नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ३ लाख ७५ हजार सहयोग
काठमाडौँ । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंक लिमिटडले १५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोग स्वरुप ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।
गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्छ : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्ने बताएका छन्। नेपाल आँखा अस्पताल त्रिपुरेश्वोरको ४५ औं वार्षिकोत्सव मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र राम्रो बनाउनको लागि सबैको सहयोग आवश्यक रहने कुरामा जोड दिँदै सरकारले सबै गर्दिन्छ भनेर आफुहरु केही नगरि बस्ने काम बन्द गर्न आग्रह गरे। स्वास्थ्य क्षेत्रको सुधारमा सरकारको मुख्य दायित्वो भएपनि सबैजनाको सहयोग आवश्यक रहेको उनले बताए। अस्पतालको ४५ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले नेपाल आँखा अस्पताल अन्य आँखा अस्पतालको जननी भएको र अस्पतालले आफुलाई भौतैक संरचना र उपकरणले युक्त बनाएको भन्दै प्रशंशा गरे। अस्पतालले वार्षिकोत्सवको अवसरमा आफ्नो उत्कृष्ट कर्मचारी, सामाजिक उत्तरदायित्वो निभाउने ४ वटा बैंक र निशुल्क आँखा दान गर्ने संस्थालाई सम्मान गरेको थियो। अस्पतालले वार्षिकोत्सवको अवसरमा ४५ जना मोतियाविन्दु भएका बिरामीको निशुल्क शल्यकृया गरेको छ। कार्यक्रममा उपचार गरिएको बिरामीको आँखाको पट्टी खोली अर्थमन्त्री खतिवडाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा अस्पतालका संस्थापक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले अन्धोपन हुनुको मुख्य कारणमा मधुमेह पनि भएकोले यसलाई ध्यान दिन जरुरी रहेको बताए। अस्पतालले वर्षभरि एक लाखभन्दा बढीलाई बहिरङ्ग सेवा र पाँच हजार बढी शल्यक्रिया गर्दै आएको छ।
ग्लोबल आइएमई र सुमेरु सिटी हस्पिटलबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सुमेरु सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । उक्त सम्झौता पश्चात सुमेरु सिटी हस्पिटल, पुल्चोकमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकका १३५ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमा गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।