हेम बहादुर मल्ल पुरस्कारबाट कुलमान घिसिङ र डा.सन्दुक रुहित सम्मानित

काठमाडौं । हेम बहादुर मल्ल पुरस्कारबाट विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रूइत सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघ संयुक्त रुपमा प्रदान गर्ने यो सम्मान तथा पुरस्कार शुक्रबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा उपराष्ट्रपति वर्षमान पुनले प्रदान गरेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल पुरस्कार २०७३ बाट घिसिङ र २०७४ बाट रूइत सम्मानित भएका हुन् । पुरस्कारको राशि २/२ लाख रुपैयाँ रहेको छ । घिसिङलाई लोडसेडिङमुक्त गरेकोमा र डा. सन्दुकलाई नेत्र ज्याती विशषेज्ञका रूपमा सम्मान गरिएको छ । कुलमान घिसिङको योगदान एउटा ग्रामिण भेगको जिल्ला र सामान्य परिवारमा जन्मेका व्यक्ति हुन् कुलमान घिसिङ । सानैदेखि मेहेनेती र प्रतिभाशाली भनेर चिनिने उनले कक्षा ६ सम्म गाउँकै विद्यालयमा पढे । उनले २०४३ सालमा एलएलसी पास गरे। अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका घिसिङले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएस्सी गरेका हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका गरे । घिसिङले २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सरकारी सेवा प्रारम्भ गरेका गरे । अब शुरु भयो उनको देश र जनतालाई सहयोग र साथ दिने काम । उनले झन्डै २५ वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन् । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए । रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन घिसिङको भूमिका महत्वपूर्ण छ । दुई दशकभन्दा लामो अनुभवपछि उनी वि.स २०७३ साल भदौमा सरकारले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो । उनै घिसिङले नेपालकोे लोडसेडिङलाई २०७५ मै लोडसेडीङमुक्त भएको घोषणा गरेका थिए । त्यस पश्चात घिसिङमात्र होइन उनको सिंगो टिमले देश जनताको जस पाइरहेका छन् । पुरस्कार ग्रहण गर्दै घिसिङले प्राधिकरणका १२ हजार कर्मचारीका कारण देशमा लोडसेडिङमुक्त सम्भव भएको बताए । उनले लोडसेडिङमुक्त गर्नु मात्र कुनै चमत्कार नभएको बताउँदै अझ निर्माणाधीन परियोजनाहरु पूरा गर्नुपर्ने जिम्वेवारी रहेको बताए । हाल आएर प्राधिकरण १० अर्ब लगानी गर्न सक्ने अवस्थामा भएको बताउँदै उनले नागरिकलाई सस्तोमा बिजुली पुर्याउने कार्यमा आफू जुटेको बताए । डा.सन्दुक रुइतको योगदान देशलाई उज्यालो बनाउने भनेर घिसिङ चिनिन्छन् भने व्यक्तिको जीवन उज्यालो बनाउने भनेर डा. सन्दुक रूइत चिनिन्छन् । ज्योती नभएकाहरुलाई ज्योती दिन डा. सन्दुकको भूमिका पनि महत्वपूर्ण छ । ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका हुन डा. सुन्दुक रोइत । उनले आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् । उनले आँखाको उपचारका लागि नयाँ पद्धति जन्माउने सपना देखेका थिए । मोतीया बिन्दुको उपचार गर्ने नयाँ चिकित्सापद्धति रुइतेक्टोमीको सुरुवात गर्ने विज्ञ चिकित्सक हुन् डा. सुन्दुक । नेपालीहरुकामाझ प्रख्यात आँखा अस्पताल तिलगंगा आँखा केन्द्रको स्थापना गर्ने व्यक्ति यिनै सुन्दुक हुन् । उनले सन् १९९२ मा फ्रेड हलोज फाउन्डेसनको साथ र नेपाली समाजसेवीहरुको साथबाट तिलगंगा आँखा केन्द्रको मा स्थापना गरे । देशको दूरदराजका क्षेत्र मात्र नभई भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिका लगायतका देशका बिरामीको आँखाको समेत उपचार उनले गरेका छन् । आँखा उपचार पद्धतिमा ल्याएको उच्चस्तरीय लेन्स परम्परागत लेन्सभन्दा तीस गुणा सस्तो मानिन्छ । मोतिया बिन्दुवाहेक आँखाको बाहिरी झिल्लीको प्रत्यारोपणमा पाएको उनको सफलता स्मरण योग्य छ । पुरस्कार ग्रहण गर्दै डा. सन्दुक रूइतले नेपाल विश्व जस्तो विकसित नभए पनि आफूले सकेसम्म राम्रो गर्ने प्रयास गरेको बताए । आँखाको उपाचारको क्रममा निकै सस्तो र उत्कृष्ट विधि अपनाएकोले उनले विश्व प्रशिद्ध पुरस्कार म्यागासे समेत पाईसकेका छन् ।

मेडिकल काउन्सिलको सञ्चालक समितिमा ५ जना नियुक्त, रजिष्ट्रारमा कृष्णप्रसाद अधिकारी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सञ्चालक समितिले पूर्णता पाएको छ । सरकारले काउन्सिलको रिक्त ६ पद पूर्ति गरेको छ । काउन्सिलको सञ्चाल समिति सदस्यमा ५ जना नियुक्त भएका छन् । त्यस्तै काउन्सिलको रजिष्ट्रारमा डा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । सदस्यहरूमा स्याङजाका किशोर विक्रम मल्ल, काडमाडौंका डा हरिहर वस्ती, भक्तपुरका डा.सध्या चापागाई, मोरङका डा सुप्रभा श्रेष्ठ र काठमाडौंका डा अनिल पोखरेल नियुक्त भएकाे सूचना तथा सञ्चार मन्त्री गाेकुल बास्काेटाले जानकारी दिए । सरकारले यसअघि मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको थियो । मेडिकल काउन्शिल स्वास्थ्य शिक्षा क्षेत्रको नियामक निकाय हो ।

क्षयरोगको औषधी अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं। औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन्। राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको हो । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्ने हुन्छ । क्षयरोगका बिरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि बिरामीका लागि चलाइने बहुऔषधि प्रतिरोधी (एमडिआर) का बिरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो । काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आउनुभएका बिरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गरे। दुई सातादेखि ‘क्यानामाइसिल’ नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउँदै उनले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए। ललितपुरको भैँसीपाटीबाट उपचारमा आएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताए । राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामक औषधि नहुँदा क्षयरोगका बिरामीलाई समस्या परेको छ । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएका केन्द्रका कर्मचारीको गुनासो छ । केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामको औषधि एक बिरामीलाई साताको छ वटाका दरले करीब पाँच महिनासम्म १५० वटा दिइनुपर्छ । औषधि अभावले यो क्षयरोग बिग्रिएमा एसडिआर हुने र बिरामीको उपचार असम्भव हुने तथा बिरामीको ज्यानै जानसक्छ । क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रुपमा बिरामीलाई यो औषधि प्रयोग गरिन्छ । ‘क्यानामाइसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार पिस औषधि मगाए पनि तीन हजार २०० पिस मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिल’ नामक औषधि फेजआउट हुन लागेकाले औषधि नपाएको दाबी गरे । उनले भने, “क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो, यसको सट्टामा केन्द्रले ‘एमिक्यासिन’ नामक औषधि मगाएका छौँ, भारतबाट त्यो औषधि आउँदैछ, अब त्यही औषधि चलाउँछौँ ।” उनले ‘क्यानामाइसिल’ले बिरामीमा राम्रो काम नगरेपछि अर्को औषधि मगाएको दाबी गर्दै अब नयाँ दर्ता हुने बिरामीलाई ‘एमिक्यासिन’ नामक औषधि दिने बताए । औषधि दिने सबै ठाउँमा यही सकुर्लर जारी गरेको बताउँदै उहाँले कुनै पनि बिरामी औषधिबाट वञ्चित नभएको दाबी गरे। तत्काल १६ हजार औषधि चाहिने भए पनि पटकपटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ । सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिल’ औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ । यो औषधि नेपालका औषधि पसलमा नपाइने भएकाले बाहिर किनेरसमेत प्रयोग गर्न नपाएको बिरामीको गुनासो छ ।