ग्राण्डी हस्पिटलकाे नयाँ याेजना, सिद्धार्थ वार्डमा विपन्नलाई ४० बेड निःशुल्क

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालले ४० बेडमा नि:शुल्क सेवा दिने भएको छ । अस्पतालले आफ्नो साताैँ वार्षिकाेत्सवको अवसरमा आर्थिक स्थित कमजोर भएकाहरुको लागि छुटै वार्डमा ४० वटा सब्सिडाइज बेडको सेवा दिने भएको हो । उक्त वार्डलाई सिदार्थ वाड नाम दिईएको छ । सिदार्थ वार्ड नाम दिईएको उक्त वार्डको सेवा आजैबाट सुरु गरिने अस्पतालका निदेर्शक चक्रराज पाण्डेले बताए । सन् २०१० फेब्रुअरी ४ मा कम्पनीको रुपमा दर्ता भएको ग्राण्डी ईन्टरनेसल सन् २०१३ जनवरी ३ देखि संचालनमा आएको हो । वार्षिकत्सवमा बोल्दै मेडिकल डिरेक्टर पाण्डेले अस्पताल यहाँसम्म आईपुग्नको लागि डाक्टर, नर्सदेखि लिएर अस्पतालका प्रशासन, बिरामी हेरचाह ईकाई, वित्तदेखि लिएर कल सेन्टरको सहयोगको कारण आफुहरुले उल्लेखनिय सेवा प्रदान गर्न सक्षम भएको बताए । पछिल्लो ७ वर्षमा ग्राण्डीले ४ हजारभन्दा बढी विदेशी, ८ लाखभन्दा बढी बाहिरी बिरामी, ५० हजार भित्रि बिरामी, ३० हजार वटा अपरेसन, ईमरजेन्सीमा ४१ हजारलाई सेवा, हेली रेस्क्यु मार्फत ३ हजार भन्दा बढीलाई सेवा दिईसकेको पाण्डेले दाबी गरे । वार्षिकत्सवको अवसरमा ग्राण्डीले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । टोखाका मेयर प्रकास अधिकारी, ईन्जिनिएर र अध्यक्ष दिपक कुवँरले सामुहिक रुपमा रक्तदान कार्यक्रम शुरु गरेका थिए । यही अवसरमा ग्राण्डीले दोस्रो ग्राण्डी जर्नलको पनि सार्वजनिक गरेको छ । ग्राण्डी ईन्टरनेसनलले १ वर्ष देखि नेपालमै पहिलोपटक स्पाेर्ट मेडिसिन, स्पाईन सर्जरी, इर्मजेन्सी मेडिसन र हेपाटोप्यानक्रयाटिक गरेर ४ वटा क्षेत्रमा फेलोसिप कार्यक्रम सुरु गरेको अस्पतालका डिप्युटी डिरेक्टर डा. विनोद बिजुक्छेले बताए । अस्पतालमा १ सय ७१ प्रशासन कर्मचारी, १ सय ९१ टेक्निकल स्टाफ, ३ सय २ जना नर्स, १ सय ७० जना भन्दा बढि डाक्टर, १ सय ५३ हाउस किपिङ, ३७ जना सेक्युरिटी स्टाफ र १ सय २० जना स्टाफ रहेका छन् ।

स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन

वासिङ्टन डिसी । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दूध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ । सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ । चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दूध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो । ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए । अध्ययनको नेतृत्व गरेका डा. जोनाथन मागुइरेले दूध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए । रासस

झापामा ४ अर्ब लगानीमा ३ सय शैयाको क्यान्सर अस्पताल, अब धाउनुपर्दैन काठमाडौं-भारत

काठमाडौं । करिब ४ अर्ब लगानीमा झापाका बिर्तामोडमा ३ सय शैयाको क्यान्सर अस्पताल संचालनमा आएको छ । पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै  बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पताल बुधबारदेखि संचालनमा आएको हो । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन् । पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो। अत्याधुनिक उपकरण सहित बी एण्ड सी टिचिङ अस्पताल परिसरभित्रै अस्पताल संचालनमा ल्याईएको हो । सुरुवाती चरणमा अस्पताल १ सय शैया मात्र संचालनमा ल्याईएको र फागुनबाट पूर्ण रुपमा ३ सय शैया संचालन आउने निर्देशक प्रसाईले जानकारी दिए । अस्पतालमा रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार हुने उनले बताएका छन् । आफूहरुले संचालनमा ल्याएको मेसिनमध्ये टुयुबिम मेसिन र पेट सिटिस्क्यान नेपालमै पहिलोपल्ट संचालनमा ल्याईएको उनले दाबी गरे । अस्पताल पूर्ण रुपमा संचालनमा आउँदा १ हजार जनाले प्रत्यक्ष रोजगार पाउने प्रसाईले बताए । अस्पातलको अध्यक्षमा ईन्दिरा गिरी, प्रमुख कार्यकारी अधिकृतमा डा.निराजन प्रसाई र मेडिकल डिरेक्टरमा क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्र यादव रहेका छन् । भारतको मेदान्त अस्पतालमा ४ वर्ष काम गरेर फर्केका डा. विरेन्द्र यादवले अब पुर्वका क्यान्सर बिरामीहरुले भारत तथा काठमाडौंसम्म पनि धाएर दुःख पाउनु नपर्ने बताए ।