वैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्ने १२६ अस्पतालमा अनुगमन हुँदै
काठमाडौं। वैदेशिक रोजगारकोमा जाने कामदारको स्वास्थ्य परिक्षणको लागि निवेदन पेश गरेका अस्पतालको अनुगमन हुने भएको छ। स्वास्थ्य परिक्षणको लागि सुचिक्रित हुन निवेदन पेश गरेका १२६ वटा अस्पतालमा बैशाख ८ गते आईतबारबाट अनुगमन हुन लागेको हो। स्वास्थ्य परिक्षणको लागि अस्पतालको मापदण्ड पुरा भएको छ वा छैन भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन गर्न लागेको हो। मन्त्रालयले अनुगमनको लागि देशैभर ४ वटा टोली खटिउने जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोली जसको १० दिन भित्र सुचना संकलन गरिसक्नुपर्ने र त्यस्तै उपत्यकामा १ टोली खटाईनेछ जसले १५ दिन भित्रमा सबै सुचना संकलन गरी सक्नुपर्नेछ। हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहनेछन। अनुगमनमा आउने प्राविधिक समितिका टोलीलाई अस्पतालले आवश्यक विवरन सबै बुझाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।
एनआईसी एशियाका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धीबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गर्दै मेयर छोरालाई मन्त्रीको २४ करोड
जनकपुर । शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ । हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन्। राष्ट्रिय जनता पार्टी (राजपा) बाट बाबुछोराले चुनाव जितेका हुन्। छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।