सगरमाथा इन्स्योरेन्सका ग्राहकले ग्रिनसिटी अस्पतालमा छुट पाउने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहलाई उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउने छन् । उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

स्थानीयसँगै उठाउन थाल्यो सरकारले १९ हजार प्रतिकेजीमा जडिबुटी, १० करोडको उत्पादन

काठमाडौं । जडिबुटीको उचित मूल्य नपाएर निरास बनेका किसानले अब प्रतिकेजी जडिबुटीको १९ हजार रुपैयाँसमम्म पाउने भएका छन् । जङगलमा आफै उम्रेको होस् वा व्यवसायिक रुपमा नै खेती गरेको होस्, जडिबुटीको महत्व बढ्दै गहिरहेको छ । सरकारले देशका विभिन्न स्थानमा जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रको स्थापना गरी काम गरिरहेको छ । कर्णाली इलाम, जुम्ला, झापा र बारालगाएतका ठाउँमा प्रशोधन केन्द्र खोलेर किसानले उत्पादन गरेको र आफैले उत्पादन गरेको जडिबुटीलाई प्रशोधन गर्ने गरेको छ । नेपालको विभिन्न केन्द्रबाट उत्पादन भएको जुडीबुटी ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको बारा जिल्लाको कोल्हबी नगपालिकाको ३ नम्वरमा रहेको जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रले कृषकलाई जडिबुटीको प्रतिकेजी १९ हजारसम्म दिने गरेको छ । बारामा रहेको कम्पनीको २ करोड ५० लाखको लागतमा सरकारले सञ्चालनमा ल्याएको हो । प्रशोधन केन्द्र २१० हेक्टरमा फैलिएको छ । जडिबुटी प्रशोधन केन्द्रको भवन २ हेक्टर क्षेत्रफलमा बनेको छ । बाराको केन्द्रमा युक्लिट्टा, सिट्रोनेला, क्यामोमाइल, लेभन, ग्रास, मेन्था, फेन्चब्रेसिल जडीबुटी खेती र प्रशोधन गर्ने गरिएको छ । केन्द्र प्रमुख बकतबहादुर राउतले हामीले सात प्रकारका जडिबुटी उत्पादन र प्रशोधन गरिहरहेका छौ । कृषकले उत्पादन गरेको जडिबुटीमा प्रतिकेजी १९ हजार देखि १९ सय केजीसम्ममा खरिद गर्ने गरेको बताए । उनले भने हाम्रो १७ टन जडिबुटी उत्पादन गर्ने लक्ष्य रहेको बताए । अहिले कम्पनीले लक्ष्यको ८५ प्रतिशत जडिबुटी उत्पानदन गरिहरकेको छ । कम्पनीले करिब १५ करोडको बारोवार गरेको जानकारी दिएको छ । औषधि वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् । नेपालमा हजारौं प्रजातीका जडिबुटी छन ती मध्ये केही जडिबुटीको पहिचान भएको छ भने कतिको अझै पहिचान हुन वाँकी छ । करिब ४५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको र बहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको खेती व्यवसायको समेत सम्भावना नेपालमा रहेको छ । आज नेपालमा प्रशस्त जडिबुटी छन् तर उपयोग विहिन देखिन्छन् । नेपालमा पाइने चमत्कारिक जडिबुटी हेर्दा विश्वको आँखा नेपालमा रहेको छ तर, नेपालीको ध्यान पुग्न नसकेको उनले बताए ।नेपालमा भएको जडिबुटी सरकारले पहिचान गर्न सके क्यान्सर देखि एड्स सम्मको औषधि हाम्रो जंगलमा उर्मिरहेको र यस्ता कतिपय जडिबुटीको पहिचान गर्न नसक्दा राष्ट्रले घाटा व्यहोर्नु परेको छ ।

युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?

काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी) र मिनभवनको नेपाल रेडक्रस सोसाइटीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै छन् । जाडोको कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उद्देश्यले यी दुई संस्थाले यस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रम आगामी बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा हुँदै छ । विगतका दिनमा पनि गर्दै आएको र रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ यस कार्यक्रम आयोजना गरिएको वाईआरसी एनसीसीका का. अध्यक्ष  कुशल बस्नेतले बताएका छन् । किन गर्ने त रक्तदान ? मानिसको रगत हरेक ३ महिनामा नष्ट भई खेर जाने गर्दछ । उक्त रगतलाई खेर जान नदिन रगत दान गर्दा फाइदा हुन्छ जसले कोही मानिसको जीवन बचाउनमा धेरै सहयोग गर्ने गर्छ । रगत विना कुनै प्राणी बाँच्न नसक्ने भएकाले उपचारको क्रममा रगत आवश्यक पर्ने बिरामीको ज्यान बचाउन, हालसम्म रगतको कुनै विकल्प नभएको र निरोगी भई जीवन यात्रा बाँच्न सहयोग पुग्ने भएकाले रक्तदान गर्न आवश्यक रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । “रगत कसलाई कतिखेर कति आवश्यक पर्नसक्छ थाहा हुँदैन । त्यसैले, आफु र आफन्तलाई आवश्यक पर्दा मात्र नभई अरुलाई आवश्यक पर्दा पनि रक्तदान गर्ने बानी बसाल्नु पर्छ । रगत दान गरी जीवनदान गरौं ।” बस्नेतले भने – “ब्लड ब्यांकमा रगतको अभाव भएपछि एनसीसीमा पाइन्छ भन्ने मानिसको मनस्थितिमा पर्दै आएको छ । जसले गर्दा यस्ता कार्यक्रम गर्नलाई थप हौसला बढ्दै गएको छ। र विगतका दिन जस्तै याे कार्यक्रम पनि सफलताकासाथ सम्पन्न हुनेमा म विश्वस्थ छु ।” के हुन्छ फाइदा ? रक्तदान गर्दा अरुलाई मात्र होइन आफूलाई पनि फाइदै फाइदा हुन्छ । जसले उच्च रक्तचाप, अनावश्यक मोटोपना, कोलेष्ट्रोल(खराब बोसो)लाई नियन्त्रण गर्नुका साथै हृदयघात जस्तो डरलाग्दो रोग हुनबाट बचाउँछ । त्यस्तै, शरीरमा आइरनको मात्रा सन्तुलित गरी कलेजो नियन्त्रणबाट जोगाउँछ । यति मात्र नभएर रक्तदान गर्दा नयाँ रिक्त सेलहरु पनि निर्माण हुन्छ । यसको मतलब सबैले गर्दा सबैलाई फाइदा हुन्छ भन्ने चाँहि होइन । १८ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिकाले रक्तदान गर्नुहुँदैन । त्यस्तै, ५० केजीभन्दा कम तौल भएका तथा गर्भवती महिलाहरुले रगत दान गर्नुहुँदैन । त्यसैगरी, मधुमेह, उच्च तथा न्युन रक्तचाप र उच्च कोलेष्ट्रोल हुनेहरु तथा दिर्घरोग सम्बन्धी ओषधि सेवन गरेकाहरुले रक्तदान गर्न नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । दान गरेको रगत आफ्नो शरीरमा कसरी आपूर्ति हुन्छ ? रक्तदान गर्दा हाम्रो शरीरमा रगत थोरै कम हुन्छ । थोरै कम भएको रगत साधारण प्रक्रियाले स्वतः आपूर्ति हुन्छ । त्यसैले, विशेष ध्यान दिइरहनु र विशेष खाना खान पनि आवश्यक पर्दैन । “म सेवा गर्छु” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमको प्राविधिक सहयोगमा काठमाडौंको रक्त संचार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी रहेको छ । नेपाल रेडक्रस सोसाइटीको अभिन्न अंगको रुपमा रहेको वाईआरसी एनसीसीले विगतमा धेरै पटक विभिन्न विधा प्राप्त गरिसकेको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाको बार्षिकोत्सवको अवसरमा उक्त विधा प्राप्त गर्ने गरेको छ । रक्तसञ्चार सेवाले हरेक वर्ष सबैभन्दा बढी यस्ता कार्यक्रम आयोजना गर्ने तथा त्यस्ता कार्यक्रममा १०० जनाभन्दा बढीले रक्तदान गरेमा साेही अनुसारको विधा आयोजित संस्थालाई दिने गरेकाे छ । विगतका केही झलकहरु: