चितवनमा ५७ जना एचआइभी संङ्क्रमित थपिए

चितवन । सन् २०१९ को १० महिनामा चितवन जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन् । उनीहरुमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला रहेका छन् । यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन् । पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ । यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन् । रासस

एनसीसी बैंकका ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।उक्त बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहररूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहररूले उक्त छुट बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

एनसीसीमा रक्तदान गर्नेको भीड, ५ घण्टामै १२१ जनाले गरे रक्तदान

काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी)ले आयोजना गरेको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ५ घण्टामै १०० भन्दा बढीले रक्तदान गरेका हुन् । वाईआरसी एनसीसीले बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरेको थियो । विगतका दिनमा पनि यस्ता कार्यक्रम  गर्दै आएको र यसलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम सम्पूर्ण स्वयंसेवकहरुको सहकार्यमा सफलताका साथ सम्पन्न भएको वाईआरसी एनसीसीका का.अध्यक्ष कुशल बस्नेतले जनाएका छन् । तर समयको अभावले गर्दा रक्तदान गर्न इच्छुक ५० जना रक्तदाताहरुलाई यसै फर्काउन बाध्य भएको बस्नेतले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार निर्देशक डा. मनिता राजनाकार, नेपाल रेडक्रस सोसाइटी कोटेश्वर मिनभवन उपशाखाकी सभापति चन्द्रकला कार्की, नेपाल कमर्श क्याम्पस(एनसीसी)का प्रमुख प्राध्यापक डा.जीवन कुमार भट्टराई एवं सहायक क्याम्पस प्रमुख तथा विभिन्न सङ्कायका प्राध्यापकहरुको उपस्थिति थियो । त्यस्तै, क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै वाईआरसी-एनसीसीका का.अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।   युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?