. पुन बताउँछन् । पहिलोपल्ट ६ महिनाको बच्चालाई भ्याक्सीन दिँदा उसलाई एक महिनापछि दोस्रो भ्याक्सीन पनि दिनु पर्दछ । भ्याक्सीन ६ महिना वा सोभन्दा बढी उमेरका बच्चाहरुका लागि प्रयोग गर्न शुक्रराज ट्रपिकलका डा. अनुप बास्तोला बताउँछन् । बास्तोलको अनुसार फ्लू भ्याक्सीन कुनै पनि बच्चालाई दिनुहोस् जससँगः –लामो समयदेखि मुटु वा फोक्सोको बिरामी –मधुमेह रोगी –मिर्गौला वा कलेजोमा खराबी –एचआईभी र एड्स वा दीर्घकालिन स्टेरोइडबाट कमजोर प्रतिरोधात्मक क्षमता यस्तो बच्चालाई फ्लु भ्याक्सिन दिनुपर्छः –परिवारको सदस्य दीर्घकालीन स्वास्थ्य अवस्थाको साथ छ –आमा बुबा वा परिवारको सदस्यमा फ्लुको भ्याक्सिन यसरी जोगाउँनुस् आफ्न बच्चालाई फ्लु संक्रमणबाट जोगाउन फ्लु संक्रमित व्यक्तिहरूसँग तपाईंको बच्चाको सम्पर्क सीमित गर्नुहोस् । बच्चा खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्न लगाउनुहोस् । यस्तै टिस् यु पेपरको प्रयोग गनुहोस् । बच्चाको हेरचाह गरिसकेपछि हात राम्ररी धुनुहोस् ।