ज्योति लाइफ इन्स्योरेन्सका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र सुमेरु अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त सम्झौता अनुसार ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यले सुमेरु अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

विश्व मलेरिया दिवस : काम ज्वरो आउनु औंलो रोगको मुख्य लक्षण, कसरी बच्ने ?

काठमाडौं। लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। नेपालमा औलोको उच्च जोखिम भएका १२ जिल्लाका मानिस औलोको जाखिममा रहेका छन्। २०७३/७४ को तथ्यांक हेर्ने हो भने मलेरिया संक्रमित बिरामी १ हजार १ सय २८ जना भेटिएका छन्। त्यस्तै आर्थिक वर्ष २०७२/७३ को तथ्याकं हेन्र्ने हो भने औंला(मलेरिया) बाट आयातित ४ सय ८५ र स्थानीय ५ सय ६ संक्रमित भेटिएका थिए। औलो रोगका लक्षण औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्। निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ। नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन्। विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन्। अफ्रिकन मुलुकहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ। औलोबाट कसरी बच्ने ? औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ। राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ। घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ। औलोबारे महत्वोपुर्ण सन्देश : – औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ। – काम ज्वरो आउनु औलो रोगको मुख्य लक्षण हो। – स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार निःशुल्क हुन्छ। – परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ। – लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय हो, त्यसैले सुत्दा झुलभित्र सुत्नुपर्छ। – घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गर्नुपर्छ।

तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्डको २४ लाख सहयोग

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई वित्तीय सहायता प्रदान गरेको छ । बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार ३९९ रुपैयाँ सहयोग प्रदान गरेको हो । यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो । परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रियाको सुविधाहरुको विकास गरेर अन्धोपना हुनबाट कम गराउने लक्ष्यका साथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधाहरु स्तरोन्नति गराउनु रहेको छ । बैंकले बुधबार आयोजना गरेको एक विशेष समारोहबीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.का सिइओ अनिर्वान घोष दास्तीदारले उक्त सहयोग राशिको चेक तिलगंगाआँखा अस्पतालका सिइओ डा.रिता गुरुङ्गलाई हस्तान्तरण गरे ।