राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा

घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै बिहीबार सामूहिक राजीनामा दिएका हुन् । प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा फिजिसिएन डा जीतनारायण यादव, डा दिनेश उप्रेती, अर्थोपेडिक डा ओम अर्याल, डा अनिलप्रसाद यादव, डा सागर पन्थी, रेडियोग्राफी डा रामेश्वर देवकोटा, डा विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा सुरेन्द्र कवर, डा राजन शाक्य, पेडियाट्रिकस डा कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा वसन्त लामिछाने, सर्जन डा ईश्वरी भुसाल, याम।डि।जि।पी डा अमित लाम्गाडे, डर्माटोलिजिष्ट डा जेम महर्जन र कमिनिटी मेडिसियन डा वर्षा मानन्धर रहेका छन् । यस्तै मेडिकल अधिकृतहरु डा अभ्यास पोखरेल, डा कृष्ण रिजाल, डा गौरव आचार्य, डा अनिल खाम, डा धना केसी, डा प्रितम डिसी, डा राजेन्द्र फुलारा, डा आयुष पौडेल उपाध्याय, डा सुर्वण बुढा र डा मनोज यादव रहेका छन् । डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै आज बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । विहीबार बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

ग्राण्डी अस्पतालमा तिजको अवसरमा भिटामिन-डि परीक्षणमा ५० प्रतिशत छुट

काठमाडौं। तिजको अवसर पारेर ग्राण्डी अस्पतालले भिटामिन-डी टेस्टमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ। अस्पतालले भाद्र अन्तिम सम्म छुटको व्यवस्था गरेको हो। अस्पतालले परीक्षण शुल्क ३५ सय तोकेको छ। यस अघि यसको शुल्क सात हजार रहेको थियो। परीक्षण भित्र महिला रोगको परामर्श, मधुमेह जाँच, रगत परीक्षण, लिपिड प्रोफाइल अर्थात कोलेस्ट्रोल जाँच, महिलाको पाठेघरको जाँच, अल्ट्रासाउन्ड, थाईरोड परीक्षण गरिनेछ। रमाइलोसँगै अस्पतालले महिलालाई स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी रहन सचेत गराउँदै छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ। भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा पाउँदैनन्। त्यसैले चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्दछन्।

डाक्टरी पेशामा जागेश्वरका २७ वर्ष: ‘रु. ३१०० पहिलो तलब, २७ हजारको मेजर सर्जरी’

काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९ गते जन्मिएका गौतम ६ बर्षको उमेर देखी विद्यालय जान थालेका थिए । घरको जेठो छोरा जागेश्वरले कक्षा ३ सम्म घर नजिकैको विद्यालयमा पढे । उनले कक्षा ४ देखी १० सम्म चाँही पशुपती उच्च माध्यमिक विद्यालयमा पढे । उक्त विद्यालय उनको घरभन्दा १ घण्टा टाढा थियो । गौतम सानैदेखि निकै नै मिहिनेती थिए । उनको बुवा भारतमा काम गर्थे, त्यसैले उनको बाल्यकालको अधिकांश समय आमासँग बिताए । उनी आमालाई घरको काममा खुब सघाउँथे । बिहान स्कुल जानुभन्दा पहिला र साँझ घर आएपछि उनी घरको काममा आमालाई काममा सघाउँथे । अन्य बालबालिका बाहिर घाँसदाउरा गर्न जान्थे, तर उनी भने घरमै बसेर खाना बनाउने र सरसफाई गर्ने काम गर्थे । एसएलसी पास गरेपछी उनले पर्वतमै २ बर्ष विद्यालयमा पढाए । त्यसपछी उनी १८ बर्षको उमेरमा काठमाडौँमा पढ्न आए । उनका एकजना दाई काठमाडौंमा बस्थे । काठमाडौँमा उनी अनिरुद्र शर्मा दाईसँग बसेर पढेका हुन् । अंग्रेजी नजान्दाको त्यो दुःख काठमाडौं आएर पढाई अघि बढाउँदै उनलाई शुरुमा धेरै नै सकस पर्यो । सरकारी विद्यालयमा पढेका जागेश्वरलाई अंग्रेजी नजान्दा अध्ययनलाई अघि बढाउन हम्मेहम्मे परेको थियो । पर्वतबाट पढेर आएका उनलाई आइएमा काठमाडौंको निजी विद्यालयका विद्यार्थी, दार्जेलिङ, देहरादुनबाट पढेर आएका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न निकै नै गार्हो भयो। कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । कुनैबेला उनलाई अब म पढ्न सक्दिन भन्ने पनि नलागेको होइन, तर पहिलो बर्षको परीक्षाको नतिजा उनको निकै राम्रो आयो । उनले सोचेको भन्दा धेरै राम्रो गरे । यसले उनलाई हौसला मिल्यो, आत्माबिश्वास पनि बढ्यो र केही गर्न सकिन्छ भन्ने भाव आयो र क्रमशः राम्रो गर्दै गए। एमबीबीएस सपना गौतम १५-१६ बर्षको हुने ताका उनकी आमा बिरामी भइरहन्थिन । आमालाई मुटुको समस्या थियो । उनी आमालाई अस्पताल लिएर जान्थे र अस्पताल जाँदा डाक्टर, नर्सहरुको रुखो बोली सुन्दा उनलाई नरमाइलो लाग्थ्यो । यस्तो व्यवहार उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनले त्यही समय आफु चाँही डाक्टर भएर बिरामीहरुलै राम्रो व्यवहार गर्छु भन्ने सोचे । उनी आफुलाई बिरामीको ठाउँमा राखेर कुरा गर्छु भन्ने सोच्थे । गौतम बिरामीलाई सम्मानसाथ र मायाले जाँच्नु पर्छ भन्ने सोच राख्छन् । दुईजनाबीच राम्रो सम्बन्ध भएमात्र उपचार पनि राम्रो हुने उनी बताउँछन् । उनी जहिले पनि मानिसहरुसँग कसरी नजिक रहेर सेवा दिउँ भन्ने सोच्थे । उनले यस बिषयमा धेरै सोचे र अन्त्यमा एमबीबीएस पढ्ने निधो गरे। कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । डाक्टर बन्न पाइयो भने मानिसहरुको अलिक बढी सेवा गर्न सकिँदो रहेछ भन्ने सोच आयो । उनी एरोनेटिकल ईन्जिनियरिङ्ग पनि पढ्ने तयारिमा थिए । तर, अन्त्यमा ईन्जिनियरिङ्गहरु भन्दा पनि डाक्टरी सेवाबाट बढी मानिसहरुको पहुँचमा पुग्न सकिने सोचले उनले एमबिबिएस पढ्ने प्लान गरे। श्रीमतीको सहयोग महाराजगञ्ज टिचिङ अस्पतालमा ३ बर्ष हेल्थ एसिस्टेन्ट पढेपछी गौतमले २ बर्ष टिचिङ अस्पतालमै काम गरे । त्यसपछी उनले २४ बर्षमा एमबिबिएसको प्रवेश परीक्षा दिए जसमा उनले पूर्ण छात्रवृतिमा नाम निकाले । छात्रवृतिमा एमबीबिएस पढेका गौतमलाई कलेज शुल्कको त चिन्ता थिएन, तर उनलाई ५ बर्ष अध्ययनको क्रममा बस्ने, खाने, किताब किन्ने र पकेट खर्च व्यवस्थापन गर्न निकै गाह्रो थियो । तर, श्रीमतीको सहयोगले उनलाई धेरै सजिलो गराईदियो । एमबिबिएस पढ्दा पढ्दै काम गर्नु सम्भव थिएन । यो समयमा उनकी श्रीमतीले काम गरेर उनलाई अध्ययनमा सहयोग गरेकी थिईन् । उनी भन्छन्– ‘म श्रीमतीको सहयोग नभएको भए डाक्टर हुँदैन थे ।’ एमबिबिएस सकेपछी गौतमले ४ महिना कान्तीबाल अस्पतालमा काम गरे र त्यस लगत्तै एमडी पढनको लागि भर्ना भए । एसएलसी पछि २ बर्ष र एमबिबिएस अगाडि २ बर्ष खेर गएको समयलाई विचार गर्दै उनले एमबीबिएस सिद्धिने बित्तिकै एमडी परीक्षाको लागि तयारी गरेर पहिलो स्थानमा नाम निकाल्दै पढाई शुरु गरिहाले । प्रसुती गृह र एमडी एमडीको लागि अमेरिका गएर पढ्ने तरखरमा थिए, तर नेपालमा महिलाहरु उपचार नपाएर अकालमा मरिरहेको खबरहरु धेरै आए । त्यसकारण उनले विदेश जाने मोह त्यागेर नेपालमै पढेर नेपालमै सेवा गर्नुपर्छ भन्ने सोच राखेर नेपालमै बस्ने निधो गरे । त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो । त्यस समयमा एमडी गर्न ५-६ वटा विकल्पहरु थिए, जसमा गौतमले स्त्री रोगलाई चुने । तीन बर्षको एमडी पढाईमा उनको ३ महिना टिचिङ अस्पतालमा पोस्टिङ् भएको थियो भने बाँकी २ बर्ष ९ महिना परोपकार प्रसुती गृहमै पोस्टिङ् भएको थियो। उनले त्यहीँ बसेर आफ्नो एमडी पूरा गरेका हुन् । उनले उत्कृष्ठ नतिजा ल्याए र एमडी उत्तीर्ण गर्दा स्वर्ण पदक सहित सम्मानित भए । उनले एमडी गर्दै गर्दै लोकसेवाको जाँच दिए र नाम पनि निकाले । पढाई अन्त्य भएसँगै उनले काठमाडौं बाहिर पोस्टिङ् मागे । एमडी सकिएपछी मात्र उनलाई डाक्टर भएको जस्तो लाग्यो । त्यससमयको उनको तलब ३ हजार १ सय थियो । उनले आफ्नो पहिलो तलब श्रीमतीलाई लगेर दिए किनभने उनी त्यो स्थानमा पुग्न सबैभन्दा ठूलो हात उनकै श्रीमतिको थियो । उनी दुईवटा कोठा भएको फ्ल्याट लिएर बस्थे, त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो । काठमाडौं बाहिरको पोस्टिङको क्रममा गौतमले सबैभन्दा लामो समय चितवनमा बिताए । चितवनमा उनले १५ बर्ष बिताए । त्यस्तै उनले राजविराज, भद्रपुर, सुर्खेत र अन्त्यमा गोरखामा १ बर्ष बिताएर काठमाडौं फर्के । उनी ११ औं तहमा पुगे र मन्त्रालय फिर्ता आए । स्वास्थ्य मन्त्रालयमा बसेर उनले १ बर्ष बिताए, त्यसलगत्तै प्र्सुती गृहमा आए र ५ बर्ष देखी प्रसुती गृह मै छन् । डाक्टर भएपछि सबैभन्दा गर्व लागेको क्षण एमडी गर्ने क्रममा गौतम प्रसुती गृहमै इन्टर्नशिप गरिरहेका थिए । त्यससमयमा एकजना एचआईभी संक्रमित महिला अस्पतालमा डेलिभरीको लागि आएकी थिइन् । बिरामी अस्पतालको क्याबिन नम्बर ८ मा भर्ना भएकी थिईन् । त्यससमयमा एचआईभी लागेको महिलालाई कसैले पनि उपचार गर्न मान्दैनथे । तर डा. जागेश्वर गएर उक्त एचआईभी पोजिटिभ महिलाको डेलिभरी गराए । उनले डबल पन्जा लगाएर उक्त महिलाको डेलिभरी गरे । त्यो क्षण सम्झँदा उनलाई धेरै खुशी लाग्छ । यस्तै एकपटक उनी चितवनमा काम गर्ने क्रममा एउटा महिला अस्पतालमा जचाँउन आईन् । उनले डाक्टरलाई आफ्नो रगत बगिरहने बताईन्, तर उनलाई जाँच्दा उनको रगत बगिरहने कारण देखिएन । गौतम छक्क परे । त्यसको १५ दिन पछी उक्त महिला आफ्नो श्रीमान्सँग फेरी आईन् । बल्ल श्रीमानले रहस्य खोले । महिला दुईवटा बच्चाकी आमा रहिछिन् र उनले परिवार नियोजन गरिसकेकी रहिछिन् । पहिलो श्रीमान्ले उनलाई घरबाट निकालिदिएका रहेछन् । उनले अर्को केटासँग विवाह गरिन्, तर अब बच्चा कसरी पाउने भन्ने कुराले दुविधामा पारेको रहेछ। डा. गौतमको त्यो पहिलो परिवार नियोजन उल्टाउने अप्रेसन थियो र उनी सफल पनि भए । यसअघि उनले डा. भोली रिजाललाई २०० भन्दा बढी यस्ता अप्रेसनमा साथ दिएका थिए र त्यही क्रममा उनले उक्त विधि जानेका थिए । त्यसको एक बर्षमा उक्त महिलाले छोरा जन्माईन् र अर्को २ बर्ष पछी अर्को छोरी पनि पाईन् । त्यसरी घरबाट निकालेको महिलालाई नयाँ जिन्दगीमा साथ दिन पाउँदा आफुलाई निकै नै खुशी महसुस भएको उनी बताउँछन् । २७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसपछी उनले परिवार नियोजन उल्टाउने विधिको मार्फत ५०० जनाको अप्रेसन गरेर बच्चा पाउन सक्ने बर्ना । यसमा उनलाई निकै नै गर्व लाग्ने गरेको बताउँछन् । सबैभन्दा दुःख लाग्दो क्षण चितवनमै हुँदाको समयमा गौतमले १४–१५ बर्षको हुँदा देखी नै एक बालिकाको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । पछि उनको बिहे भयो र उनले छोरी पाईन् । त्यसबेला पनि उनले नै उनको नर्मल डेलिभरी गरिदिएका थिए । दोस्रो पटक पनि उनको गर्भ रहेको अवस्थामा उनी गौतमको मै जाँच्न आइन् । ४० हप्ता पुगिसकेको थियो । उनले बेथा लगाए । वार्डमा ८ वटा बेड थिए । उनी ६ नम्बरको बेडमा थिईन् । बिस्तारै सबैलाई हेर्दै गए । उनको पाठेघरको मुख ६ सेन्टिमिटर खुलेको रहेछ । केही समयमा उनको डेलिभरी हुने कुरा सुनाए। बिरामी जाँच्दै ८ औं बेडमा पुगे तर ती महिला बेहोस् भईन् । उनको पाठेघरमा भएको पानी रगतको नशामा गएर फोक्सोमा गएछ । कयौं प्रयास गरे, तर ती महिलालाई बचाउ सकेनन् । उनका परिवारसँग गौतमको राम्रो चिनजान थियो । उनका परिवारले अरुले आएर निहुँ खोजे, हामी हाम्रो छोरीको लास लैजान्छौं, हाम्रो छोरी त मरेर गई, तर तपाईँलाई पनि समस्या हुन्छ भन्दै उनीहरुले छोरीको लासलाई लगेर गए । यस घटनाले उनलाई अझै पिरोल्छ । २७ हजारको मेजर सर्जरी २७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसमध्ये करीब ६०० जनाको ल्याप्रोसकोपीको मार्फत गरे । पाठेघर खस्ने समस्याको २५ सय भन्दा बढीको अप्रेसन गरे । उनी लेप्रोस्कोपीको माध्यमबाट नेपालमा सबैभन्दा बढी उपचार गर्ने डाक्टर मध्ये एक हुन् । अवकाश पछी…… गौतमको परोपकारमा अवकाश हुन अझै ३ बर्ष बाँकी छ। अवकाश पछि पनि डाक्टरी पेशालाई निरन्तरता दिएर अन्य कुनै अस्पतालमा काम गर्ने सोच छ । आफ्नो पेशालाई निरन्तरता दिदैँ उनलाई आफ्नो जीवनकथा लेख्ने योजना छ ।