प्रहरी प्रशासनले ज्यादती र दमन गरेको भन्दै नर्सहरुको कडा निन्दा

काठमाडौं। सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो (शुक्रबार) साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् । अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए । यद्धपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भएपनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको पनि उनीहरुको भनाई छ । त्यस्तै, कोहीपनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको उनीहरुको स्पष्टोक्ति थियो । तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको पनि उनीहरुको दाबी छ । पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले सुनाए । आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीचको सम्बन्ध राम्रो होस भनेर नै आफूहरु आन्दोलित भएको स्पष्ट पारिन् । उनले भनिन्,‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परीवर्तन गर्ने गरिएको छ ।’ आफूहरु बैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको पनि उनले स्पष्ट पारिन् । उनले विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउनको लागि पनि आफूहरुल्े माग गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’ नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाईन् । उनले भनिन्,‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो । तर, निर्देशकले कर्मचारीहरुलाई त्यो अवसर प्रदान गर्नुभएन् ।’ अस्पताल प्रशासनले प्राविधिकतर्फमात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागमा नखुलाएकोमा पनि आफूहरुको आपत्ति रहेको खर्बुजाको भनाई छ । कार्यक्रममा नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सहरुप्रति विभेद र शोषण भएको सुनाईन् । उनले भनिन्,‘हामी बाध्य भएर पत्रकारहरुको माध्यमबाट हाम्रा भावनाहरु उठाउँदैछौं । हिजो नर्सहरुमाथि भएको प्रहरी ज्यातदी र दमनको म घोर विरोध गर्दछु ।’ अहिले दक्ष नर्सहरुलाई छोडेर सिकारु नर्सहरुलाई काम गर्न लगाईएको भन्दै यसो गर्दा विरामीको ज्यानै जानसक्ने पनिउनले खतरातर्फ अस्पताल प्रशासनलाई सचेत गराईन् । उनीहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यस्ता शासकविरुद्ध जुनसुकै बेला प्रतिकारलागि तयार रहेको सूचनासहित । दोषीमाथि कानूनबमोजिम सजाय दिनु सम्बन्धित सरोकारवाल तथा विभागीय मन्त्रालयको ध्यानाकार्षण गराउँदछौं ।’ पत्रकार सम्मेलनमा पीडित नर्सहरुले आ–आफ्ना गुनासो र पीडाहरु सुनाएका थिए । उक्त अस्पतालमा कार्यरत र अस्प्तालले दुई वर्ष अघि निस्काशन गरी पूनःवहाली गरिएकी नर्स सजना देउलाले नेपाल नर्सिङ संघ अहिले कमजोर भएको गुनासो पोखिन् । उनले भनिन्,‘हाम्रो अभिभावक संस्था नै कमजोर हुँदा देशभरिका नर्सहरु अन्याय र शोषणमा परेका छन् ।’ अन्यायमा परेका नर्सहरुलाई न्याय दिलाउन नसक्ने हो भने संघकी अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने समेत उनको भनाई छ । उनले आफूले दुई वर्ष अघि यही रिपोर्टर्स क्लब नेपालमा आएर बोल्दा न्याय पाएको सुनाउँदै आफूहरुलाई देशैभरिका नर्सहरुले साथ दिने विश्वास दिलाईन् । उक्त अस्प्तालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमाथि शोषण भैरहेको पनि उनले आरोप लगाईन् । उनले भनिन्,‘नर्सिङ संघको अध्यक्ष तारा पोखरेललाई पटक पटक झक्झकाउँदा पनि उहाँले हाम्रा मागहरु बेवास्ता गर्नुभयो । यदि उहाँले माग पूरा गराउन सक्नुहुन्न भने तत्काल राजीनामा दिए हुन्छ । म संघको नेतृत्व लिन्छु।’ त्यस्तै अर्की नर्स प्रविणा कार्कीले आफूहरुले विगत लामो समयदेखि जायज माग राखेर अस्पतालको ध्यानाकार्षण गराउँदापनि उल्टै दमन हुने गरेको सुनाईन् । उनले भनिन्,‘अन्यायमा परेका नर्सलगायतका कर्मचारीहरुको पक्षमा बोल्नेलाई नै अस्पताल प्रशासनले निश्काषन गर्ने गरेको छ । अहिलेसम्म १२ जना नर्सहरु निश्काषनमा परेका छन् ।’ उक्त अस्पतालमा सोर्सफोर्स लगाउने र पहँुच भएकाहरुले तत्काल उपचार पाउने गरेको तर गरिब जनताहरुले समयमै उपचार पाउन मुश्किल रहेको पनि उनले सुनाईन् । उनले भनिन्,‘हाम्रा केही साथीहरुलाई ईन्चार्ज बनाईदिने प्रलोभन देखाएर आन्दोलन तुहाउने प्रयाससमेत भयो ।’ जायज माग राखी आन्दोलनमा उत्रिएकै बेला स्वास्थ्य मन्त्रालय परिसरभित्रैबाट आफूहरुलाई प्रहरीले पक्राउ गरेको र अत्यन्तै अमानवीय व्यवहार देखाएको पनि उनको गुनासो छ ।

लेजर थेरापीले उठ्न नसक्ने मानिसलाई ७-८ दिनमा उठेर हिंड्ने बनाउँछ : डा. सुशिला वैद्य शाक्य

लेजर थेरापी विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा। डा. वैद्यको राजधानी स्थित जावलाखेलमा लेजर थेरापी क्लिनिक नामक आफ्नै क्लिनिकमा रहेको छ। सुशीला शाक्य बैद्यले आज भन्दा १८ बर्ष देखी नेपालमा लेजर थेरापी भित्राउनुभएको हो। ३० हजार भन्दा बढी मानिसको उहाँले लेजर थेरापी मार्फत उपचार गरिसक्नुभएको छ। नेपालमा लेजर थेरापी भित्राउने उहाँ पहिलो व्यक्ती हुनुहुन्छ। लेजर भनेको एक प्रकारको विकिरण हो जसको मद्दतले गरिने उपचारलाई नै ‘लेजर थेरापी’ भनिन्छ। बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर थेरापी उपचार पद्धतिको प्रयोग गरिन्छ। प्रस्तुत छ डा. सुशिलासँग  बिकाशन्युजको लागि डोमी शेर्पा ले ‘लेजर थेरापी’ उपचार प्रविधीको बारेमा गरिएको अन्तर्वाता :  के हो लेजर थेरापी ? यसको सुरुवात कसरी कहाँबाट भएको हो ? विभिन्न किसिमका रोगहरु जस्तै भित्री–बाहिरी अंगको घाउ, दाग, नचल्ने अंगहरु, जोर्नीको दुखाई जस्ता शरीरका विभिन्न किसिमका रोगलाई बाहिर विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी भनिन्छ। यसको सिद्धान्त धेरै बर्ष पहिले अल्बर्ट आईन्स्टाईनले शुरु गर्नुभएको हो। यसलाई रिसर्च गरेर उपचारको रुपमा प्रयोग गर्न सकिन्छ भनेर विभिन्न वैज्ञानिकहरुले पत्ता लगाएपछी यसको सुरुवात ४० बर्ष अगाडि अमेरिका र रुसमा भएको हो । विकसित मुलुकहरुमा मात्र यो सेवा उपलब्ध छ । यसको शिक्षा हाँसिल गर्ने ठाउँ भने अहिलेसम्म रुस(मस्को) र क्यानडामा मात्र रहेको छ। यसबाट कुनकुन रोगको उपचार हुन्छ ? कुन रोगमा बढी प्रभावकारी हुन्छ ? निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ । लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउनु हो। यसले ४.६ सेन्टिमिटर भित्र गएर कोषिकाहरुलाई छालाको बाहिरीबाट विकिरण दिएर निको गर्दछ। नेपालमा यसको सुरुवात कहिले भएको हो ? मानिसहरुले कसरी यसको बारेमा थाहा पाए ? यसको सुरुवात नेपालमा १८ बर्ष अगाडि २००१ सालमा पहिलो पटक भएको हो । मस्कोमा २००१ सालमा शिक्षा हासिल गरेर फर्केपछी सानो एउटा मेसिनको सहायताले मैले यसको सेवा शुरु गरेको हुँं । सुरुवातको २-३ बर्ष मानिसहरुलाई यसको बारेमा जानकारी नभएका कारण एकदमै गाह्रो भयो । यसमा मैले प्रचारको अभाव देखेँ, जसकारण आफैँ लेखहरु लेख्न थालेँ, यसैक्रममा लेजर थेरापीले एकजना खुट्टा काट्नु पर्ने व्यक्तीले खुट्टा काट्नु नपरेको लेख पत्रपत्रिका छापिएपछि मानिसहरुले बिस्तारै यसको बारेमा थाहा पाएका हुन् । बिस्तारै मानिसहरुले आफु निको भएपछी अरुलाई बताउँदै गए र जनमानसमा यसले बिस्तारै आफ्नो स्थान बनाउँदै गए र मानिसहरुमा प्रभाव पर्दै गयो । नेपालमा यो प्रविधि भित्राउने विचार कसरी आयो ? लेजर थेरापीको बारेमा पहिलो पटक मस्कोमा हुँदा थाहा पाएको हुँ । त्यसअघि म यसको उपचारको बारेमा अनभिज्ञ थिए । मस्कोमा रहने क्रममा मैले आफ्नो आँखा अगाडि लेजर थेरापीको उपचारले हिड्नै नसक्ने रोगीहरु हिडेको देखेँ, जसले मलाई नेपालमा पनि यो प्रविधि लैजानुपर्छ भन्ने सोच आयो । त्यसपछी मैले त्यहाँ यो बिषय पढेँ र नेपाल आउँदा एउटा लेजर मेसिन सहित यसको प्रयोगले धेरैलाई सेवा पुरयाउँछु भन्ने सोच राखेँ । मैले आफ्नो आँखा अगाडि लेजर थेरापीको उपचारले हिड्नै नसक्ने रोगीहरु हिडेको देखेँ, जसले मलाई नेपालमा पनि यो प्रविधि लैजानुपर्छ भन्ने सोच आयो । मस्कोबाट फर्केर सबैभन्दा पहिला मेडिकेयर अस्पतमा क्लिनिक शुरु गरे । त्यसपछि बिस्तारै मैैले आफ्नै क्लिनिक शुरु गरे । यी २ ठाउँमा काम गर्दै जाने क्रममा न्यूरोडमा पनि सेवा शुरु गरेँ । मैले यी ३ ठाउँमा काम गर्नाको कारण बिरामी हिड्न नसक्ने कारण धेरै टाढा जान सक्दैन थिए र धेरै मानिस यस उपचार पद्धतिको बारेमा जानकार थिएनन् । यसरी काम गर्दै जादाँ उपचार गर्नेको संख्या बढ्दै गयो । मेरुदण्डमा समस्या भएका कारण हिड्न नसक्ने बिरामीका लागी हिडडुलमा सहजता प्रदान गरेको छ । त्यस्तै, खुट्टै काटेर फाल्नु पर्ने अवस्थमा पुगेका बिरामीका लागि समेत नकाटी ठीक बनाएको उदाहरण पनि छन् । त्यस्तै मैले स्वास्थ सम्बन्धी विभिन्न लेख रचना मार्फत सचेतना जगाउन थालेँ । सुरुवाती ५ वर्षपश्चात यही क्षेत्रमा व्यस्तता अनुभव गर्न थालेँ । त्यससमयमा म प्रसुती सेवा र क्यान्सर रोगको उपचारमा समेत सक्रिय भएँ । अन्य उपचार विधिभन्दा यो किन फरक र बिशेष छ ? यो निकै मै सजिलो उपचार पद्धति हो । दैनिक काममा कुनै पनि अवरोध नपुर्याइ दिनको केही समय छुट्टाएर लेजर बिकिरण लिएर जान सकिन्छ । त्यस्तै कुनैपनि उपचार विधिले काम नगरेको अवस्थामा यो विधि अपनाउन सकिन्छ किनभने यो एक प्रकारको फिजियो थेरापी अन्र्तगत नै पर्दछ र यो फिजियोथेरापीको सबैभन्दा पछिल्लो टेक्नोलोजीमा समेत पदर्छ । कुनै पनि असर बिना यो थेरापीबाट शरीरका विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ । वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । त्यस्तै यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ । अन्य फिजियोथेरापीमा दुखेका अँगहरु चलाईदिने गर्दा बिरामीहरु जान मन्दैनन् तर यहाँ लेजर थेरापीमा घाऊलाई छुनैपर्दैन । यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ। हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउदैन, रोग लिएर आएका ८० प्रतिशत बिरामीहरु उपचार पछि पूर्ण निको हुन्छन् । वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । यसको कुनैपनि नकरात्मक असर छैन । कति समयसम्म उपचार गरिरहनु पर्छ ? खर्च कति लाग्छ ? यसमा कुनैपनि बिरामी पहिलोपटक आउँदा मैले सम्पूर्ण रिपोर्ट आउन भन्छु । चेकअप गरिसकेपछी कति पुरानो रोग र कुन अवस्थामा छ भन्ने कुराले उसको उपचार कति समय रहन्छ भन्ने निर्धारण गर्छ । यहाँ आउने रोगीहरुलाई पहिलो २० दिनको समय हामीले छुटाएका छौं । यस समयमा उपचारको ५ दिनमै यसले आफ्नो प्रभाव देखाउन थाल्दछ । तर, त्यसलाई राम्रोसँग पूर्ण रुपमा निको हुने गरी २० दिनको उपचार एकदमै प्रभावकारी हुन्छ । त्यसपछी बिरामीलाई १ महिनाको लागि आराम गराइन्छ । १ दिनको उपचारको लागि ६०० रुपैयाँ शुल्क लिने गरेका छौं।

जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा विशेष छुट

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग बैशाख १५ गते संझौता गरिएको हो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने छन् ।